Monday October 19, 2020

कविता - घट्छ वजन

१५ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1051


कविता - घट्छ वजन

चुरामणी रेग्मी।

 


सन्तुलित गर्नुस व्यायाम,लिनुस त्यस्तै भोजन।
बल्ल हुन्छ शरीर फुर्ति,घट्छ वजन ।।

हिंड्न अल्छी गर्ने मान्छे,दौडिन म थालेको ।
म्याराथननै कुद्छु भनी,पाइला चालेको ।।

सबैको त्यो हौसलाले, ट्रेनिङ्ग शुरु गरियो ।
पहिलो दिनमै चार किमिले, थला परियो ।।

केहि महिनामै एक्काइस किमि,सजिलै पार गरें म।
अभ्यास गरे हुँदो रहेछ,छक्कै परें म ।

आज-भोलि एक्काइस किमि,पँधेरो झैं भाको छ।
अक्टोबरमा डब्बल कुद्ने, साहस आको छ ।।

शन्तोष जीले प्लानिङ्ग गर्ने, घरमै नक्शा कोरेर ।
जगन जीले मिटिंग गर्ने,जूम खोलेर ।। 

ओझा जीले सबलाई एकजुट,सूचना छन् भाइबरमा । 
पाण्डव जीले हिसाब किताब,किनमेल साइबरमा ।।

ग्रुपमा हामी दौडिने छौं, दुरी कायम गरेर ।
तालि बजाई सपोर्ट गर्नुस, अघि सरेर ।।

आफ्नो अनि परिवारको, स्वस्थ जीवन सजाउन ।
ब्यायाम अति जरुरि छ, समाज स्वस्थ बनाउन ।।

सन्तुलित गर्नुस ब्यायाम, लिनुस त्यस्तै भोजन ।
बल्ल हुन्छ शरीर फुर्ति, घट्छ वजन ।। 

सी रेग्मी
२९ सेप्टेम्बर २०२०




मतहरू

Victorblert

Uejwis rutokv buy tadalafil online no prescription Care Duro Rehab Thickening-25 Fibrous Beat Can Alone Loose Mr.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?