१८ आश्विन, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। लण्डन म्याराथनको ४०औ श्रृँखला आज सम्पन्न भएको छ। ४५ हजार धावाकहरुले भर्चुअल्लि सभागिता जनाएको प्रतियोगीतामा थुप्रै नेपालीहरुले पनि सहभागिता जनाएका थिए।
नेपाल रन समूह मार्फत करिब ६० जना धावक नर्थला पार्कमा आफ्नै व्यस्थापनमा दौडिएका थिए। दौडमा सन्तोस राई, तिल बिक्रम सम्बाहाम्फेले सबै भन्दा कम समयमा पुरा गर्ने ३ जना मध्ये थिए। संतोष राइको कोचिङ्ग र निरन्तरको सल्लाह संगै उनकै पहलमा दौडको नक्सा, व्यस्थापन र स्वयं सेवा ब्यवास्थापनमा राज ओझा, पाण्डव महतो, चुरामणि रेग्मी, रविन्द्र अधिकारी लगायतले भूमिका खेलेका थिए।
म्याराथन दौडले शारीरिक तन्दुरुस्ती,च्यारिटी र सकारात्मकतालाई निरन्तर प्रबर्धन गरेको देखेर यस प्रति लागव रहेको बताउदै आफ्नो प्रथम म्याराथन दौडको अनुभ सुनाउदै डा जगन कार्कीले फेसबुकमा यस्तो लेखेका छन् :
आज म्याराथन २०२० दौड समापन संग़ै यसपालि जिन्दगिको एउटा इच्छा पुरा गरियो भन्नु भएको छ धावक मध्येका डा जगन कार्कीले। रहर लागेपछि के ले छेकोस? आइतवार दिनभर पानीलाई नै च्यालेन्ज गरेर #London Marathon 2020 कुदियो।
यस क्रममा निरन्तर प्रोत्साहन र सल्लाह प्रदान गर्ने मेरा दौड गुरु कोच सन्तोसजी, पाण्डवदाइ हौसला भर्ने नेपाल रन समूहका साथीहरु,तालिमका हरेक इभेन्ट देखि सम्पूर्ण स्वयंसेवक ब्यस्थापन देखि सम्पूर्ण काममा संयोजन गर्ने राज ओझाजी, रविन्द्र अधिकारीजी,समिरजी प्रति हार्दिक धन्यवाद भन्नुभएको छ।
स्वयंसेवामा झरीपानी नभनि इभेंट म्यानेजमा सहयोगी उदेश देवान भाई , खादा पादा स्वाङ्ग ढ्वांगमा भन्दा फरक किसिमले समुदायमा योगदान गर्दै आएको एनबिसी युके परिवार मिलन घिमिरेज्यू , चुरामणि रेग्मीजी लगायत सम्पूर्ण परिवार, नियमित तालिम र हौसला भए अपठेरा काम पनि पार गर्न सकिने रहेछ। म्याराथन धावन तक्माका, सौखका लागि मात्र हैन यस मार्फत शरिरिक तन्दुरुस्ती र ठुलो रासीको च्यारिटी पनि संकलन हुनेगर्छ। प्रविधिले न्यून बनाएको शारीरिक गतिबिधिलाई केहि न केहि तन्दुरुस्तीका क्रिताकलापसंग जोडीएर रहन महामारीले पनि हामीलाई सिकाएको छ डा कार्की भन्नुहुन्छ।
यो दौड यसपाली सम्पूर्ण इस्टमित्रहरुको सुस्वास्थ्यको कामना सहित समर्पण गरिएको थियो। समूहमा संग़ै दौड़को तयारीमा रहेका लक्की सिंहको असामयिक निधनले उनको साम्झना प्रति समर्पित पनि बन्न पुग्यो। आन्तरिक रुपमा हाम्रो दौड समूहका साथीहरुले समुदायमा शारीरिक तन्दुरुस्ती र स्वास्थ्य सचेतनाका लागि केहि फन्डरेज पनि भएको छ। यो पुण्य कर्ममा हौसला, साथ र सहयोग गर्ने सबै मनकारीहरू प्रति हार्दिक धन्यवाद छ भन्नुभएको छ।🙏
उपलब्धिलाई बिश्लेषण गर्दा म्याराथानको पदक प्राप्त भएको, म्यारथन दौड़को खोता काटने काम भएको, दौडने तालिमका क्रममा क़रीब ५-६ केजी तौल घटेको,पेटतीर अलीअली लुम्सेको बोसो पग्लेर राम्रो भएको महसुस गरेको बताउनु भयको छ। 😜एक दिन ब्यायाम नगरे ठुलै काम बिगारेको फ़िलिंग माइंडमा सेट गरीयो । २-४ जना साथीलाई होइट यो पो रहेछ स्वास्थ्य बन्ने तरिका फ़िल गरियो। सकारात्मक बिचार र भावनाका साथिहरु राम्रा कुरामा हौसला भर्ने सत्संग प्राप्त गरियो , अनि अरु धेरै कतिकति 😆 !
सबैलाई धन्यवाद 🙏
????? ???????? ???? ??????? ????? ????? ?????: ?? ?????? ovzvqxiglr http://www.ge3rn3lq0i335y30153r3fie7a02v1yrs.org/ aovzvqxiglr [url=http://www.ge3rn3lq0i335y30153r3fie7a02v1yrs.org/]uovzvqxiglr[/url]
?????
Heihe University 12132445201001