Saturday July 02, 2022

नेपाली राजदूतावास लण्डनमा नेपाल विकास सम्मेलनको भर्चुअल आयोजना सम्पन्न

२३ कार्तिक, २०७७ शीतलपाटीन्युज डटकम। 4053


नेपाली राजदूतावास लण्डनमा नेपाल विकास सम्मेलनको भर्चुअल आयोजना सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली राजदूतावास लण्डनले हिजो ७ नोभेम्बर २०२० मा "नेपालको विकासका लागि बेलायतमा रहनु भएका विद्वानहरुको विचार र दृष्टिकोण" बिषयक नेपाल विकास सम्मेलनको आयोजना गर्यो। डा सूर्यप्रसाद सुवेदी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम महामहिम राजदूत डा. सुवेदीको सभापतित्वमा भएको थियो। 

 


 
सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न योगदान गरिरहेको बताउनु भयको छ। उहाँले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल,सुखी नेपालीको अभियान र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
 


सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले "नेपालको विकासका लागि आर्थिक कुटनीति" सम्बन्धी आफ्नो प्रमुख मन्तव्य प्रस्तुत गर्नुभएको थियो। यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा.पदम सिम्खडाले "नेपाली आप्रवासी कामदारको स्वास्थ्य तथा हित"का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा. कृष्णप्रसाद अधिकारीले "नेपालका सामुदायिक  संघ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध" का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको  थियो। सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा.पुनम यादवले "तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ?" भन्ने विषयमा प्रस्तुति गर्नु भएको थियो।

 


यसैगरी क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले "नेपालमा स्वास्थ्य क्षेत्रको विकास"का बारेमा कार्यपत्र प्रस्तुत  गर्नु भएको थियो। बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा. बीरेन्द्र श्रेष्ठले "काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव" सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा. भास्कर अधिकारीले "नेपालको विकासमा बनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व" सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
 

 


सम्मेलनमा बेलायतका दुई वटा प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले अभिनन्दन गर्नु भएको थियो ।
 


कार्यक्रमको संचालन राजदूतावासकी उपनियोग प्रमुख श्री रोशन खनालले गर्नुभएको कुरा नेपाली राजदूतावास लण्डन को प्रेस बिज्ञप्तिमा  जनाइएको छ।


 
प्रेस विज्ञप्ति:



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?