Monday October 19, 2020

छोटो मिठो मेरो बिचार : मेरो सपना

३० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1151


छोटो मिठो मेरो बिचार : मेरो सपना

उमेश रेग्मी।

एक दिनको कुरो देवराज इन्द्रले आफ्नो दरबारमा सबै देवताहरुलाई मिटिंगमा बोलाए। देवताहरुको मनमा खुल्दुली चल्नु स्वाभाविकै थियो, साथमा अकस्मातको यो मिटिंगले कुनै नया विपत्तिको संकेत गरेको त हैन भन्ने भय पनि थियो सबैमा। सभा कोठा भरिएपछि देवराजले शान्त स्वरमा भने "देवता हो यि पृथिवी लोकका मान्छे सारै मात्तिए। हामी देवतालाई मान्नै छोडी सके। दिन प्रति दिन उपद्रो गर्दै हिडछन्। ब्रम्हाजीले कति दु:ख गरेर बनाएको संसार लगभग ध्वस्त पारी सके। देश र विदेश भनेर लड्या लड़यै छन्। एकथरी हामी विकशित तिमीहरु अविकशित भन्ने प्रतिस्प्रधामा छन् त अर्काथरी तेरो देश र तेरो मान्छेहरु भन्दा हाम्रो देश र हाम्रो मान्छेहरु राम्रा भन्ने घमण्डमा छन्। ब्रम्हाजीले त सबैलाई एकैथरी बनाएका हुन् तर यी मान्छेहरुले के के गरे के के। त्यति सुन्दर धरतीलाई नरक तुल्य पारी सके। ब्रम्हाजीको सृजनाहरु सबै सखाप पारी सके। पशु पंक्षीले बस्ने स्थानहरु पनि बिस्तारै बिस्तारै आफैले हडप्न थालीसके। यै तालमा यिनीहरुको रजाई चल्दै रहने हो भने त धरतीमा मान्छे बाहेक केहि पनि रहन्न। हामी देवताहरु मिलेर केहि सोच्नु पर्यो,केहि गर्नु पर्यो। नत्र ब्रम्हाजीको सृष्टि सखाप हुन्छ।"



यस्तो गम्भीर कुरा सुनेर देवताहरु विच सुन्यता छायो, कसैले केहि बोलेन। सबैले महशुष गरेको कुरा "मान्छेहरुको उपद्रो" तर यसको समाधान के त ? सबै घोरिए धेरै बेर। तर समस्याको हल कसैले प्रस्तुत गर्न सकेन।


त्यतिकैमा "नारायण नारायण" गर्दै ऋषि नारद आइपुगे सभामा र बिषयको गम्भीरतालाई बुझेर देवराज सामु आफ्नो मनसाय व्यक्त गर्न थाले "देवराज को जय होश! धरतीमा मान्छेहरुको मनमानी रोक्नलाई म संग एउटा उपाय छ। ल सुन्नुस। यिनीहरुमा बढेको अहँ नै हाम्रो हतियार हो। मान्छेहरु आज सर्बेसर्बा भएर कसैलाई गन्दैनन। यिनीहरुले अहिले आफुलाई मात्र ठुलो ठानी रहेछन। अचम्मको कुरा त यै मान्छेहरु पनि यो वर्गको मान्छे ठुलो अनि त्यो वर्गको सानो भन्ने भ्रममा छन्। यै भ्रमको फाइदा लिनु पर्छ देवताहरुले। ब्रम्हाजीको सृष्टिलाई जथाभाबी गर्दै हिड्ने यि मान्छेहरुलाई बेला बेलामा हामीले सबक त दिएकै हो तर यिनीहरुले अब टेर्न छोडे। कस्तो अचम्म हाम्रो हरेको प्रयासको बाबजुद यिनीहरु आविस्कार माथी आविस्कार गरि अझ ससक्त बन्दैछन्। वर्षा, बाढी, गर्मि, जाडो, हिमपात लगायतका कतिपय कुराहरुको प्रहार गरेकै हो तर यि मान्छेहरु केहि न केहि उपाय लगाई उम्कि हाल्छन। त्यसैले देवराज अब यस्तो चिज सोच्नुस जसमा मान्छे एक हुन नपाओस। मान्छे नै मान्छे बाट टाढा हुन बाध्य होउन। यिनीहरुलाई आफ्ना देखिनै डर लागोस। यिनीहरुको आफ्नै आविस्कार आफैलाई अभिसाप बनोस र यिनीहरु कमजोर बनुन। त्यसो भएपछि यिनीहरुको सक्ति छिंड हुनेछ र हाम्रो सृष्टिको बिनास रोकिनेछ। अबस्यनै त्यस पश्चात यिनीहरुमा आएको चेतनाले आउने पिढीहरु धरतीमा सुख चैन संग रहन पाउने छन्। ब्रम्हाजीलाई पनि सन्तुष्टि मिल्नेछ।

"ओ हो कस्तो अचम्मको सपना देखिएछ बुढी" झल्यास भएर बिउझिदै मैले उनलाई भने "मलाइ त कता कता कोरोना को सपना पो देखेको जस्तो लाग्यो।"

उनि छक्क पर्दै मलाइ हेरी रहिन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?