Saturday October 24, 2020

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -९

३ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 1581


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -९

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक, कास्की।

अघिल्लो दिन दौडधुपले शारिरीक थकान त्यति नभए पनि हाइ स्कुललाई औपचारिक शुरु गर्ने कठिन कामको मानसिक थकानका कारण ढिलो उठेँ। माघे जाडाले सिरकवाट वाहिर निस्कन अनुमति दिएको थिएन। सिरकभित्रै बाट हात लम्काएर झ्याल खोलेँ, सूर्यको किरणको पहिलो झुल्का हिउँले ढाकिएको अन्नुपुर्ण साउथमा परिसकेको थियो । त्यो दृश्य आफैमा मनमोहक थियो । सुर्यका पहिला किरणले वरपरका हिमाच्छित पहाडलाई सुनौला बनाइ दिएका थियो। हेर्दा हेर्दै मनमा कल्पना आयो, हिउका ती रासमा हजार बर्ष बस्न पाए हुन्थ्यो। अन्नपुर्ण र माछापुच्छ्रेको लोभलाग्दो आकर्षणले ममा त्यस्तो तृष्णा जन्मेको थियो ।

 

एकछिन पछि म उठे। सुन्दरताले मात्रै खान दिने होइन। आफ्नो दैनिकी  र जिम्मेबारी महत्वपुर्ण हुन्छ नै। तल ओर्लेर आगनको डिलमा घाम ताँपे। घामले शरीर अलि अलि तात्दै गर्दा सौचे, त्यही ढुगा र माटोले यो गाँउ बनेकोछ तर विहानको घामले किन घान्द्रुक टल्किन्छ ? म पाठकलाई आफ्नै आँखाले त्यो मनोरम दृश्य हेर्न जानु होला भन्छु।

आगनमा बसिरहदा अर्जुनको एउटा हिसाब मिलेनछ, कापि लिएर आयो, म भएको ठाँउमा उ। म आफ्नै सोचमा रमाइ रहेको थिए। एकैचोटी सर भनेर बोलाएको  आवाजले म झस्केँ। उस्को नमिलेको हिसावलाई मिलाइ दिएँ। त्यो वाहेक अरु पनि गरी दिएँ । त्यहि सिलसिलामा अर्को हिसाव गर्न दिए, उसले प्रयाश त गर्यो  तर ऊत्तर मिलाएन। मैले समस्याको समाधान त गरीदिएँ। तर मैलै उस्लाई हपार्दै भने, तँलाई लठ्ठक यती पनि नजान्ने। ऊ कापी  काखिमा च्यापेर  ‘ञईव ड्यीस्याँ ङइ हेड सर तवा मुला ’ भन्दै घर भित्र छिर्यो। मैले  के भन्दै गयो केही वुझिन ।

एकैछिनमा उसको भाई ज्ञान बाहिर हाँस्दै आयो अनि मैले अर्जुनले के भनेको हो भनी सोघे । जान्ने भएको भए त हेड्सरै हुने थिएँ, भनेको हो सर भन्यो । अहिले त्यहि अर्जुन सहित घान्द्रुकका प्राय जवानहरु लन्डनमा छन्। ऊ ती सवैको अघ्यक्ष भएर वसेको छ भन्ने सुनेको छु। घान्द्रुक बसाईको  पहिलोे घरको केटा अनि आफ्नै विद्यार्थी विदेशमा घान्द्रुक समाजको अघ्यक्ष भएको सुन्दा पनि छुटै आनन्द आउदो रहेछ। शिक्षक  पेशा भनेको लिने नभई दिने रहेछ ।

केही बेरमै खाने समय भयो खाना खान गएँ। खाना खादै गर्दा अर्जुनको वावा  र म अर्जुनकै भनाईको समिक्षा गर्यौ ।

यसो उसो गर्दा गर्दै स्कुल जान ढिला भैसकको रहेकाछ। हतारहतारमा स्कूल गएँ। एकै छिनमा स्कूल सुरु भयो। पन्चेमा पन्चहरु सल्वलाएको देखेँ, त्यो दिन माघ २५ गते थियो। एकैछिनमा प्रधानपन्च वखतमान र उपप्रघानपन्च अमरसिँ गुरुङ् अफिसमा आउनु भयो। प्रधानपन्च बखतमानले सोध्नु भयो, आजबाट भर्ना हैन  हेडसर ?

विद्यालयका अध्यक्ष अमरवहादुरजीले आज दिन राम्रो छ, आएका जति भर्ना गर्नु होला भन्नु भएको छ भने।  उहाँले कान्छाले   विहीबार भनेर त्यसो भनेको होला  भन्नु भयो। सवै  भलादमीहरु आइ सक्यो अहिले हामी जान्छौ  हेडसर  भन्दै उहाँहरु जानु भयो। हामीले कक्षा चलाउदै गयौ, १ वजेको  छुट्टी भयको थियो भलादमीहरु फेरी आउनु भयो ।

एक छिन सामान्य कुराकानी भयो, अनि बिषय उठ्यो भर्ना सम्वन्धि। भर्ना फि अली वढाउने हो कि उपप्रघानपन्चले प्रसग  उठाउनु भयो। सवै मुखामुख गरे। अलि पछि प्रघानपन्चले  कुरा उठाउनु भयो जिल्ला शिक्षाबाट आउने अनुदानका बारेमा। मैले शिक्षा नियमाबली पल्टाएर भने  कक्षा एकदेखि पाँचसम्म पढाउने, प्राथमिक शिक्षकको तलब भत्ता पुरै सरकारी अनुदानबाट र कक्षा ६ र  ७ गरी निम्न माध्यमिक शिक्षकको तलब भत्ताको  ७५ प्रतिशत  सरकारको र २५ प्रतिशत स्कूलले नै व्यहोरानु पर्ने व्यवश्था थियो।  कक्षा ९ र १० माध्यमिक शिक्षकको तलब भत्ताको ५० प्रतिशत सरकारको र ५० प्रतिशत स्कूलले नै व्यहोर्नुपर्ने थियो। प्रस्तवित मा वि को हकमा पुरै स्कूलले नै व्यहोर्नु पर्ने व्यवश्था रहेको कुरा स्पष्ट रुपमा त्यो प्रवुद्ध समुहलाई जानकारी गराएँ। उहाँहरुले आफ्नो भाषामा कुरा गर्नु भयो,त्यसै वीचमा स्कूल अध्यक्षले उप्रप्रधानले शुरुमा भनेझै अरु स्कूलको भन्दा अलि भर्ना फि बढाऊदा के होला हेड सर भन्नु भयो। तपाईँहरूको विचार  म यहाँका मानिसको भावना भित्र पसेको छैन भनेर भने। अन्तमा, उहाँले नागडाँडाको फिको लिस्ट छ हेड सर,  भन्नुभयो।  क्षेत्रीय अध्यक्ष मीन वहादुरजीले र मैले पहिले नै मगाई सकेको थियौ त्यो लिस्ट। दराजबाट झिकेर देखाइ दिएँ, उहाँले समय लिएर हेर्नु भयो। अनि ‘ऐ च्योँ फि चुन कायम लले औ ’भन्नु भयो अमर बहादुर तिर फर्केर। ्र््र्र््मैले अन्दाज गरेँ फि त्यही कायम गरौ भन्नु भयो होला भन्ने। सबैले ‘ ठीकन मु ’ भन्नुभयो।  वैठकको उद्धेश्य पुरा भएको थियो। हेड सर हामी लाग्छौ भन्दै सवै उठ्नु भयो। भर्ना फि त्यसैमा सहमति भयो। मलाई त्यो भलाद्मीको अनुशासन र उहाँहरुको प्रबुद्धता देखेर खुशी लाग्यो।  अध्यक्ष अमर वहादुर अलि पर पुगे पछि फर्केर आउनु भयो। हामी भर्ना तिर लाग्यौ। लेखापाल नभएकाले  नयाँ फाइलमा भर्ना गर्नको लागि एकजना सरलाई भने। पहिलो दिनको शुभ साइतमा  जगन्सुवा, सतीदेवी, कमला र राजु गरी चार जना  छात्राहरु भर्ना भए। प्रेम र क्षेत्र घर गइ सकेका रहेछन, ढिला भएर होला। भोलि आउलान् भन्दै  हाइ स्कूलको पहिलो कक्षामा चार जना कन्या केटी भर्ना भए लच्छिन लाग्छ कि हेडसर ? अध्यक्षले त्यसो भन्दा सवै सरहरु  हाँस्नु भयो । 

एकछिन  रमाइलो माहोल बन्यो अफिसमा । अध्यक्ष अमरजी काठमाडौंको कुपनडोलमा वसेर २००८ सालमै  हाइस्कूल पास गर्नु भएको मानिस भएका कारण शुद्द नेपाली वोल्नु हुन्थ्यो। सवैलाई हँसाउनु  भयो   उहाँले।

पछि भाग्यले साथ दिदै गयो सवैको प्रयाशलाई र स्कूल भव्य बन्यो । राज परिवारको स्कूल भिजीटमा बेला  तत्कालीन राजा श्री ५  वीरेन्द्रले यो विकाश कशरी यस्तो भयो भन्ने शोधनी भयो । मैले  यो विकाश  कसरी भयो भन्ने कुरा सविस्तार गरे। उक्त विकाश कसरी गर्न सफल भयो भन्ने कुरा म पछि पनि लेख्नेछु । चार वज्यो हामी सवै वाहिर निक्ल्यौ अध्यक्षको साथमा।

अध्यक्षजी घरतिर लाग्नु भयो, हामी पन्चे तिर लाग्यौ। गणेशलाई लिएर हामी गोकुल वहादुरको घरमा गयौ। उहाँलाई छेदको मामिला भन्दा रहेछन्। लक्ष्छिनलाई पढ्न पठाउन पर्यो गोकुलजीे मैल भने, उहाँले केही नभनी ‘चिया थुमर खो’ भन्नु भयो। आथु आथु भन्दै हामी कोट गाँउतिर लाग्यौ, पहिला हामी तोरोको साइला कहाँ जाऊँ  भन्नु भयो गणेशजीले। हामी त्यसै गर्यौ । त्यो घरमा बडा दशैमा कोट पुजा हुदोरहेछ।  त्यो पुजामा दमैले वाजा वजाउने, कोटको पुजा गर्ने तथा रागा एवं बोकाको वली दिने चलन रहेछ। गाँऊका सवै मानिस जम्मा हुने रहेछन् त्यो पुजालाई घान्द्रुकको कोट पुजा भनिदो रहेछ । यो उत्सव ‘तोरोको कोट धिँ ’ भनेर कहलाएको रहेछ।

तोरोको साईला भन्दा रहेछन् त्यो कोट घरको  मालिकलाई । हामीले त्यहाँको जानकारी लिएर पदम्वहादुरजी कहाँ छिर्यौ र उहाँलाई हामीले छोरा कृष्णलाई पढ्न पठाई दिनोस्, भनेर भन्यौ । उहाँले  ऊ माने पठाउने हो भन्नु भयो। मैले केहीबेर कृष्णलाई  सम्झाए। अनि हामी अगाडि वढ्न लाग्दा  ‘चिया थुमर खो’. भन्नु भयो। हामीले  ‘आथु आथु ओ आगिँ ’ भन्दै अगाडि बढ्यौ ।

गणेस सरले अव हामी गैरा गाऊँ जाऊ  त्यहाँ एकजना विद्यार्थी छ भन्नु भयो र हामी सरा र त्यो विद्यार्थीको घरमा  गयौ। त्यो घरमा   म अघिल्लो दिनमा पनि पुगेको थिएँ । त्यो त चन्दवहादुरजीको घर पो रहेछ। ध्रुब त्यो घरको छोरा वाहिर रहेछन्, हामी उभिएरै कुरा गर्दै थियौ, भैँसीलाई डाले घाँस लिएर ध्रुवको वावा आउनु भयो ।

’मास्टर कता आयौ’ भन्नु भयो चन्द्रजीले। हामी नारायण सिँलाई लिन आएका हा, मैले भने। ध्रुबले पिँढीमा काम्लो विछ्याए। त्यही  हामी वस्यो, अनि कुरा उठ्यो छोराको। उहाँले भन्नु भयो, ‘उ पोखराको अमरसिँ स्कूलमा पढ्दै छ कहाँ आऊ छ र यहाँ ’ भन्नु भयो। अनि गणेस सरले ध्रुव तिमी पनि हिड पढ्न भन्नु भयो, कहाँ जानेनी सर वुढो भयो नी  उनले भने। कान्छा देनसिँ भने सानो कक्षामा त्यही पढ्दै थिए। ‘भूवनसिँ कहा छन ्अहिले दाई,’ भन्नु भयो गणेस सरले । गणेसरलाई दाइ–भाइ चल्दो रहेछ पुरानो मित्रता भयेर होला। उहाँँले वेलाईत तिरै छ भन्नु भयो। मैले फेरी दोहोरयाएस भने, ‘नारन्सिङलाई यही ल्याउन पर्यो चन्द्र वहादुरजी। उहाँले ’तपाईहरु पढाऊदै गर, राम्रो हुँदै गयो भने आफ्नो स्कूलमा  नआएर  कहाँ जाला तोनी. भन्नु भयो । ’

त्यही वेलामा भित्रबाट थाला भरी खिऊनी ल्याए ध्रुबले घिउनै बसाउने गरी। हामीलाई  निकै भोक लागेको रहे छ, खायौ  पेट भरीने गरी।  उहाँसँग  हामीले धेरै कुरा गर्यौ, उहाँको कुरा सुन्दा मलाई मेरो वावाको याद आयो ।

मेरा वावा पढ्नु भएको थिएन  ्र््र्र्् सुद्द किसान । हाम्रा छ भाइलाई पढाउन ठूलो चुनौती थियो वावालाई। तै पनि पढाउनको लागि कुनै कन्जुश्याइ  गर्नु  भएन । तर कुनै  भाइले पढे कुनैले पढ्न सकेनन्। आआफ्नो भोगभाग त हो  जीबन।

त्यस्तै चन्द्र वहादुरजीको छोरा–छोरी पढाउने तिब्र ईच्छा  प्रकट  देख्ता  मलाई खुशी लाग्यो। सन्तान बनाउन अभिभावकको  ठूलो रोल हुन्छ। अहिले उहाँको जेठो छोरा भुवनसिँ   पोखरा फाइनान्सको  अध्यक्ष  भएर काम गर्दै हुनहुन्छ भने  अर्को छोरा  धृव   टुरीस्ट होटल चलाएर आरामदायी जीवन विताइ रहनु भएको छ । त्यस्तै अर्का दुई छोरा नारायणसिँ र देवसिँ  दुइ भाई  लन्डनमा  राम्रो अफिसमा काम गरेर जीवन खुशी साथ विताइ रहेकाछन भन्ने थाहा पाएको छु। यो देखेर मलाइ अहिले शहर वजारको याद आउ छ। शैक्षिक वातावरण हुँदा हुदै पनि आफ्ना सन्तान वनाउन  कतिले सकेका छैनन् भने  कतिले पढाइमा ध्यानै नदिएको पाइएको छ।  त्यस्तै पढ्नेको पनि खास ध्यान पाइदैन। चन्द्रजीले सन्तानलाई पढ्ने अवसर दिनु भयो भने छोरा हरुले पनि पढे। धेरै समय वसेर  हामी त्यहाँबाट फर्क्यौ।




मतहरू

Usha

Inspiration for teachers. Motivational articles

Rekha Poudel

Inspiring article

Phul Maya Gurung

Ghandruk ghumna pathak haru lai agraha, Gurung vhasa prati ko maya, new generations lai Gurung Vhasa sikna protsahan, afnu students haru prati ko gaurab,Kati mithas cha lekhan ma, thank you so much Sir and thank you sitalpatinews.com.

Dr Hum Gurung

What an inspiring and interesting story. Congratulations Toyanath sir and Sitalpati News team! Teaching profession is to offer the knowledge you have without any expection in return. What a great soul headteacher. Hum

rdhdjqvqwo

??????????? ????? ???? ????? ? ??????? -? [url=http://www.gj92ut560o40n90zmgg01n742v5tn9aus.org/]urdhdjqvqwo[/url] rdhdjqvqwo http://www.gj92ut560o40n90zmgg01n742v5tn9aus.org/ ardhdjqvqwo

Emblem Pin Badge Price

Emblem Pin Badge Price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?