Monday October 19, 2020

लण्डनमा स्व.मेघ बहादुर गुरुङको अन्त्यष्टी सम्पन्न

३० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1406


लण्डनमा स्व.मेघ बहादुर गुरुङको अन्त्यष्टी सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल हेटौंडामा जन्म भएर काठमाण्डौ बसोबास गरेका पुर्व ब्रिटिस आर्मी स्व. मेघ बहादुर गुरुङको अन्त्येष्टि सम्पन्न भएको समाचार प्राप्त भएको छ। बेलायतको अल्डरसटमा रहनु हुने स्व गुरुङ १९६० मा सेकेन्ड सिक्स जिआर (२/६ GR) का नम्बर २११५२९२२ का लेसकोपरल हुनुहुन्थ्यो।

 


सकारात्मक मनका धनि, सहयोगी र अति मीलनसार गुरुङको ०२ अक्टोबर २०२० मा दमको कारण उपचार हुँदै गर्दा फेमिली पार्क अस्पतालमा निधन भएको थियो। ब्रिटिस गोर्खामा भर्ना भएर गुरुङले हंङकङ, ब्रुनाई, सिंगापुरमा सेवा गर्नु भएको थियो।

 


२ अक्टोबर २०२० मा निधन भएका गुरुङको हिजो १४ अक्टोबर २०२० मा गिलफोर्ड क्रिमेटोरियममा दाहसंस्कार भएको कुरा समाजसेवी शेर बहादुर सुनारले बताउनु भएको छ। फुनरलका लागि संयोजक शेर बहादुर सुनारका अनुसार तमुधी युकेका  उपाध्यक्ष जुम काजी गुरुङ, सृजनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जी, एनआरएन युके इङल्याण्ड राज्य ब्यबस्थाका उपाध्यक्ष लाल बहादुर गुरुङ, युथ एसोसियसन अल्डरसटका अध्यक्ष राजेन्द्र गुरुङ, मिमोसा रेष्टुरेन्टका जेनेरल म्यानेजर दिल नेपाली, मिमोषा रेष्टुरेन्टका म्यानेजर दिपक पुन, सुरेन्द्र मगर, मीन गुरुङ, सुरेश गैरे समेतको उपस्थितिमा फुनरल कार्यक्रम सम्पन्न भएको थियो।

 


सन १९४३ मा जन्मिएका स्व गुरुङको श्रीमति बिन्दु देवी गुरुङ,छोरा सुरज गुरुङ र छोरी पुजा गुरुङ अल्डरसट ‌युकेमा बसोबास गरेको जनाएको छ।


 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?