Wednesday December 01, 2021

फोनिज युकेमा प्रमिला लाबुङ राई पुन अध्यक्ष पदमा निर्विरोध निर्वाचित

८ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 3650


फोनिज युकेमा प्रमिला लाबुङ राई पुन अध्यक्ष पदमा निर्विरोध निर्वाचित

शीतलपाटीन्युज डटकम।

लण्डन। लण्डनमा कार्यरत नेपाली आदिवासी जनजाती पत्रकारहरुको संगठनमा प्रमिला लाबुङ राई पुन अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको भर्चुअल माध्यमबाट शनिबार सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशन भए पनि संस्थाका सबै जसो सदस्यहरु सहभागी थिए। फोनिज यूकेमा ५० को मा सक्रिय पत्रकार एवम् सन्चारकर्मी सदस्य छन्।

नया कार्यसमितिको उपाध्यक्षमा गोमा राना, महासचिव कमान सिंह कर्मा पहाडी शेर्पा,सचिव भीमल राई,कोषाध्यक्ष सुशीला राई र सदस्यहरुमा विश्वजित थापामगर,सविन्द्र कुमार गुरुङ, डा.महा राई, विसनबहादुर गुरुङ छन् भने बाँकी सदस्यहरु चयन हुन बाँकी छ।

रि मेजर सोनाम छिरिङ शेर्पा संयोजक रहेको निर्वाचन समितिले १३ सदस्यीय कार्यसमिति चयन गरेको र विभिन्न पदमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका संयोजक रि मेजर सोनाम छिरिङ शेर्पाले शपथ ग्रहण गराएका थिए। निर्वाचन प्रक्रिया संचालन गर्ने शेर्पा नेतृत्वको समितिमा नरेश खपांगीमगर र विमला सेनी सदस्य थिए।




मतहरू

rtgniodwic

????? ?????? ??????? ????? ??? ??? ??????? ???? ????????? ????????? [url=http://www.g09e77oux400hrj3bj20178jtgv12lj6s.org/]urtgniodwic[/url] rtgniodwic http://www.g09e77oux400hrj3bj20178jtgv12lj6s.org/ artgniodwic

Zinc Oxide Powder For Medicine Made in China

Plywood Mdf Sanding Machine Zinc Oxide Powder For Medicine Made in China


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?