Friday January 22, 2021

महानगरीय ट्राफिक महाशाखाबाट SSP भीम ढकाल गए, SSP जनक भट्टराई आए

८ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1165


महानगरीय ट्राफिक महाशाखाबाट SSP भीम ढकाल गए, SSP जनक भट्टराई आए

शीतलपाटीन्युज डटकम।
काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्वबाट भीम ढकाल गएका छन् भने,जनक भट्टराई आएका छन ।

प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।
महाशाखामा सोमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई भएको छ।

विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफुले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको बताए। ट्राफिक व्यवस्थापनका लागि आफुले गरेको प्रयासहरु सफल रहेको उनको दाबी थियो ।

आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलीका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

 

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफुले निरन्तरता दिने बताए । विगतमा पनि आफुले मशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफुले पहिलो प्राथमिकतामा राख्ने बताए ।

 

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरे ।

आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी दशै–तिहार र त्यो भन्दा अगाडीको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?