Thursday July 29, 2021

संसार मिडिया ग्रूपको अध्यक्षमा कुश बस्नेत

३ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 3752


संसार मिडिया ग्रूपको अध्यक्षमा कुश बस्नेत

शीतलपाटीन्युज डटकम।

लण्डन। विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुका खबरलाई सम्प्रेषण गर्दै आएको संसार मिडिया ग्रूप र यससंग सम्बन्धित समूहको अध्यक्षता अब कुश बस्नेतले गर्नु हुने भएको छ। संसार मिडिया ग्रूपको निर्देशक र सम्पादन समूहको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बस्नेत बेलायतमा सन्चार र पत्रकारितासंग सम्बन्धित विभिन्न संस्थाहरुमा आबद्ध रहिसक्नु भएको छ। बेलाबखत सामाजिक,राजनीतिक र धार्मिक बिषयमा समेत लेख लेख्नु हुने बस्नेतले समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ।

अनुभवी बस्नेतको अध्यक्षतामा संसार मिडिया ग्रूपले सूचना र संचारको माध्यमबाट नेपाली विविधता, कला,भाषा,संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म,नयाँ र पुरानो पुस्तालाई जोड्ने,आधुनिक समाज र परम्परागत सभ्यताहरुलाई जोड्ने पुलको रुपमा उक्त अनलाइनलाई अझै सशक्त ढंगले अघि बढाउने जनाएको छ। साथै मानव समाजका मुख्य आदर्श लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका खबरलाई सम्प्रेषण गर्ने कार्यमा जुटीरहने पनि सो अनलाइनले जनाएको छ ।

संसार मिडिया ग्रूपको सम्पादन समूहमा मन्दिप केसी, भोला लामिछाने,आशिस तामांग, तथा विश्वास राई रहेका छन्।
(नेपालसंसार)




मतहरू

Swimming Pool Solar Lights

Swimming Pool Solar Lights

Rubber Parts

Rubber Parts

Children Furniture

Children Furniture

Welcome Gifts

Welcome Gifts

Fresh Meat Slicer

Fresh Meat Slicer

Coblat Mpn35 Bar

Coblat Mpn35 Bar

Nd Yag Laser Machine In Laser Cutting Machienes

Nd Yag Laser Machine In Laser Cutting Machienes


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?