१ मंसिर, २०७७
शीतलपाटीन्युज डटकम।
रेडिंग,लण्डन। साहित्य संगम यूकेले १५ नोभेम्बर आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती तथा शुभ दिपावली २०७७ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साहित्य रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। भर्चुअल ‘जुम’ मार्फत आयोजित सो कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै साहित्यिक रचना वाचन गरिएको थियो। साहित्य संगमका कुमार केसीको संयोजन र संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमको शुरुमा संगमका संस्थापक साहित्यकार बिनोद अधिकारीले सबैलाई स्वागत गर्दै एक बर्ष यता दिवंगत संगमका सदस्यहरुको परिवारजन प्रति समबेदना व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक बासु शर्माले प्रस्तुत साहित्य बारे आफ्नो संक्षिप्त समालोचना गर्दै साहित्य संगम यूकेले बेलायतमा नेपाली भाषा-साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेको धारणा राख्दै साहित्य संगम यूकेलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा कुमार केसी,प्रतिमा केसी,बिनोद अधिकारी,ओमकार अधिकारी,रमेश कायस्थ,महेश आचार्य,डिल्ली घिमिरे,आनन्द भण्डारी,त्रिलोचन गौतम,निर्मला न्यौपाने, कृष्ण न्यौपाने,बासु शर्मा, लक्ष्मी पौड्याल,डा.कृष्ण रेग्मी,कृष्ण आचार्य र राम प्रसाद घिमिरेले आआफ्नो गीत, मुक्तक तथा कबिता लगायतका साहित्य रचना वाचन गरेका थिए ।
Heavy Duty Clamp Price
Heavy Duty Clamp Price