Thursday July 29, 2021

पुर्व नेपाल प्रहरीका अधिकृत जीव बेलवासे बेलायतमा काउन्सिलर उम्मेदवार

४ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 3652


पुर्व नेपाल प्रहरीका अधिकृत जीव बेलवासे बेलायतमा काउन्सिलर उम्मेदवार

शीतलपाटीन्युज डटकम।

लण्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको र नेपालीको राजधानी कै रुपमा मानिएको बेलायतको अल्डरसट शहरको काउन्सिलरका लागि कञ्जरभेटिभ पार्टीले स्थानीय नेपाली समुदायका अभियन्ता जीव बेल्वासे उम्मेदवार चयन गरेको छ।

स्थानिय लेवलको कन्जरभेटीभ पार्टीको निर्णयले आउँदो वर्ष २०२१ मा हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा बेल्वासे उम्मेदवार बन्ने भएका हुन्। उक्त वडामा २०१९ को निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित भएर नेपाली समुदायकै प्रवेश केसी काउन्सिलर छन्।

पार्टीले काउन्सिलर पदमा उम्मेवार बन्न ईच्छुक उम्मेदवारहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी सम्बन्धित व्यक्तिहरुसंगको अन्तरवार्तापछि उनलाई उम्मेदवार चुनेको हो। उम्मेदवार चयनको प्रक्रिया समाप्त भइसकेको र पार्टीको औपचारिक घोषणा हुदै रहेको छ।

कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो वर्ष २०२१ को मे महिनामा हुने निर्वाचनमा बेल्वासेले प्रतिस्पर्धा गर्नेछन्। नेपालीहरुको अत्यधिक बसोवास रहेको रश्मोर बरोको मुख्य बजार इलाका वेलिङटन वडा हो ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निबर्तमान अध्यक्ष  बेलवासे सो ठाउमा बसेको २० बर्ष भयको, नेपाली र बेलायती समुदाय बिच कामका कारण लोकप्रिय छन्। अपराध नियन्त्रण,स्थानीय बिकास र स्थानीय स्थानीय बेलायती नागरिक र नेपाली समाज बिच सुमधुर सम्बन्धको विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण उनले बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड र मिडिया प्रस्नालिटी जस्ता प्रतिष्ठित सम्मान पनि प्राप्त गरेका छन् ।
 




मतहरू

Solar Water Pump Inverter

Solar Water Pump Inverter

24v Cordless Hammer Drill

24v Cordless Hammer Drill

Flex Pcb Assembly

Flex Pcb Assembly


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?