Wednesday November 25, 2020

लण्डनमा एनआरएन युके अध्यक्ष पुनम गुरुङ्ग र स्कुल हेडटीचर बिच छलफल

१४ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1258


लण्डनमा एनआरएन युके अध्यक्ष पुनम गुरुङ्ग र स्कुल हेडटीचर बिच छलफल

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा धेरै नेपालीहरु बस्दै आएको बेजिंगस्टोकमा रहेको भाइन स्कुलकी  हेडटिचर निकोला पियर्ससंग  एनआरएन युके अध्यक्ष पुनम गुरुङ्गले शिक्षाका विषयमा लामो छलफल गर्नु भएको समाचार छ। ५ सय बढी नेपाली परिवारहरुको बसोबास रहेको बेजिंगस्टोकका नेपाली समुदायका धेरै छोराछोरीहरु यो स्कुल जाने गरेका छन्।हेडटिचर निकोलासंग नेपाली बालबालिकाले घरभित्र पाउने वातावरण कस्तो हुन्छ ? बाबुआमासंग कत्तिको घुलमिल हुन्छन् र कस्तो सम्बन्ध रहन्छ ? 

एनआरएन युके अध्यक्ष पुनम गुरुङको फेसबुक वालबाट

बेलायतमा हामी धेरै नेपालीहरु बस्दै आएको बेजिंगस्टोकमा रहेको भाइन स्कुलकी  हेडटिचर निकोला पियर्ससंग हिजो करिब १ घण्टा लामो छलफल भयो। ५ सय बढी नेपाली परिवारहरुको बसोबास रहेको बेजिंगस्टोकका हाम्रो समुदायका धेरै छोराछोरीहरु यो स्कुल जाने गरेका छन् ।

छलफलका क्रममा हेडटिचर निकोलासंग नेपाली बालबालिकाले घरभित्र पाउने वातावरण कस्तो हुन्छ ? बाबुआमासंग कत्तिको घुलमिल हुन्छन् र कस्तो सम्बन्ध रहन्छ ? अभिाभावकहरु आफ्ना छोराछारीको पढाइ र स्कुलबारे के कति जानकारी राख्छन् ? बेलायत आउनेवित्तिकै स्कुल जाँदा नेपाली बालबालिकाहरुलाई के कस्ता समस्या आउने गर्छन् ? भाषा वा संस्कृतिसम्बन्धी भिन्नताले कस्तो कठिनाई गराउँछ ? ब्लयाक लाइफ म्याटरर्स जस्ता क्याम्पेनले उनीहरुको मनस्थितिमा कस्तो प्रभाव पारेको छ जस्ता विषयमा धेरै छलफल गर्यौं अनि जिज्ञासाहरु पनि वहाले राख्नुभयो ।

मैले आफूले देखको, बुझेको अवस्थाबारे उहाँलाई अपडेट गराउने कोशिस गरेकी छु । हेडटिचरले सबै नेपाली अभिभावकहरुलाई आफ्नो छोराछोरीले पढ्ने स्कुलसंगको दूरी कम गर्न सुझाव दिनुभयो ।  बेलाबेलामा स्कुलमा जाने, स्कुलका टिचर र प्रशासनमा कुराकानी गर्ने, आफ्ना छोराछोरी के कस्तो प्रगति गर्दैछन् वा केहि समस्याहरु छन् कि भनेर बुझ्ने , बालबालिका घरमा रहँदा कुनै समस्याहरु छन् भने बताउने र सल्लाह माग्ने जस्ता कार्यहरु गर्न सके बालबालिकाको पढाइका साथै मानसिक विकास समेतमा ठूलो मद्धत पुग्ने उहाँले बताउनुभयो ।

बेलायतका सबै क्षेत्रमा बस्ने हामी सबै नेपालीहरुले आफ्ना छोराछोरी पढ्ने स्कुलसंगको दूरी कम गर्न आवश्यक छ । बेजिंगस्टोककी हेडटिचर निकोलाका सुझाव हामी सबैको लागि मननयोग्य छन् जस्तो लाग्छ ।

एनआरएनए यूकेले नेतृत्व गरेकोे अभियानको एक प्रमुख एजेण्डा पनि हाम्रा बालबालिकाहरुको उज्ज्वल र सफल भविष्य निर्माणमा सहयोग पुर्याउनु हो । जसका लागि अहिलेदेखि नै उनीहरुको भावना, आवश्यकता र समस्याहरु बुझ्दै त्यहिअनुसारको वातावरण निर्माण गर्ने दायित्व हामी अभिभावकहरुमा छ। एनआरएनए यूकेको तर्फबाट कुनै सहयोग वा साथ जरुरी हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
धन्यवाद। 

पुनम गुरुङ
अध्यक्ष, एनआरएनए यूके




मतहरू

Victorblert

whack at more than entire knockdown to see a area csn you get tadalafil otc your lyrical and sports stoker a in our ineptly follow.

JamesHip

Chtpao inpcna cialis 72 tadalafil 20 mg cialis prices cialis 72 The matrix 6 conjunctivae I bear been

canadian pharmacy reviews

overseas pharmacies shipping to usa http://canadianpharmacynethd.com/ legitimate online pharmacies


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?