Wednesday November 25, 2020

"माया घर" का अनाथ बालबालिकाको सहयोगार्थ बेलायतमा समाजसेवी खरेलको च्यारिटी: जुट्यो ३ लाख

२० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1153


"माया घर" का अनाथ बालबालिकाको सहयोगार्थ बेलायतमा समाजसेवी खरेलको च्यारिटी: जुट्यो ३ लाख

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालका अनाथ बालबालिकाको सेवा गर्दै आइरहेको "माया घर" का अनाथहरुको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरी बेलायतका सक्रिय समाजसेवी युवा व्यवसायी विष्णु खरेलले करिब ३ लाख रुपैयाँ जुटाउनु भएको छ।

आफ्नै बेलिफ रेष्टुरेन्टमा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा संकलित यो रकम काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण गर्दै आइरहेको "माया घर" नामको अनाथ आश्रमलाई सहयोग गरिने समाजसेवी खरेलले बताउनु भएको छ।

ब्रिटिस नागरिकहरु र समाजसेवि नेपालीहरुले खचाखच भरिएको रेष्टुरेन्ट हलमा सो रकम संकलनका लागि डिनर, विभिन्न नेपाली सामग्री पुरस्कार रहेको राफल ड्रका साथै नेपाली गोर्खा खुकुरी अक्सनमा बिक्री गरी च्यारिटी रकम जम्मा गरिएको थियो।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै बेलिफ रेष्टुरेन्टका संचालक खरेलले काठमाडौंमा झन्डै ५० जना अनाथ बालबालिकाको रेखदेख गरिरहेको माया घरलाई सहयोगको लागि प्रयास गरिएको सुनाउनु भएको थियो। कोभिड महामारीले निम्त्याएको असहज अवस्थामा पनि च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैप्रति उहाले आभार प्रकट गर्नु भएको थियो। च्यारिटी कार्यक्रममा बेलायतका बरिस्ठ समाजसेवी शेर बहादुर सुनार, सहारा युकेका संस्थापक अध्यक्ष एवम नेपालमा पर्यटन प्रवर्धन अभियन्ता नविन गुरुङ, बिनोद बराल, थर्क सेन, हेम गुरुङ र पत्रकारहरु लगायतका सामाजिक व्यक्तिहरुको सहभागिता थियो।

समाज सेवामा अगाडि रहन मन पराउने बेलिफ रेष्टुरेन्टकस संचालक खरेलले नियमित रुपमा सामाजिक कामहरु गर्दै आएको र यस वर्ष २०७७ को जेठमा संकटमा रहेका चेपाङलाई समाजसेवी खरेलको २४ सय पाउण्डको खाद्यान्न सहयोग नेपाल पठाउनु भएको थियो।

(फोटो:कुसल श्रेष्ठ)

 




मतहरू

JamesHip

infection that repeatedly to be reserved as instantaneously as aged. cialis dosage 65 auscultate in HIV-related for twopence generic viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?