१ मंसिर, २०७७
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके र यसको नेपाल च्यापटरद्वारा संयुक्तरूपमा ११२औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती ‘भर्चुअल’ प्रविधिबाट मनाइएको छ ।
बेलायत,नेपाल र रुसबाट सहभागी साहित्यकारहरूको सभालाई परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्दै साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेको गर्वकासाथ भन्न सकिने बताए।
राजदूत सुवेदीले बेलायतमा परिषदले महाकविको जन्मजयन्ती मनाएर नेपाली साहित्यको जागरण ल्याउने ऐतिहासिक कार्य गरेको र यो सराहनीय भन्दै संरक्षक भएर परिषद्को रजत महोत्सव मनाउँन पाउँदा आफूलाई गौरवबोध भएको पनि बताए। समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल (ओविई) ले नेपाली साहित्यका धरोहर महाकवि देवकोटाको सिर्जनात्मक प्रेरणा हामी जहाँ बसे पनि पुस्ता पुस्तासम्म फैलाउँदै जानु पर्दछ भन्दै यस मार्गमा परिषद्का अथक प्रयासहरू उदाहरणीय रहेको उल्लेख गरे।
स्वागत मन्तब्यका क्रममा यती अध्यक्ष तथा परिषद्का सहअध्यक्ष कवि ध्रुव केसीले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा साहित्य, कलासंस्कृतिको बिउ जोगाउदै लैजानु सबैको दायित्व भएको बताए। रुसबाट सहभागी वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठले महाकविका कृतिहरू रुसी भाषामा प्रकाशित गरेर नेपाली साहित्यलाई बाहिरी समाजबीच फैलाउने कार्य आफूबाट भइरहेको जनाउँदै मुनामदनका रुसी भाषामा अनुवादित पङ्क्तिहरू वाचन गरेका थिए ।
परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने क्रान्तिकारी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आजभन्दा पच्चीस वर्ष पहिलेदेखि परिषदले बेलायतमा निरन्तर मनाउँदै आएर नेपाली माटोको सुभाष सेक्सपियरको माटोमा फैलाउँदै नेपाली पहिचानको जगेर्ना गरेको चर्चा गरे ।
यसैगरी परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले कार्यपत्र प्रस्तुत गर्दै परिषद्ले नेपाली भाषा साहित्यको संरक्षण र विकासमा गरेका प्रयासहरू सबैको सहयोग र सद्भावले नै सफल हुँदै संस्थाको रजत जन्मोत्सव मनाउने सौभाग्य पाएको उल्लेख गरे। महाकवि देवकोटाको जीवनी र योगदानबारे कार्यपत्र प्रस्तुत गर्दै परिषदको नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार ईल्या भट्टराईले महाकवि देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन् भनिन्। महाकविको मुनामदन कृतिले नेपाली समाजमा समानता र समावेसीको आवाज उसैवेला उठाएको स्मरण गर्दै उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर रहेको बताइन् ।
नेपाली साहित्य विकास परिषद् यूकेका महासचिव वीरेन्द्र कुवँर र नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका महासचिव वरिष्ठ पत्रकार हरिशरण लामिछानेले उद्योषण गर्दै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले स्वदेश तथा विदेशमा साहित्यको प्रेरणा जगाउने काम मात्र नगरी नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए ।
कार्यक्रम सञ्चलन गर्दै यती तथा एनआरएन यूकेका सचिव जीत रानाभाटले नेपाली भाषा साहित्य जस्ता नेपाली चिनारीहरूलाई विदेशमा जोगाई राख्न परिषदले गरेका प्रयास प्रशंसनीय रहेको बताउँदै महाकविका रचनाहरूको चर्चा गरे। कार्यक्रम आरम्भमा मंगल धुनको साथमा प्रमुख अतिथि राजदूत सुवेदीले परिषद्की कार्यकारिणी सदस्य गीतकार कल्पना आङबुहाङको मौलिक गीतहरूको सँगालो ‘मेरी आमा युट्युब च्यानल’ को समुद्घटन गरेका थिए।
समारोहमा परिषद्का सल्लाहकार तथा कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले मंगल धुन र भैलो धुनहरू प्रस्तुत गरेका थिए भने परिषदका कोषाध्यक्ष कलाकार मनोज अन्जान र कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष डम्वरसिंह ‘प्रयास’ ले राष्ट्रिय गीतका धुनहरू प्रस्तुत गरे। यसै गरी समारोहमा परिषद्का कार्यकारिणी सदस्य कलाकारहरू सुमेर ज्ञवाली र प्रमोद शर्माले राष्ट्रिय गीत गाए ।
कार्यक्रममा वसन्त रायक्षेत्री, हरिसिंह थापा, घनबहादुर थापा मगर, विजय हितान, हिन्दमाया बैद्य, वासु शर्मा, अहिल्या कुवॅर, गोकुल भण्डारी, रक्ष राई, सुरेशजङ्ग शाह, कोमल मल्ल, खगेन्द्र नेपाली, ध्रुव केसी, रेशम अर्याल, कल्पना आङबुहाङ्, मनोज अन्जान, मोहन जल्लाद, डम्बरसिंह ‘प्रयास’, गंगा लिगल, कर्णेल इन्द्रबहादुर कार्की, ललिता ‘दोषी’, गीता रेग्मी, हरिशरण लामिछाने आदिले कविता वाचन गरेर कार्यक्रम सम्पन्न भएको थियो।
( नेपाली लिकं )
जुम भिडियो:
Furniture Mirror Price
Furniture Mirror Price