Saturday September 18, 2021

भुम्दिकोट समाज यूकेद्वारा भुम्दिकोट नेपाल आमा समूहको भवन निर्माणमा ३१ लाख ९४४ रुपैयाँ हस्तान्तरण

२० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 3380


भुम्दिकोट समाज यूकेद्वारा भुम्दिकोट नेपाल आमा समूहको भवन निर्माणमा ३१ लाख ९४४ रुपैयाँ हस्तान्तरण


संयोजक एवम बरिष्ठ समाजसेवी तथा सल्लाहकार योगेश गुरुङ,
लण्डन।


**आफ्नो गाउँ सबै मिलेर बनाऔ**

भुम्दिकोट समाज यूकेद्वारा भुम्दिकोट नेपाल आमा समूहको भवन निर्माणमा ३१ लाख ९४४ रुपैयाँ ३ अक्टोबर २०२० शनिबार हस्तान्तरण गरेको समाचार प्राप्त भयको छ। भुम्दिकोट समाज युकेका आर्थिक सहयोग संकलन संयोजक योगेश गुरुङका अनुसार सो रकम आज हस्तान्तरण गरीएको हो। संयोजक गुरुङ खुसी हुदै "मेरा आदरणीय मान्यजनहरु तथा फेसबुक मित्रहरुमा दर्शन नमस्ते। लण्डनमा तिन दिन देखि हावा हुरि र पानी भैरहेछ। बेलायतमा कोरोना बहादुर घर आगणमा पुग्दैछन। आज एक घन्टाको यात्रा, १२ घन्टाको बेशी खेत जोत्दैछु।"

 


तर.. मन भने गाउँ घरतिर उडिरहेछ। फुर्सदका बेलामा किताब ढोग्ने र सामाजिक सेवा शरीर, मन, वचन र रकमले गर्ने गर्छु। तर समाज सेवा गर्ने बिषय सजिलो भने पटक्कै छैन। समाज बिकाश निर्माणका लागी रकम संकलन गर्ने कार्य सबै भन्दा कठिन र अपठ्यारो  कार्य हो भन्दा दुई मत नहोला। ब्यबहारमा सम्पन्न गर्न सोचे जस्तो र भने जस्तो सहज भने कहिले हुँदैन। तर.. जुनै पनि सामाजिक काम गर्दा म निस्वार्थ भावनाका डुङ्गामा चडी प्रेम र आदरका पनियोले खियर आफ्नो गन्तब्यमा बाटो रोज्छु। कसले के भन्ला भनेर म चिन्ता गर्दिन। यद्धपि यस कार्यलाई कसरि सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भै मनन गर्छु र बिषय बस्तुको गहिराईमा डुबेर आफ्नो उदेश्यका मोति टिप्ने कोशिस गर्छु।

 


सामाजिक कार्य गर्दा आलोचना र जेलेसिका रंगहरुलाई म शक्ति र सकारात्मक रङ्का दुर्बिनले हेर्ने गर्छुर र प्रसाद भनी ग्रहण गर्छु।त्यसैले म कसै प्रति पनि नकारात्मक सोचदिन। सबैका भावनाहरुलाई म कदर गर्ने गर्छु। काम सानो होस् या ठुलो होस् म श्रद्दाका पुष्पले पुजा गर्छु।सामाजिक काम गर्दा मलाई अलि गाह्रो र पृथक किसिमको काम गर्न मन लाग्छ। किनकि जति गाह्रो हुन्छ उक्त्त कार्यले मानिसको पहिचनलाई नजिक देखि प्रत्यक्ष देखिन्छ साथै मेरा खुट्टाहरु बलियो गर्छन र तिखार्दै निखारका शिखरमा पुराई दिन्छन भन्ने बिस्वास गर्दछु। प्रत्येक चुनौतिहरुका बिचमा दिर्घकालिन अवसरहरु खोज्ने प्रयास गर्छु। यी काम गरेर मलाई के फाईदा हुन्छ भन्ने एक रति पनि मनमा राख्दिन बरु यी काम गर्दा समाजलाई र बहुजनलाई के लाभ दिन सकिन्छ भनि चिन्तन गर्ने गर्छु र मैले के दिन सकिन्छ भनि कर्मका बाटोहरु सोच्ने र खोज्ने गर्छु।

सधै ईमन्दारी र समझदारिका खुट्टाहरुले टेकि आत्म बिस्वासका चस्मा लगाएर हिडने गर्छु। यसैले गर्दा होला यस चन्दा संकलन कार्य सोचेको भन्दा तिन गुणा धेरै राम्रो नतिजा प्राप्त भएको मैले बिस्वास गरेको छु। एक महिना भित्र हामिले रु ३१००९४४/- (एकतिस लाख नौसय चौवालिस रुपैयाँ)  शंकलन गरि हिजोका दिनमा काब्रे देउराली स्वारा आमा समूह भवन निर्माणका लागी भुम्दिकोट समाज युकेको तर्फ देखि भुम्दिकोट समाज नेपालले एक सभ्य  तथा भब्य  कार्यक्रम गरि काब्रे गाउँमा रकम हस्तान्तरण सम्पन्न भएको जानकारी गर्दछु।

बिशेष श्रेय सुन्दर मनका धनि आदरणीय चन्दा दाताहरुलाई, भुम्दी गाउँका आदरणीय चेलिवेटि ज्यूहरुलाई,भुम्दिकोट समाज युके अध्यक्ष जुमकाजी गुरुङज्यु, प्रमुख सल्लाहकार आदरणीय मेजर जई बहादुर गुरुङ MVO ज्यु,सस्थापक अध्यक्ष गम बहादुर गुरुङ,भुम्दिकोट समाज नेपाल तथा अध्यक्ष सु.मेजर ज्ञान बहादुर गुरुङ,पोखरा वडा नम्बर २२ का नेपाली कांग्रेसका सभापति देऊ काजि गुरुङज्यु, मिडियकर्मी युग गुरुङज्यु, काब्रे देउराली स्वारा आमा समूह,भुम्दी गाउँका विभिन्न संघ सस्थामा अाबद्ध हुनु भएका बिशिस्ट ब्यक्त्तित्वहरु, सम्पूर्ण आमा समूह, युवा समूह प्रति हार्दिक आभार ब्याक्त्त गर्दछु। साथै यस अभियानले सबैका मन भित्र गाउँका पवित्र माया फुलेको मधुर शन्देश संगै सबैलाई एउटा सुन्दर प्रेमका मालामा जोडीदिएको मिठो आभास महशुस गरेको छु ।
 
आफ्नो गाउँलाई श्रद्दाले र मायाले मनका कुना देखि सेवा गर्ने अवसर दिनु भएकोमा यहाँहरु सबै प्रति धेरै आभारी छु। यहाँहरुका आशीर्वाद, माया र साथ रहेमा मनका भित्तहरुमा थुप्रै सपनाहरू सजिएर बसेको पर्दाहरु खोल्न चाहे। आज मलाई भुम्देलिको छोरा भएकोमा गर्बले मेरो छाती सगर माथा जस्तो चौडा भएको छ। आदरणीय बाबा आमाहरु: गाउँ विकास कार्यमा धन बहादुर हुनेले धनले सहयोग गरौ। सकिदैन् भने पाखुराले सहयोग गरौ। धन र पाखुरा नहुनेले मन र तालिले सहयोग गरौ। तब मात्र गाउँले सुन्दर मुहार फेरिन्छ भनि निवेदन गर्दछु।गाउँ रहे पो हामि रहन्छौ जब गाउँ नै नरहे तपाइँ र हामि रहेको के अर्थ रहन्छर यहाँ।

अन्तमा: काब्रे देउराली स्वारा आमा समुहको प्रगति।




मतहरू

is hydroxychloroquine available in canada

Please let me know if you're looking for a article writer for your weblog. You have some really good articles and I believe I would be a good asset. If you ever want to take some of the load off, I'd love to write some content for your blog in exchange for a link back to mine. Please send me an e-mail if interested. Kudos!


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?