Wednesday November 25, 2020

बेलायतमा साला भेनाको "द गोरखा कर्नर बार" संचालनमा

२० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1079


बेलायतमा साला भेनाको "द गोरखा कर्नर बार" संचालनमा

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतको ननिटनमा दुई नेपालीले ‘द गोरखा कर्नर बार’ संचालनमा ल्याएका छन् । उक्त बार साला भेनाले सुरु गरेका हुन्।

 


कास्कीको पर्यटकिय गाउँ ताङतिङ स्थायी घर भएका चाउ र युवराज गुरुङ साला भेना हुन् । उनिहरुमध्ये चाउ पूर्व ब्रिटिश गोरखाज हुन् । लामो समयसम्म बेलायतमा रहेका उनिहरुले नेपाली खानाका परिकारसँगै नेपालीपन झल्काउने उद्धेश्यले ‘द गोरखा कर्नर बार’ संचालनमा ल्याएका हुन् ।

 

'हामीले ननिटन तमु समाजको घर भाडामा लिएर साला भेनाको संयुक्त लगानीमा व्यवसाय सुरु गरेका हौं।’ संचालक चाउले भने, ‘नेपाली समाजलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको हो। हामी नेपाली खानाका परिकारमा ध्यान दिनेछौं।’ बारभित्र २ वटा स्नोकर, एउटा पुल संचालनमा छ भने आगामी दिनमा पार्टी प्यालेस समेत संचालनमा ल्याउने तयारी रहेको अर्का संचालक युवराजले जानकारी दिए।

 


नयाँ बारको उद्घाटन समाजका अध्यक्ष इन्द्रकुमार गुरुङले गरेका थिए। उनले बेलायतमा बसेर नेपालीलक्षित व्यवासयमा हात हाल्नु सकारात्मक भएको बताए। उद्घाटन कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु क्याप्टेन गोरखा मेजर श्रीप्रसाद गुरुङ, क्याप्टेन बखतबहादुर गुरुङ, नन्द गुरुङ, तुलराम गुरुङ, युवा व्यवासायी एवं एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमलमान गुरुङ,ननिटन आमा समुहका अध्यक्ष खिना गुरुङ लगायतको सहभागिता रहेको थियो। उनिहरुले संचालकद्धय गुरुङको सफलताको कामना गर्दैै नेपाली खानाका परिकारलाई बेलायतभर चिनाउन सुझाव दिएका थिए।

ननिटन तमु समाजले २०१८ मा आफ्नै घर किनेको थियो । समाजलाई भाडा तिर्ने शर्तमा ‘द गोरखा कर्नर बार’ संचालनमा ल्याइएको हो। ननिटम बेलायतको दोस्रो ठूलो शहर बर्निङग्याम नजिकै पर्छ भने लण्डनबाट ननिटम १५० किलोमिटरको दूरीमा पर्दछ।




मतहरू

Victorblert

a million years had one half (soul to a spinal). does generic cialis work Jzansv chhjat cialis drugs buy cialis online overnight shipping

JamesHip

Surreptitious pike close to a certain throw is https://ciamedusa.com/ to light that numerous of these usher placement reducing symptoms.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?