Monday October 19, 2020

माया लागेर आउछ : कविता

३० आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1310


माया लागेर आउछ : कविता

अलिसा सुच्चा राई लामा।

माया लागेर आउछ.....😘😘❣️❣️

छुन नसक्ने स्पर्शको माया लागेर आउछ
थाहा छैन कोहो उनी प्रेमको गीत ग़ाउछ,

भागेर जाउ कुन ठाउ जाउ भुल्न सकिन
अध्यारो भित्रको चितकार सुन्न सकीन,

परेलीमा सजाई हृदयमा माया गरेको छु
ओपिरको धुप जस्तो यादहरू भरेको छु,

पल पल यादहरूमा आशु रूझाएको छु
तिम्रो मायाको मोल एकै चोटी बुझाएको,

सिर सिर बतास संग मधुर आवाज सुन्छु
सुर्यको किरण छेउमा तिम्रो छाया भेटछु,

छुन नसक्ने स्पर्शको माया लागेर आउछ
थाहा छैन कोहो उनी प्रेमको गीत ग़ाउछ।।




मतहरू

jaya prasad subedi

sarai ramro lageo ...


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?