Saturday October 24, 2020

छोटो मिठो मेरो बिचार : ठुलो मान्छे

१५ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1179


छोटो मिठो मेरो बिचार : ठुलो मान्छे

उमेश रेग्मी।

ठुलो मान्छे बन्नु पर्यो भनेर सोचेको पनि धेरै समय भै सक्यो। तर बन्ने कसरि त्यसको उपाय भने अहिले सम्म ठम्याउन सकिएन। सानो भएपछि सबैले हेप्ने। अरुको भनाइ खानु पर्ने र हेपाइ सहनुपर्ने जिन्दगी देखेर वाक्क लागि सक्यो। ठुलो मान्छे भए पछि त शायद छुटकारा पाइन्छ होला नि भनेर बसेको श्रीमतीजी ले चाल पाइ हालिन, म फेरि के उटपट्याङ्ग सोचमा छु भनेर। टाढै बाट सोधिन "के को धुन सवार भयो आज ?" अचम्म लाग्छ कहिलेकाही उसको बुझाई देखेर। मेरो रग रग संग परिचित। के सोच्छ, के खान्छ,कहाँ जान्छ,के गर्छ आदि इत्यादी सब थाहा छ उनलाई। मैले सुस्तरी भने "ठुलो मान्छे बन्नु पर्यो। कति हेपाई खाएर बस्नु।" उनको अनुहारमा अचम्म भाव प्रस्टै झल्कन्थ्यो। शायद उनलाई लाग्यो होला बुढालाई यो के फितुर चल्यो भनेर।  केहि सोचे जस्तो गरेर भनिन "कस्तो खालको ठुलो मान्छे बन्ने बुढा? ठुलो मान्छे त धेरै थरिका हुन्छन नि त।" म झस्याङ्ग्ग भए। मलाइ त हेक्का नै थिएन ठुलो मान्छे पनि थरि थरिका हुने रैछन। सोधे उनैलाई "हैन के भनेको ठुलो मान्छे पनि किसिम किसिमका हुन्छन र?"

"हो त नि" उत्तर दिईन उनले निकै बिस्तारपुर्वक "कोहि नाममा ठुला, कोहि काममा ठुला। कोहि पैसाले ठुला त कोहि स्थानमा ठुला। कोहि जातमा ठुला अनि कोहि नातामा ठुला। यस्ता ठुला मान्छेहरु जताततै भेटिन्छन। हजुरलाई कस्तो ठुलो मान्छे बन्नु पर्यो?"

बल्ल मेरो घैटो रुपी बुद्धिको बिर्को खुलेको जस्तो भयो। उनलाई सोधे "मान्छेले नहेप्ने प्रकारको ठुलो हुन के गर्नु पर्छ अनि त्यो चाही कस्तो प्रकारको ठुलो मान्छे हो त बुढी ?" मिस्रित भावमा उनले भनिन "हेर बुढो आफुलाई सक्षम बनायो भने कसैले पनि हेप्न सक्दैन। त्यसलाई किन यो प्रकार र उ प्रकार भनेर परिभाषित गर्नु।" उसको उत्तरमा आफ्नो असक्षम बुढा प्रतिको झोक प्रष्ट सुनिन्थ्यो। म चुप लागेर बसिरहे। केहि छिनको मौनता पछि उनले भनिन "मान्छे पढेर ठुलो हुन्छन। पढ्ने बेलामा गुच्चा खेल्दै र तरुनी जिस्काउदै बितायौ, अब ठुलो हुन्छु भनेर कसरि सकिन्छ ?" उनि थप्दै गईन "यसो राम्रो ठाउमा जागिर खाएर हाकिम सम्म हुन सकेको भए टोल छिमेकमा त ठुलै हुन्थ्यौ होला। मलाइ पनि हाकिमनि भन्थे। मेरो त कर्म नै त्यस्तै।" कर्म प्रति को प्रहार चाहि मलाइ अलि चित्त बुझेन "त्यसरी कर्मलाई दोष दिनु पर्ने पनि त केहि छैन है।  मैले प्रयाश गरि नै रहेछु ठुलो मान्छे बन्ने।" मेरो कुरा उनलाई मन परेन। झर्किएर भनिन "यस्तो तालले बनिन्छ ठुलो मान्छे अब।"

मैले सोधे "ल तिमी नै भनन त कसरि बन्ने ?" लामो सुस्केरा पश्चात उनले भनिन "न पढेको छ, न राम्रो जागिर छ। न अरु कुनै इलम गर्छौ तिमी बुढा। खै कसरि ठुलो मान्छे बनाउने तिमीलाई। एउटा मात्र बाटो बाकी छ तर त्यसको लागि तिमी जस्तो मान्छे के काम।" मेरो कौतुहलता बढ्यो "कस्तो उपाय हो र मैले किन सक्दिन?" उनले भनिन "त्यसको लागि त चोरी, ठगि गर्न जान्न पर्छ। झुटो बोल्न जान्न पर्छ।  अर्काको इज्जत संग खेल्न जान्न पर्छ। आफ्नो परिवार बाहेक अरु कसैलाई पनि मान्छे ठान्नु हुन्न। अरुले खाओस नखाओस आफुले बेस्सरी हसुर्न जान्नु पर्छ। सक्छौ यी सब गर्न ?" मैले अरु धैर्य गर्न सकिन, सोधे उनलाई "के हो त्यस्तो उपाय ?" मेरो उत्सुकता देखेर उनले भनिन "राजनीति। अब राजनीति गर। केहि समय पछि मन्त्रि भै हाल्छौ। अनि तिमीलाई कसले हेप्न सक्छ। तिमी बन्छौ खोजेको जस्तै ठुलो मान्छे।"

केहि छिन पछिको मौनता लाइ चिर्दै मैले भने "हेर बुढी तिमीले भने जस्तो चोरी ठगि अनि अरु के के गरि मन्त्रि बनेर ठुलो मान्छे हुनु भन्दा त अहिले कै जीवन राम्रो। कमसेकम म आफ्नो नजरमा त ठुलो छु। आफ्नै नजरमा गिरेपछी त जति ठुलो भएपनि के गर्नु।"




मतहरू

Victorblert

If a man deficiency doesn't unexplained buy cialis jelly that adopt enough graver grits geldings overindulge although inconsistency scolding.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?