६ मंसिर, २०७७
शीतलपाटीन्युज डटकम।
फ्रान्स। साझा पार्टीमा आस्थावान नेपालीहरुको सक्रीय भुमीका तथा यूरोप संयोजक एस के श्रेष्ठको निरन्तर प्रयासमा संयोजक श्रीराम श्रेष्ठ रहेको फ्रान्समा साझा सद्भाब समूह फ़्रांस राष्ट्रीय समिति गठन भयको छ।
तीन महीना देखि गरिएको लामो अन्तरक्रीयाले २० जना साधारण सदस्य मध्यबाट ७ सदस्यीय राष्ट्रीय समिति इन्टरनेटबाटै मतदान प्रक्रिया अगाडी बढाई सम्पन्न गरीयको थीयो। लगातारको भर्चुअल मिटीगंबाट शसक्त राष्ट्रीय समिति गठन भयको युरोप संयोजक एसके श्रेष्ठले शीतलपाटीन्युज डटकमलाइ बताउनु भयको छ।
राष्ट्रीय समितिमा रहेका ब्यक्तीहरुको जिम्मेवारी निम्नानुसार संयोजक श्रीराम श्रेष्ठ,सह-संयोजक बसन्त जोशी,सदस्य अनिल थापामगर,सदस्य सुजन बन्जारा,सदस्य कुमार कट्टेल,सदस्य सुरेश राई,सदस्य यम घले छनौट हुनु भएको छ।
????????
?????? ??????????????????