३० कार्तिक, २०७७
शीतलपाटीन्युज डटकम।
पाल्पा, नेपाल। पाल्पाली संगमले आउदो महिना पाल्पाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पाल्पाका प्राकृतिक,ऐतिहासिक साँस्कृतिक एवम् जन-जीवन र जीवन शैलीहरूका विशेषता झल्किने तस्वीरहरूको "खुल्ला अनलाइन फोटो प्रतियोगिता" गर्ने भएको छ।
कोरोना महामारीका कारण खुम्चिएको नेपाली पर्यटन क्षेत्र, पाल्पा जिल्लाको ऐतिहासिक, प्राकृतिक, कला, साहित्य, सँस्कृति,जनजीवन अनि जीवन शैलीका विशेषतालाई विश्वभरी प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सामाजिक सन्जालका माध्यमबाट पाल्पामा आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो।
कोभिड -१९ को त्रासका कारण बिश्व पर्यटन र अर्थतन्त्र नै तहसनहस भएको बेलामा यस खालको प्रतियोगिता आयोजना गरी पाल्पाको पर्यटनलाई फरक तरिकाले प्रबर्द्धन गर्न सकिने बिश्वास हामिले लिएका छौं।
बिजेतालाइ नगद र प्रमाणपत्रले सम्मान गरिने छ। तपाइँ पनि यो प्रतियोगितामा सहभागी भएर बिजेता बन्न सक्नुहुनेछ। प्रतियोगिताका नियम, समयसिमा तथा पुरस्कार समबन्धी बृस्तित जानकारी केहिदिनमा पाल्पाली संगमको आधिकारिक पेजबाट सार्वजनिक गरिने छ।
आफुसंग भएका वा हालसालै खिच्न सकिने फोटोहरू खिचेर संकलन गरी, सो फोटोको बिबरण समेत तयार पार्दै गर्नुहुन अनलाईन फोटो प्रतियोगितामा सहभागी हुन इच्छुक महानुभावहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको कुरा पाल्पाली संगमको जनाएको छ।
Jersey Wholesale Factory
Jersey Wholesale Factory