Tuesday September 27, 2022

लण्डनबाट निस्कने ग्लोबल नेप्लिज डटकमको अध्यक्षमा चिरन्जीवी ढकाल

२६ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 6211


लण्डनबाट निस्कने ग्लोबल नेप्लिज डटकमको अध्यक्षमा चिरन्जीवी ढकाल

शीतलपाटीन्युज डटकम।

लन्डन। विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुका खबरलाई सम्प्रेषण गर्दै आएको ग्लोबल नेप्लिज डटकम र यससंग सम्बन्धित समूहको अध्यक्षता चिरन्जीवी ढकालले गर्नु  हुने भएको छ।  ग्लोबल नेप्लिज समूहको निर्देशक र सम्पादन समूहको बैठकले उक्त निर्णय गरेको हो।

गैर आवासीय नेपाली संघका संस्थापक सचिव ढकाल बेलायतमा सन्चार र पत्रकारितासंग सम्बन्धित विभिन्न संस्थाहरुको अध्यक्ष र निर्देशक रहिसक्नु भएको छ। बेलायतबाट दशकौ अगाडी प्रकाशन भएको सगरमाथा टाइम्स पत्रिकामा समेत रहिसक्नु भएका ढकाल "लन्डन पोस्ट" म्यागजिन समूहको समेत अध्यक्ष हुनुहुन्थ्यो। सामाजिक,राजनीतिक र धार्मिक बिषयमा लेख लेख्नु हुने ढकाल बेलायतबाट संचालित नेपाल ब्रिटेन डट कमको करिब एक दशकसम्म अध्यक्ष हुनुहुन्थ्यो। बेलायतकै पुरानो संस्था यति नेपाली एशोशिएशनका पूर्व अध्यक्ष समेत रहनु भएका ढकाल विश्व हिन्दु महासंघ  बेलायतको समेत अध्यक्ष रही सक्नु भएको छ।

नेपाली विविधता,कला,भाषा,संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म,नयाँ र पुरानो पुस्तालाई आधुनिक समाज र परम्परागत सभ्यतामा जोड्ने पुलको रुपमा ढकालले अनलाइनलाई अझै बढाउने जनाउनु भएको छ। मानव समाजमा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका खबर सम्प्रेषण गर्ने कार्यमा जुटीरहने कुरा  अनलाइनले जनाएको छ  ।

सम्पादकीय सल्लाहकारमा भगीरथ योगी रहेको सो ग्लोबल नेप्लिज डटकमको  सम्पादन समूहमा डा जगन कार्की,नारायण गाउँले तथा चन्दा घिमिरे हुनुहुन्छ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?