३ कार्तिक, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र राजदूतपत्नी पुनमसुवेदीद्वारा अभिनित एक प्रेमिल मनका कुरा उतारिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
राजदूत सुवेदीको आफ्नै रचना रहेको ‘दुख्ने मुटु’ बोलको गीतमा सुवेदी दम्पतिले अभिनय गरेका हुन्। यसगीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज छ।
भिडियोमा खुलेरै अभिनय गरेका राजदूत दम्पति प्रमुख भूमिकामा देखिएका छन्। भिडियोमा नायक ध्रुवदत्त र नायिका मिरुना मगरका साथै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय देख्न सकिन्छ।
डा दुबसु क्षेत्री नेशनल डेभलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो। जसमा सञ्चारकर्मी एवम् निर्देशक कुशल श्रेष्ठको छायांकन,सम्पादनतथा निर्देशन छ ।
भिडियोमा ट्राफगल स्क्वायर,अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस,बकिंगहम प्यालेस,हाइड पार्क लगायत लण्डनका प्रमुख स्थानहरुको दृश्यहरु कैद गरेर बनेको छ। निर्देशक श्रेष्ठले राजदूत दम्पति सहितको अभिनयमा म्यूजिक भिडियो बनाउंदा फरक अनुभव भएको सुनाए।
‘मैले यो म्यूजिक भिडियोलाई एउटा सामान्य कामका रुपमा मात्रै नभएर अवसरका रुपमा लिएको छु’, बेलायतमै तीन दर्जन म्यूजिक भिडियोको निर्माण तथा निर्देशन गरेका श्रेष्ठले भने। ‘कूटनीतिकव्यक्तित्वलाई अभिनय गराएर पर्दामा उतार्ने काम सजिलो हुंदैन कि भन्ने थियो। तर उहाँहरुले उत्कृष्ट अभिनय गर्नु भएकोले खासै अफ्ठेरो भएन ।
Leather Raw Material
Leather Raw Material