Monday May 29, 2023

एनआरएनएमा ऐतिहासीक निर्णय : बिचौलियाको काम गर्ने माल्टाका पदाधिकारीको सदस्यता खारेज

३ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 4732


एनआरएनएमा ऐतिहासीक निर्णय : बिचौलियाको काम गर्ने माल्टाका पदाधिकारीको सदस्यता खारेज

शीतलपाटीन्युज डटकम।

माल्टा। श्रमिक ल्याउन बिचौलियाको काम गरेको अभियोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा कार्यसमितिका पदाधिकारीहरु कार्यवाहीमा परेका छन् ।

गैरआवासीय नेपाली संघको अनुशासन समितिका एक सदस्यका अनुसार छानविन समितिको प्रतिवेदनको आधारमा अध्यक्ष राजु अर्याल (बाबु)  बरिष्ठउपाध्यक्ष रेमलाल खनाल, उपाध्यक्ष प्रकाश भण्डारी, महासचिव सन्देश केसी, कोषाध्यक्ष दीपक खरेल, आइसीसी सदस्य तेज बहादुर लिम्बु, सहित अन्य कार्यसमितिका सदस्य माथि संघले कार्यवाही गरेको हो ।

गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार कार्यवाहीमा परेकाहरुलाई तीस दिनभित्र आफ्ना भनाईहरु संघभित्र राख्न सक्ने अवसर दिइएको छ ।

आचार्यका अनुसार उनीहरुलाई एक कार्यकालको लागि संघको साधारण सदस्यता समेत नरहने गरि निस्काशन गरिएको छ ।

यसअघि एनआरएनए युरोप संयोजक नारायण आचार्यसहित उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिंखडा रहेको एक समिति गठन गरेको थियो। छानविन समितिले संघका १३ जना पदाधिकारीहरुलाई कार्यवाहीको लागि संघ समक्ष सिफारिस गरेको थियो ।

छानविन समितिका सदस्य रामशरण सिमखडाले अनुचित कार्यमा संलग्नलाई संस्थागत कार्यवाही गर्ने अनुशासन समितिको निर्णय स्वागतयोग्य भएको बताए। उनले छानविन समितिलाई सहयोग गर्ने माल्टावासी नेपालीहरुलाई समेत धन्यवाद दिए ।

एनआरएनए इतिहासमा सम्पूर्ण कार्यसमिति माथि सामूहिक कार्यवाहीमा गरेको यो पहिलो घटना हो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?