३ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
लण्डन ।नेपाल छोडी बेलायत आई बसोबास गर्ने नेपालीहरुले बेलायतमा मनाउने गरेको नेपाली मेला यसपटक २६ अगस्ट आइतबारका दिन लण्डनको केम्पटन पार्क रेस कोर्सको खेल मैदानमा भब्य आयोजना हुने कुरा तमुधी युकेले जानकारी गरायकोछ। दशौं नेपाली मेलाको तयारी पूरा भएको कुरा १८ अगस्तमा आयोजीत तमु धि युकेले प्रेष मीटीड्ग मार्फत जानकारी गराएको हो।
शनिबार एक पत्रकार सम्मेलन गरेर तमु धिं यूकेले मेलाको तयारीबारे जानकारी गराउंदै मेलामा सहभागिताका लागि बेलायतस्थित सम्पुर्ण नेपाली र नेपाली समुदायलाई सहभागी भै मनोरन्जन लिन आव्हान समेत गरेको छ ।
नेपाली कला, संस्कृति र पहिचानको संरक्षण , संबर्धन तथा प्रबर्धन गर्ने मेलाको मुख्य लक्ष्य रहेको यो मेलालाई व्यापक सुधार गरीदै लगिएको कुरा
तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुड्गले बताउनु भयको थियो ।आयोजक तमुधी युके रहेपनि मेला बेलायतका सबै नेपालीको साझा हो भन्दै मेलामा सहभागी भयर भब्य बनाउने काम बेलायतबासी सबै नेपालीहरुको भयको कुरा अध्यक्ष गुरुड्गको आव्हान थियो।
तमु धिं यूकेका उपाध्यक्ष हितकाजी गुरुङ संयोजक रहेको दशौ नेपाली मेलाको योजना संयोजक गुरुड्गले पावरपोइन्ट प्रिजेन्टेसन गर्दै मेलाको योजना प्रस्तुत गर्नु भयको थियो ।
मेला सम्पन्न गर्नमा ६५ सदस्यीय आयोजक समिति रहेको र नेपाली दूतावासको पहलमा बेलायत स्थित विभिन्न २० देशका कुटनितिज्ञहरुलाई अतिथीका रुपमा निमन्त्रणा गरिएको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेका क्षेत्रका स्थानीय सांसद, मेयर र काउन्सिलर पनि आमन्त्रण गरीयको छ । बेलायत सरकारका रक्षा मन्त्री, गोर्खाली चेली भनेर चिनिने बेलायती अभिनेत्री जोआना लुम्ले लगायतका भिआइपीहरुलाई समेत निम्त्याइएको सो कार्यक्रमा
१० हजार दर्शकको उपस्थिति अपेक्षा गरिएको छ।मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्था र समुहले प्रस्तुत गर्ने झांकी र नृत्य रहनेछन् । जसका लागि अहिलेसम्म २६ वटा संस्थाले नाम दर्ता गरिसकेका छन् ।
मौलिक कला तथा संस्कृति झल्काउने झांकी प्रस्तुतिमा सर्वोत्कृष्ट हुने समुहलाई लण्डन दूतावासको प्रायोजन रहेको एम्बेसडर कप तथा एनआरएन यूकेको प्रायोजन रहेको एनआरएन यूके कपका साथै मेडल, प्रमाणपत्र र ११०० पाउण्ड नगद पुरस्कार प्रदान गरिनेछ ।
दोस्रो हुने समुहलाई ७ सय पाउण्ड तथा तेस्रोलाई ५ सय पाउण्ड नगद,मेडल र प्रमाणपत्र दिइने छ ।त्यस्तै, नृत्यततर्फ प्रथम , दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ सय, ४ सय र ३ सय नगदको पुरस्कारको ब्यनस्था गरीयको छ । सान्त्वना स्वरुप झांकीका लागी र मेलामा युवा पुस्ताको सहभागिताका लागि समेत प्रोत्साहन गर्ने प्रयास गरिएको छ । जसअन्तर्गत २ घण्टाको समय युवाहरुलाई नै छुट्याइएको छ । सो समयमा युवाहरुले विशुद्ध नेपाली गीत तथा नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाउनेछन् ।युवाहरु माझ लोकप्रिय दाजुभाई ब्याण्डले समेत प्रस्तुति गर्नेछ ।
नेपाली राजदुतावासका महामहीम राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहने सो मेलाको प्रेष मीटीड्गको तमु धिं यूकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए ।मेलामा प्रस्तुति गर्न नेपालबाट आएकी नायिका तथा पत्रकार पुनम गुरुङ र उपस्थित पत्रकारहरु एभरेष्ट टाइम्सका सम्पादक हरीकाजी गुरुड्ग, एफएनजे युकेका सचीव पुर्ण गुरुड्ग, कान्तीपुरका नवीन पोखरेल, वीनेपालीका स्याम लुईटेल, नेपालीपत्रका सम्पादक ध्रुवराज अर्याल, शीतलपाटीका सम्पादक बाचस्पति रेग्मी, लण्डन नेपाल न्युजका सम्पादक शीव भण्डारी र संवाददाता प्रकास कडेल, एभरेष्ट नेटका एस के गुरुड्ग, युके नेपाल लाइभका गणेस खड्कालाई अध्यक्ष ज्ञाम गुरुङ ,संयोजक हितकाजी गुरुड्ग, फस्टलेडी प्रेमा गुरुड्ग, तमु धिं यूकेका मिडिया संयोजक रोहित गुरुड्गले खादा लगाई स्वागत गरेका थिए।
पत्रकार सम्मेलनमा तमु धिं यूकेका पूर्व अध्यक्षहरु मे रिटायर्ड डमर घले, सुबाससिं गुरुङ र कमल गुरुङ, लण्डन ईकाईका पूर्व अध्यक्ष डेभिड गुरुङ लगायतले पनि मेलाको पृष्ठभुमि तथा लक्ष्य लगायतका विषयमा आफ्ना धारणाहरु राखेका थिए ।
आमा समुहकी महासचिव यशोधा गुरुङले मेलाका दिन आमा समुहले प्रवेशद्धार र अतिथी सत्कारको जिम्मेवारी सम्हाल्ने र
मेलामा प्रस्तुत हुने झांकी तथा नृत्यहरुमा उत्कृष्ट चयन गर्ने जिम्मा पाएका संयोजक एकेन्द्र गुरुङले हरेक प्रस्तुतिको उचित मुल्यांकन हुने गरी निर्णयकहरुले काम गर्ने बताएका थिए।
पत्रकार सम्मेलनमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ, आमा समुहकी अध्यक्ष प्रेमा गुरुङ, कोषाध्यक्ष दिपक गुरुङ, कुमार गुरुङ , कार्यसमितिका विभिन्न पदाधिकारीहरु, सल्लाहकारहरु रीडीड्ग बुध्द मन्दीरका अध्यक्ष खेम गुरुड्ग, अल्डरसट बुध्दीष्ट सेन्टरका अध्यक्ष नारायण गुरुड्ग , चारभन्ज्याड्ग तमु समाजका अध्यक्ष रीटायर्ड मेजर कृष्ण गुरुड्ग तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधी समेत उपस्थित थिए।