Wednesday December 01, 2021

एनआरएन यूके अध्यक्ष पुनम गुरुङलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ

१२ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 3174


एनआरएन यूके अध्यक्ष पुनम गुरुङलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ

शीतलपाटीन्युज डटकम।
लन्डन। गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङलाई कोरोना भाइरस संक्रमण परीक्षणमा पोजिटिभ देखिएको फेसबुक स्टाटस मार्फत आफैले जनाउनु भएको छ ।

केही दिनअघि गराएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अध्यक्ष गुरुङले बुधबार सामाजिक सञ्‍जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। तर उहाले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको उल्लेख गरेकी छन् । केही दिनअघि गराएको कोरोना परीक्षणमा मेरो रिपोर्ट पोजिटिभ प्राप्त भएको रिपोर्ट आयो । तर अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ। भाग्यबस स्वास्थ्यमा कुनै पनि जटिलता भने देखिएको छैन, उहाको स्टाटस्‌मा लेखीएको छ ।

अध्यक्ष गुरुङ घरमै आइसोलेसनमा बसेको समाचार छ। उहाले हालैका दिनमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबै आफन्त एवम् मित्रहरुलाई आवश्यक सतर्कता अपनाउन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन आग्रह गर्नु भएको छ।
उहाले फेसबुकमा लेखेको स्टाटस:


 




मतहरू

Custom Powder Coating Powder Quotation

99% SWEET ALMOND OIL Custom Powder Coating Powder Quotation


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?