Monday November 23, 2020

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -१३

६ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1399


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -१३

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


घान्द्रुक नेपालको पश्चिमाञ्चल क्षेत्र  अहिलेको गण्डकि प्रदेषको कास्कि जिल्लामा पर्दछ। यो गाऊ पोखराबाट करिब ३५ किलो मिटर उत्तर पश्चिममा पर्दछ। २०३२ साल भन्दा पहिला यो गाऊ पर्वत  जिल्लामा थियो। २०३२ सालको सम्विधान सम्शोधनले कास्कि जिल्लामा आएको हो। यसको आकार उत्तर दक्षिण लम्वाइ र पूर्व पश्चिम चौढाइ भएको लामो आकारको छ। यसको पूर्वमा लान्दुक तत्कालीन लुम्ले गाउ पन्चायत पर्छ भने पश्चिममा  म्याग्दी जिल्ला पर्दछ। उत्तरमा हिमाल पर्छ भने दक्षिणमा मोर्दी खोला पर्दछ। मोर्दी खोलाले पूर्वी  सिमालाई पनि छुट्याएको छ भने दक्षिणमा  घुमेर गएको छ। यसको क्षेत्र फल २९६-५० वर्ग किलो मिटरमा फैलिएको छ। त्यो कालखण्डमा उप प्रधानपन्च अमरसिँ गुरूङ्को भनाई अनुशार १०१३ घर धुरी थिए। तर अहिले पनि वढेको जस्तो लाग्दैन मलाई, किन भने वसाई सराई धेरै भएको पाएको छु मैले। जन सम्ख्या ४७४८ थिए त्यो काल खण्डमा। यसको उचाई ३२३० फिट देखि २६४९३ फिट सम्म छ। मेश्रम वराह ताल १०००० फिट उचाइमा छ, त्यहाँ  जानलाई  स्थानियलाई एक दिन लाग्छ भने हामी जस्तालाई एक आधा दिन लाग्छ। यो गाऊमा गुरूङ्को वाहुल्ल्य छ। अमरसिँको भनाई अनुसार  ७०% गुरुङ् जातिको वसोवास छ भने ३०% अन्य जातिको वसोवास छ। यो गाऊमा पोखराबाट  जानको लागि दुई बाटोहरू छन्। एक धम्पुस तिरबाट अर्को  नागडाडा हुदै चन्द्रकोट बिरेठाटी भएर।चन्द्रकोटबाट तलझरे पछि मोर्दी तरेर साँघी खोलाबाट  उकालो चढ्नु पर्दर्थ्यो तत्कालीन  समयमा। अहिलेको जस्तो मोटरेवल बाटो थिएन। खोलाबाट उकालो चढ्दा घान्द्रुकबासिको अथाह परिश्रमले चाक्ला ढुङ्गा  विछ्याइएका सिडिहरु थिए। उकालाको ती ढुङ्गाको सिडी  चढ्दा कठिन त हुने नै भयो। उकालो चढ्दै गर्दा बाटोका वरिपरि तरेली परेको खेतबारीका वीच वीचमा पातला घर कटेरा गोठ देख्दा मानिस रमाएकै हुन्थे। घान्द्रुकका गाऊवेसी गर्ने नर नारीहरूको तेजिलो अनुहार मन्द मुस्कान कौतुहलपूर्ण हेराई तथा वोलाई देखेर यात्रुहरू छक्क नपर्ने कुरा भएन। अझ जति उक्लियो उति अग्लो देखिने बाया र सम्मुखको घान्द्रुकको पाखो दायाँ र अगाडि तिरको माछापुच्छे हिमालका फेदीदेखि लान्द्रुकको लेक,लान्द्रुक भिक्षुकी पथनाका गराहरु  होचिदै गएका पहाड  देखिन्छन्। हिँड्दै जादा पछिल्तिर गहिरिएर  गएको मोदी सुसाएको यी सवै दृश्यले  थकाईको अनुभव कमै हुन्छ। अझ चानेको छहरो त्यो कन्चन पानी  देखे पछि  मानिसले एक छिन झोला विसाएकै हुन्छ। उकालोमा पानीको तिर्खा लागेमा म खटेर त्यही छहरामा पुग्थेँ  पानी खान। त्यो कन्चन पानी अन्जुलीमा लिएर दुइ अन्जुली पानी खादाको आनन्द  अर्कै हुन्थ्यो। अनि अति सुन्दर ढुङ्गाका छपनि विछ्याएर वनाइएको बाटो चढ्दै गएर पन्चे पुगे पछि थाकेको बटुवाको  थकान माछापुछे हिमालको हँसाइले  मेटाइ दिन्छ। वसन्तको समयमा बाटोको राता सेता रङ्गका  लाली गुराँसका फूलको दृश्यले टुरीस्टहरु त आँसुनै झार्छन्। यस्तो ठाऊमा जन्म भएन भनेर। मौसम राम्रो भएको वेलामा पूर्वी भेकबाट चन्द्रमाको आफ्नो प्रकाशले सेतो पना थपेर  घान्द्रुकका कुना काप्चाको  अँध्यारोपनलाई  भगाएको दृस्य पनि कम देखिँदैन। घान्द्रुकलाई  जस्तो प्रकृतिको उपहार छ त्यस्तै  त्यहाँ जन्मेका मानिस पनि। घान्द्रुकवासीहरूको घर आगन जति सफा छ त्यती नै सफा बाटोघाटो पनि। हरेक घान्द्रुकवासीको घरमा भाँडा कुँडा  सजाएर राखेको पाइन्छ। त्यहाँका मानिसले  लगाएको भेषभूषा गहना वरपरको सरसफाइ बोली र सत्कारले साच्चै नै  संस्कृत साहित्यका महाकवि कालिदासले मेघदुत काव्यमा गरेको वर्णनको साकार दृश्यको अनुभव हुन्छ। जतिजति घान्द्रुकबाट अगाडि गयो उति उति रमाईलो  ठाउहरु पाइन्छन्। घान्द्रुक माथिको  हरियो लेक  लालिगुराँसको घारी गोरुजुरे हिमालको फेदी किम्रोँखोला माथिको लेक,त्यो वुकियान कति आनन्ददायक छ। त्यो प्रकृतिको वर्णन यस्तो लेखाइले पुग्दैन। पाठक आफैँ त्यहा गएर हेर्नुपर्छ।

 

 

घान्द्रुकको लेकमा धेरै बहुमुल्य ओखतिका जडीवुटीहरु पाइन्छन्। मोर्दीको किनार देखि अन्नपूर्ण  साउथसम्म घान्द्रुकै भएको हुँदा विभिन्न जातजातिका वनस्पतिहरु पाइन्छ। हिउको जरामा पाइने पाँचऔले र निर्मसी जस्ता जडिवुटी यहा पाइन्छन्। गोपीजी भेडी गोठबाट आऊदा उक्त जडीवुटी ल्याउनु भएको रहेछ। मलाई राख मास्टर काम लाग्छ भनेर दिनु भएको थियो। घान्द्रुककेका गाईभैँसी भेडाबाख्राको चरनलाई खर्कहरु धेरै छन्। एकपटक टाढा पानी भएर खर्क जान्छन् भने अर्को पटक अन्नपूर्ण बेशक्याम्प तिर जान्छन्। गर्न सक्नेको लागि ठाउ प्रशस्त छ, कमाई पनि राम्रो हुन्छ। भेडाको दुध हुन्छ, उन हुन्छ। त्यो उनबाट मुल्यवान राडी पाखी काम्ला हुन्छन। त्यसबाट आय आम्दानी राम्रो हुन्छ, मासुको लागि भेडाका थुमाहरु अर्थात् भेडाका खसीबाट पनि थेरै आम्दानी हुन्छ। जङ्गलमा झारल घोरल सहित हिऊको जरामा कस्तुरी पाइन्छन्। मृग त तलै पनि पाइन्छन्, त्यो समयमा  मृग मारन अलि माथितिर जानु पर्थ्यो भने अहिले संरक्षण क्षेत्र लागु भएपछि गाउमै आउछन् तर मार्न भने पाईदैन। किम्मोङ्खोला भन्दा माथि मेलाचे जाने बाटोमा रुखका झाङ्ममा धेरै पाङ्गाँहरु देखेको थिए मैले। त्यसलाई प्रशोधन गर्न सके सावुन वनाउन सकिन्छ। त्यो पनि एउटा श्रोत हो आम्दानीको। ऐशेलु,चुत्रो, गुएली, ढकायो, कोमे  जस्ता चिजको उत्पादन र संरक्षण गर्न सके आयश्रोत खोज्नु कहि जानु नै पर्दैन। यस्ता प्रकृतिका निःशुल्क उपहारहरु  यहा धेरै छन्। नेपालको रास्टिय चरा डाँफे  यहाको जङ्गलमा नाचेको आकर्षक दृस्य देख्न पाइन्छ। त्यस्तै मुनालहरु पनि । अन्य जातका चराचुरुङ्गीहरु पनि त्यति नै पाईन्छन्। कुटिर उद्योगको लागि यहाको जङ्गलमा घेरै कच्चा पदार्थ पाईन्छन् जस्तो काठ,चोया,लहरा,पुवा,ऊन आदि। सिस्नाको बोक़्राबाट भाङ्ग़ा बनाइन्छ। खोला किनारमा पाइने प्रकृतिको निःशुल्क उपहार हो यो। त्यस्तै निगालाको चोया,काठ, लहराहरू।

 

 


यस्तो ठाऊमा अनुशन्थान गरी सरकारले साना उघ्योग खोल्न प्रोत्साहन गरेमा देष विकाशमा टेवा पुग्ने देखिन्छ। यहाको माटो उर्वरा छ ।अन्न वालिमा मकै,जौ,उवा,आलु र कोदो  हुन्छ धान्खेत भने कम छ यहा। कोदो यहाको मुख्य बालि हो। यहाका गुरुङ् महिलाहरुले घर घरमा कोदाको रक्सी पार्दछन्। यो कोदाको रक्सीलाई बाण्ड  बनाउने हो भने स्कटलैण्को घरेलु रक्सीले सँम्सार पिटे जस्तै यहाको रक्सीले पनि पिट्ने थियो। विदेसी रक्सी देशले भित्र्याउन पर्दैनथ्यो। यस्तोमा सरकारको ध्यान किन जाँदैन? गाँजाको खेति पनि हुन्छ यहाँ।क्यानडामा गाजा खुला वजारमा बिक्री वितरण हुन्छ, उनीहरु अहिले अन्न वालि छाडेर गाजा लगाउन तिर लागेका छन्, उनीहरुले यसको महत्व वुझेका छन्।यस्ता घरेलु उध्योगलाई सरकारले प्रोत्साहन गर्ने र  यसको कानुननै वनाई दिएमा देशको कूल राजस्व वढ्ने थियो। वाहिरबाट आउने रक्सी सवै वन्द गरेमा कति पैसा वच्ने थियो होला?

 

यस्तो प्रकृतिको खानी घान्द्रुकमा २०१८ साल भन्दा पहिला सात मुखियाले शासन गर्थे। कोटगाउँमा गोलमान' माझ गाउमा प्रेम वहादुर, आढभाई थरमा नया मुखिया कृष्ण लाल, क्यावोमा लक्षुमन, गैरा गाउमा दम वहादुर, डाडा गाऊको थाहा भएन मलाई। यीनै सात मुखियाले सात सय घान्द्रुकलाई आआफ्ना झुत्तमा वाडेका थिए। आफ्ना झुत्त अन्तरगत पर्ने घरघुरीको वालि शेर्मा न्यायनिशाप झै झगडा   उनीहरूले नै मिलाउँथे भन्ने कुरा शुक़्रवार म स्कूलबाट क्यागोको चौतारामा आएको थिए घरमा जानको लागि। त्यहाँ उरीका मखन वहादुर सात नम्वरका वडाअध्यक्ष जगन् वहादुर, क्यागोका डम्वरसिँ', क्यागोकै दुर्गा वहादुर घाम तापेर पुरानो गफ गरी रहनु भएको रहेछ वहालाई भेटेर मलाई थाहा भयो। मलाई पनि वहाहरुले वसवस भन्नुभयो, म पनि एकछिन वहाहरुको साथमा वसे। मुखीया प्रथाको वारेमा हामीले धेरै कुरा गर्यौ। मैले पनि मुखिया प्रथा व्यहोरे कै हो। तर हाम्रो गाउको मुखिया र त्यहाको मुखियाको कामकाज अलि फरक पाएँ। अनि देशकै पन्चायतको वारेमा दुर्गा वहादुरले कुरा चलाउनु भयो। २०१८ सालमा पंचायत राज्य लागु भएपछि घान्द्रुकमा पनि पंचायत गठन भयो। सातमुखियाको सट्टा घान्द्रुकमा नौ मुखिया भए भनेर मखन वहादुरजीले भन्नुभयो।

 

 


डमरसिँलाई अलि मन परेन जस्तो  लाग्यो पन्चायतको कुरा, भन्न त  केही भन्नु भएन। वडाका कुरा चलाइयो, मलाई पनि राम्रो थाहा थिएन, कुन ठाउ कुन वडा भन्ने। त्यसै वीचमा लेप्टेन  चीनवहादुरजी पनि आउनु भयो त्यहाँ। दुर्गा वहादुरले  कोटगाउ ३ नंवर,माझगाउ ४ नम्बर,क्याओ ५ नम्बर आढभाई थर ६ नम्बर, तल्लो गाउ ७ नम्बर र ८ नम्बर  गैरागाउ ९ नम्बर, लेक १ नंबर र २ नम्बर वेसी भन्नु भयो। पन्चायत आएपछि चानेबाट नया बाटो वनाइयो झारा उठाएर, लेप्टेन चिन वहादुरजीले भन्नु भयो। यो घडिमा घान्द्रुक एकजुट छ भनेर  डम्मरसिँले भन्नु भयो। वहाहरु घाम ताप्दै हुनुहून्थ्यो, म घरतिर लागे।बाटोमा शोच आयो कति राम्रो हो घान्द्रुकेको शोच, सवै एकजुट गाऊलेहरू। यही जुटको उपज हो मेश्रम वराह माध्यमिक विध्यालय भन्ने  कल्पना गरेँ। यहा जस्तो प्रकृतिको उपहार छ त्यस्तै मानिसको पनि जन्म भयेको रहेछ भन्ने कल्पना आयो मनमा।




मतहरू

JsweBoind

buying viagra canada safely can you buy viagra over the counter in us otc viagra usa

Fdbvjoync

order viagra canadian pharmacy order sildenafil tablets 3 viagra

Kbrgviet

sildenafil citrate 100mg pills cheap real sildenafil generic viagra without prescription

Fdbvjoync

viagra online purchase india how to viagra buy sildenafil from canada

Dbsfjoync

viagra generic in united states viagra soft pills where can i buy viagra pills over the counter

Kbrgviet

online viagra in usa viagra on the web viagra pills prescription

JsweBoind

how to get female viagra pills sildenafil 5 mg viagra online purchase in usa

Radheshyam Kamaro

He has portrait the pictures of Ghandruk & the people in a beautiful way .His expression gives me beautiful impression of Ghandruk and Gurung community. I suggest him to go on writing & publish a book . Hope it would be worth reading .

vobnhcvmzn

??????????? ????? ???? ????? ? ??????? -?? vobnhcvmzn http://www.gkuz441bll48f0504q78w8wkcx9385hes.org/ avobnhcvmzn [url=http://www.gkuz441bll48f0504q78w8wkcx9385hes.org/]uvobnhcvmzn[/url]


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?