२ कार्तिक, २०७७
शीतलपाटीन्युज डटकम।
वीरगञ्ज, १ कात्तिक । चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी ब्यवसायीक तरिकाले देखाइरहेकी छिन्। महिलाले पनि दरिलो गरी कमाण्ड गर्छन् भन्ने फेरि प्रमाणित गरेकी छिन् । वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अवैध सुन बरामद गर्न सफल भूमिका खेलिन् ।
वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पाटमेन्टबाट विशेष सूचनाको आधारमा सुन बरामद भएको हो। सुन बरामद भएपछि देशव्यापी चर्चा पाएको छ। सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।
पर्सा सरुवा भएपछि गंगा पन्तले कालोबजारी, तस्करी नियन्त्रणमा प्रहरीलाई महत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन्। पन्तले विगतमा इन्स्पेक्टर र डिएसपी हुदा इञ्चार्ज चलाएर ब्यवसायीक प्रहरीको चर्चा कमाएकी थिइन् ।