३ मंसिर, २०७७
शीतलपाटीन्युज डटकम।
काठमाडौं,नेपाल। पाल्पा ऐतिहासिक, सांकृतिक, भौगोलिक र प्राकृतिक शौन्दर्यताले भरिपूर्ण लुम्बिनी प्रदेश को सबै भन्दा धनी जिल्ला पाल्पा रहेकोले यसलाई फिल्म सुटिङ छेत्रको रुपमा बिकास गर्न सकिने आधार एवम औचित्यताका सन्दर्भमा काठमाडौं मा एउटा अन्तरक्रिया सम्पन्न भएको समाचार छ। हरेक प्रदेशमा एक फिल्म सेन्टरको रुपमा कम्तीमा एक छेत्रलाइ बिकास गर्ने नेपाल सरकारको लक्ष्य रहेको सन्दर्भमा पाल्पाको संभावनाका बारेमा यो छलफल आयोजना गरिएको हो।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल को उपस्थितिमा भएको सो अन्तरक्रिया कार्यक्रममा पाल्पाका फिल्मी कलाकार, फिल्म उत्पादक र पाल्पा सम्बध्द संस्थाहरुको सहभागितामा पाल्पामा यसको संभावना र प्रकृयाका बारेमा छलफल भएको थियो। सो अवसरमा पाल्पामा विधागत फिल्म बिकासको ट्रेण्ड शुरु भएको सन्दर्भमा आवश्यकियहरु पुर्वाधारहरु पाल्पामा रहेको र लुम्बिनी प्रदेशको एक मात्र जिल्ला जहाँ सबै पुर्व शर्त र आवस्यकताहरु रहेको सन्दर्भमा सहभागीहरुले बिचार राख्नु भएको थियो। पाल्पाको तानसेन बजार मौलिक संस्कृतिको नगर र नेपालको पुरानो नगर रहेको तथा यहाँ उपलब्ध ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक धरोहरहरु निकै महत्वपूर्ण रहेको,भौगोलिक अवस्था निकै अनुकूल रहेको र यसको आसपासको क्षेत्रमा बिस्तारका प्रसस्त सम्भावना रहेको बारे ब्यापक छलफल भयो।
विधागत फिल्म निर्माणलाइ हेर्दा पनि फिल्मलाइ आवस्यक पर्ने वस्तुनिष्ठ आवस्यकता पाल्पा मै बिध्यमान रहेको, पाल्पाको सामाजिक जीवन, बिभीन्न जात जाति, भाषा,संस्कार,शैली,जनजीवन, खानपान,नमुना गाउँ र बस्ती तथा तराई, मध्यपहाडको पउच अत्यन्त सहज रहेको,जुनसुकै मौषममा पनि अनुकूल हावापानी रहने र आउटडोर, इन्डोर र ओपन स्टुडियोका लागि अत्यन्त उपयोगी स्थानहरु मध्येको एउटा जिल्ला पनि हो।
पाल्पामा दरबारहरु, प्रेमको प्रतीक रानीमहल, सुर्योदय देखिने रिमीघा लेक,प्राकृतिक तालहरू,प्रष्ट देखिने हिमश्रृंखलाहरु, बिशाल र मनमोहक फाँटहरू,धामहरु,नदी,खेलमैदान मात्र नभएर छिमेकी जिल्ला रुपन्देही गौतम बुद्धको जन्मस्थल र नवलपरासी मामाघर भएको,कपिलवस्तु तिलौराकोट दरबारको अवशेष रहेको र यहाको बिशीष्ठता भाषा र संस्कृति पनि रहेको, पहाडी जिल्ला गुल्मी र स्याङ्जा पनि त्यत्तिकै प्राकृतिक हिसाबले धनी र सहज पहुच भएका जिल्ला पनि पाल्पाबाट नजिक रहेका छन्। दर्जनौं महत्वपूर्ण पक्षहरुले पाल्पा जिल्लाको बतासे डाँडालाई केन्द्र बिन्दु बनाएर माडी फाँटको सराई,रामपुरफाट,बेगनास डाँडा, रिब्दीकोट,गुफाडाडा,कुसुम खोला, ताँहु रम्भा पानी जस्तो छेत्रहरु ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक र प्राकृतिक रूपले पनि उपयुक्त रहेको बारेमा छलफल भयो।
छलफल पश्चात चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रको बिकासमा पाल्पाको संभावना बढी रहेकोले तिहार पछि संभावनाको अध्ययन गरिने र पाल्पा पनि संभावना अध्ययनका लागि टोली जाने बताउनु भयको छ। कलाकार उत्पादक र पाल्पा संबध्द संस्थाहरुको पहल अत्यन्तै सह्रानीय रहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो,'यो चासोलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
सो अवसरमा कलाकार निर्देशकहरुमा निर्देशक नारायण रायमाझी, कलाकारहरु धिरेन शाक्य, शर्मीला मल्ल फिल्म उत्पादक चिजकुमार श्रेष्ठ,सर्जुमान लिगल तथा पाल्पाली संगमका पुर्व अध्यक्ष अशोक महर्जन लगायतले बिचार राख्नु भएको समाचार छ।
तानसेन गुठीका अध्यक्ष सर्जुमान लिगलले स्वागत भाषण गर्नु भएको सो कार्यक्रमको अध्यक्षता पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले गर्नु भएको थियो। सो अवसरमा पाल्पाली संगमका अध्यक्ष न्यौपानेले तिहार लगत्तै यस बारे पाल्पाली संगम र तानसेन गुठीले सम्भाब्यता अध्ययन प्रक्रियाका लागि नेपाल चलचित्र विकास बोर्ड समछ्य लिखित अनुरोध गरी अध्ययनका लागि आग्रह गरिने बताउनु भएको छ। यो छलफल कार्यक्रमको आयोजना तानसेन गुठी र पाल्पाली संगमले गरेको थियो।
???????????? ????? ?????? ????? ????????? ????? ????? ??????? ???? ??????????? ??????? anbfrrrym [url=http://www.g7hs812034gpq23g8mid0443h4y9rgvys.org/]unbfrrrym[/url] nbfrrrym http://www.g7hs812034gpq23g8mid0443h4y9rgvys.org/
????????????
Load Binder Price ????????????