Sunday February 28, 2021

राजदूत डा सुवेदीद्वारा लिखित गीत,"अधर"मा खरेल र रोस्नाको भिडियो सार्वजनिक

५ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 2044


राजदूत डा सुवेदीद्वारा लिखित गीत,"अधर"मा खरेल र रोस्नाको भिडियो सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतमा संगीत शिखर शन्तोषले भरेका छन् ।


भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको छ। प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर,अक्सफोर्ड स्ट्रिट,ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।
डा।दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो, जसमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ। भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन्।
बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्फत मोडलिङमा पाइला टेकेका छन् । साथै अवसर पाए आफुलाई निखार्दै व्यवसायसंगै अभिनयलाई संगै लैजाने उनको इच्छा रहेको मोडल खरेलले बताए ।

उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन्। कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन्। साथै हालसम्म आफुले गरेको भिडियो मध्ये अधर उनको उत्कृष्ट रहेको उनले जिकिर गरिन्। साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।




मतहरू

Guangzhou Saicou Shoes Co., Ltd.

Guangzhou Saicou Shoes Co., Ltd.

15000 Gauss Detacheur

15000 Gauss Detacheur

????

????


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?