Wednesday November 25, 2020

पाल्पाको पूर्वखोला मै विज्ञान संकाय पढाइ हुने

१७ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1182


पाल्पाको पूर्वखोला मै विज्ञान संकाय पढाइ हुने

शीतलपाटीन्युज डटकम।
पाल्पा। पूर्वी पाल्पाकै पूरानो र शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको साथै उत्कृष्ट नतिजा प्रदान गर्दै आएको पूर्वखोला -३ मा अवस्थित उद्बबुद्ध माध्यमिक विद्यालयमा गाउँका विद्यार्थी हरुलाइ टाढा जान पर्ने बाध्यता अब टरेकाे छ। अब यस विद्यालय मा भौतिक विज्ञान,रसाइन विज्ञान,जीव विज्ञान साविक विज्ञान संकायमा कक्षा ११ मा पढाइ सुरु हुने भएको छ ।

 


पूर्वखोला गाउँपालिकाको केन्द्र भागमा रहेको यस विद्यालयले विज्ञान संकायमा पढ्न इच्छुक विद्यार्थीहरुलाइ सहज रुपले पढ्न पाउने र आफ्नै घरबाट हिडेर पढ्न पाउदा विद्यार्थी तथा विद्यार्थीका अभिभावकले खुसी व्यक्त गर्नु भएकोछ। पूर्वखोला र यस क्षेत्रका विद्यार्थीहरुले सहज रुपले शिक्षा लिन पाउन भन्ने उदेश्यका साथ विज्ञान संकायमा कक्षा ११ बाट पढाइ सुरु गर्न लागेको विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी गराउनु भयो। उहाले बिद्यालयको शिक्षक तथा आवश्यकता अनुसार नयाँ शिक्षक थप गरि पढाइने जानकारी गराउनु भयो।

 


उद्धबुद्ध माध्यमिक बिद्यालयमा बालिविज्ञान तर्फ कक्षा ९-१२ सम्म नै पढाइ हुने हुदा शुद्ध विज्ञान संकाय तर्फ पनि विद्यार्थी तथा अभिभावकहरुको चाहानालाइ मध्यनजर गर्दै शुद्ध विज्ञान संकाय पढाइ संचालन गर्न लागेको उद्धबुद्द माविका शिक्षक सुशील न्यौपानेले जानकारी गराउनु भयो। उहाले छात्रबाँसको समेत विद्यालयमा व्यवस्था भएकाले टाठाबाट अध्ययन गर्न आउने विद्यार्थी हरुलाइ सहज हुने वताउनु भयो। पाल्पा जिल्लामा गाउपालिका स्तरमा विज्ञान संकायमा पढाइ हुने पूर्वखोलाको उद्धबुद्ध मावि पहिलो हो।

२००३ सालमा भृकुटी प्राइमरी स्कुलको नामबाट शुरु भएको पुर्वखोलाको शिछ्या २०७७ को लागि विज्ञानमा भर्ना हुन विध्यार्थीलाइ विध्यालयले सुचना जारी गरेको छ।

(कन्दरा न्युजबाट)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?