Monday October 19, 2020

मनका भावना : रोमीयन लिम्बु केसी

२९ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1144


मनका भावना : रोमीयन लिम्बु केसी

Romiyan  Wanem को फेसबुक वालबाट,

पुरुषसँग बराबरी गर्न होइन एक पाइला पछि हट्न नै रुचाउछु म
जब बाहिर निस्कदा उहाले म तिमीलाइ लिएर जान्छु भन्नुहुन्छ त्यही आफ्नोपन रुचाउछु म
अप्ठेरो नमानीकन सामानको सारा बोझ आफै उठाएर प्रेमको आभाष दिलाउनुहुन्छ त्यही रुचाउछु म
मेरो आवश्यकताको सबै सामान ल्याएर
यो मेरो कर्तब्य हो नि भन्नुहुन्छ त्यही रुचाउछु म
खराब समयमा प्रत्येक पल म तिम्रो साथमा हुनेछु भन्ने आश्वासन दिलाउनुहुन्छ
त्यही रुचाउछु म
जब कसैले नराम्रो दृश्टिले मलाइ हेर्छ
मलाइ सम्झाउदै
म माथी आफ्नो हक जमाएर तिमी मात्र मेरो हो भन्नुहुन्छ त्यही रुचाउछु म
पुरुषसँग बराबरी गर्न होइन एक पाइला पछि हट्न नै रुचाउछु म
तर अब महिलाले पुरुषको बराबरी गर्न खोज्छन्
पुरुषले नि अब महिला हामी सरह नै छन् सोच्ने गर्छन्
यहि सोचले नै खुसीको पल एक एक गर्दै गुम्ने गर्छ
रंगीन जिन्दगी बिस्तारै बेरंग हुने गर्छ
त्यसैले पुरुषसँग बराबरी गर्न होइन एक पाइला पछि हट्न नै रुचाउछु म !!

साभार मनका भावना।।।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?