२ कार्तिक, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। छरिएर रहेका गोरखा जिल्लाबासीहरुको बृहद एकता,भातृत्व र जिल्लाको आपद विपदमा सहयोग पुर्याउने हेतुले सन् २०१६ मा स्थापना भएको अन्तराष्ट्रिय ग्लोबल गोरखा समाजले बिनय अधिकारीको नेतृत्वमा एक कार्यसमिति निर्माण गर्दै आफ्नो दोश्रो महाधिवेशन सम्पन्न गरेको छ। संसारभरी अस्तित्वमा रहेका सबै गोरखाली संघ संस्था र ब्याक्तिहरुबीच सम्पर्क, समन्वय र मार्गनिर्देशन गर्दै गोरखाको मानबिय सेवालाई थप प्रोत्साहन गर्ने उद्येश्य सहित गठित ग्लोबल गोरखाली समाज अन्तर्राष्ट्रिय समन्वय परिषदकाे दोश्रो अधिवेशनले गोरखाको बृहत्तर हितको बारेमा ब्यापक छलफल सहित भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। १७ अक्टोबर,२०२०मा सम्पन्न यस महाधिवेशनले दुई बर्षे कार्यकालको लागि अन्तराष्ट्रिय समितिको विधिवत चयन गरेको छ। समिति चयनको लागि लोकनाथ अधिकारीको संयोजकत्वमा बनाइएको निर्वाचन मण्डलमा सभाषद बिकल चन्द्र आचार्य र छबिलाल बगाले रहनु भएको थियो। यो अधिवेशनले विश्वभरिका छरिएर रहनुभएका गोरखाली समाजका प्रतिनिधिहरुसंग घनिभूत बहस पछि अन्तराष्ट्रिय कार्यकारी समितिको निर्माण गरेको हो।
२०१६ मा गोरखाली अग्रज जयप्रकाश गुरुगंको अध्यक्षतामा गठित ग्लोबल समाजको दोश्रो महाधिवेशनका प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभाका सदस्य सुरेन्द्र राज पाण्डे,विशेष अतिथिहरुमा एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट,एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त ,एनआरएनएका संरक्षक राम प्रताप थापा , भागवत वाचक पण्डित दिनबन्धु पोखरेल,विधान समितीका आदरणीय संयोजक हरिहर अर्याल लगायत देश विदेशबाट विभिन्न आदरणीय अग्रज तथा गोरखाली अविभावकहरुको सहभागिता रहेको थियो।
ग्लोबल गोरखाका महासचिव बिनोद पोखरेलले संचालन गर्नुभएको खुल्ला सत्र पछी निर्वाचन समितिले नयाँ कार्य समिति निर्माणको प्यानल लिष्ट तयार गरेको थियो। बहसमा आएका विभिन्न प्रस्तावहरुमाथि ब्यापक बहस गर्दै अधिवेशन प्रतिनिधिहरुको सुझावलाई समेत ध्यानमा राखेर आन्तरिक सत्रको पूर्ण सहमतिमा अन्तराष्ट्रिय कार्य समिति घोषणा गरिएको हो।
बिनय अधिकारी बेलायतको अध्यक्षतामा निर्माण भएको कार्यकारी समितिका ६ उपाध्यक्षहरुमा क्रमश गोकर्ण प्रसाद ढकाल(हंगकंग),यदु लामिछाने (कोरिया),श्रीकृष्ण भट्टराई(कतार),जानुका रेग्मी (स्पेन),नारायण भट्ट(अमेरिका),बिनोद पोखरेल(जापान) महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया),सचिवमा प्रकाश बन्जारा (युएई), कोषाध्यक्ष आकास बन्जारा रहेका छन्। त्यस्तै आइसीसीहरुमा क्रमश दिल बहादुर गुरुगं (हंगकंग) शंकर लामिछाने (युएई ,कृष्ण प्रसाद बगाले(साउदी अरब),बासु अर्याल(जर्मनी),रामजी खत्री (कतार),विष्णु प्रसाद पन्त (बेलायत) डा सृष्टि पोखरेल (क्यानडा),प्रितम गुरुङ (स्वीटजरल्याण्ड ),कुल बहादुर वस्ती (पोल्याण्ड ),विनीता अर्याल न्यौपाने(फिनल्याण्ड),मनोहर रेग्मी (डेनमार्क) ,तुलसी अम्माई (नेदरल्याण्ड) ,प्रकाश भट्टराई (स्पेन) ,निर्मला अधिकारी बर्जगाई(बेल्जियम ),ज्ञानेन्द्र न्यौपाने (कतार ),कमला काप्री (जापान ) ,सञ्जिव पन्त (अमेरिका ),विक्रम घिमिरे (अमेरिका ) ,खगेश्वर अधिकारी(इजरायल),राम घले(बेल्जियम) ,हरि थापा(पोर्चुगल),सुरेन्द्र काप्री (फ्रान्स) रहेका छन्।
विधानको बिषयमा अधिवेशनको बन्द सत्रले अधिवेशन भएको मितिले तिनमैना भित्र विश्वभरिका गोरखालीहरुको अपनत्व सहित मार्ग निर्देशन गर्ने गरि बिधान निर्माणको जिम्मा पूर्ण अधिकार रहने गरी महाधिवेशनले निर्माण गरेको अन्तराष्ट्रिय बिधान परिषदलाई दिएको छ। त्यो अधिकार सम्पन्न बिधान तथा नीति परिमार्जन समितिमा संयोजक आदरणीय हरिहर अर्याल हुनुहुन्छ भने सम्मानित पार्षदहरुमा राम प्रताप थापा, डिल्ली ढकाल,बुदबल गुरुङ र कृष्ण लामिछाने रहनु भएको छ।