११ मंसिर, २०७७
तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।
७ फागुन शुक़वार १ वजे शिक्षक स्टापको मिटिङ राखेँ। चौथो पिरियड सकेपछि विद्यार्थीहरुको छुट्टी भयो। हामी अफिशमा जुट्यौँ। पृथ्वीसरले हाम्रो वीचमा राम्रो कुराकानी पनि हुन पाएको छैननी सर भन्नुभयो। एउटै काम, एउटै समय एउटै ठाउँमा भए पछि भेट भई हाल्छ सर,सरतिरै फर्केर भने मैले। एक छिन यस्तै कुरा भयो, हामो शिक्षक साथीहरूको वीचमा। त्यस पछि कुराको सिलसिलामा हाम्रो ध्यान पठन पाठनतिर तानियो। मिटिङ् पनि पठन पाठन सम्वन्धमा नै राखिएको थियो। हाम्रो छलफल प्रभावकारी शिक्षण विधी मानै केन्द्रित रह्यो।
त्यो कालखण्डमा माध्यमिक र प्राथमिक निरिक्षकहरु स्कूल निरिक्षण गर्न शिक्षा कार्यालयबाट आऊने चलन थियो। कुन कुन समयमा कुन कुन निरीक्षकहरू आएका रहेछन् भनेर हेर्न निरीक्षण पुस्तिका मागेर हेरेँ। ६ महिना देखि कुनै निरीक्षक आएका रहेनछन् स्कूल निरीक्षण गर्न। वार्षिक तालिका वनाइएको छकि भन्ने प्रश्नमा पृथ्वीसरले कक्षा ८ चलाएपछि रूटिङ् पनि चेन्ज हुन्छ। नयाँ हेडसर आउनु हुन्छ वहाको विचार अनुशार वनाउने विचारले वनाएको छैन हेड सर भन्दै दराजबाट ठूलो ह्वाइट पेपर झिन्नु भयो। छलफल चल्दै थियो, उहा रुटिङ कोर्न थाल्नु भयो वार्षिक कार्यतालिका वनाऊनको लागि। मैले सरहरुलाई भने 'शिक्षण कृयाकलापमा अतिरीक्त कृयाकलापको ठूलो भूमिका हुन्छ। विध्दार्थीको शैक्षिक र भौतिक विकास सँगसँगै अगाडि वढाऊनु पर्छ हामीले। कार्य तालिका वनाऊने सिलसिलामा कुरा उठ्यो मौसमको। त्यहाँको मौसम अनुसार अति रिक्त कृयाकलापको कार्य तालिका वनाऊने भन्नेमा हामी सहमत भयौ। अनि हामीले इन्डोर गेम र आउटडोर गेमको मौसम अनुसारको कार्यतालिका वनायौ।
फुटवल,भलिवल,नाचगान,हाजिर जवाफ,हिज्जे आदि समेटेर योजना वनाइयो। अ आन्तरीक र वाह्य परीक्षाको पनि समय तोकियो। वार्षिक परीक्षा मार्गको १५ गतेलाई तोकियो। त्यो समयमा मार्ग महिनामा बार्षिक परीक्षा हुन्थ्यो। तील सरले कक्षा एकमा अक्षर शिकाउनै सकिएन त सर भन्नु भयो। पहिला उनीहरु कै शव्द प्रयोग गर्ने अनि त्यसलाई नेपालीमा अनुवाद गरी सिकाउन पर्छ होला सर। तपाई आफैले शोचेर कक्षामा कसरी शिकाऊदा प्रभावकारी हुन्छ भन्ने अध्ययन अनुसन्धान गर्दा राम्रो हुन्छ सर भने मैले। त्यसपछि पहिलो दिनको स्टाप मिटिङ् हाँस्दै र हँसाउदै सकियो। औपचारिक मिटिङ् सकिएपछि मैले भोलिलाई समितिको मिटिङ् गर्न पर्ने लागेको छ मलाई भने पछि गणेस सरले आ सर भोलि घुम्न जाने हो भन्नुभयो। त्यसैमा पृथिवी सर बाहेक अरु सरहरू पनि थपि थपाईमा लाग्नु भयो। हैन सर पछि जाऊला अहिले तत्काल निर्णय गर्नपर्ने दुई तीनवटा एजेन्डाहरु छन्, तिनीहरु पास नगरी काम गर्न अशजिलो भएको छ मैले भने। पृथ्वीसरले हो हो त्यो कुरा मलाई पनि थाहा छ 'सरको कुरा ठीक हो भन्नु भयो।' काम गर्दा राय लिएर गर्दा राम्रो,अर्को कुरा सरहरु, यो स्कूल घान्द्रुकेको सम्पती हो। यहाँको समिती अन्य स्कूलको जस्तो पनि हैन भन्ने लाग्छ मलाई। समिती गठनमा गाउका प्राय भद्र भलादमीहरु जम्मा थिए। ठूलो समुह जुटेर सर्वसम्मतबाट चुनिएको समिती हो यो। यहाँ सरकार आएर खोलिएको स्कूल पनि हैन। जनताको वाहुवलले खोलिएको हो। यस्तो सँस्थाले जनताको सहयोग पाएन भने त्यसको वाच्ने अघिकार हुँदैन भन्ने भावना हामिले लिनु पर्छ। हामो देशमा केही यस्ता तथाकथित स्कूलहरु छ,जसको हिसाव कितावको लेखाजोखै छैनन्। ऊनीहरु कसै प्रति जवाफदेही भयेको पाइदैन। हेर्नुहोस् सरहरु कुनै सँस्थालाई सहयोग दिन त्यहाँको जनता तयार छैनन् भने त्यस्तो सार्वजनिक सँम्थालाई वाच्ने अधिकार हुँदैन। मैले भने पछि हो हो सर भोलि मिटिङ् गर्नु होस् पछि जाऊला घुम्न भन्दै सरहरु विदा हुनु भयो। म र गणेष सर अफिसमै वस्यौ मिटिङ्को तयारीको लागि।
हामीले स्कूल समितीका पन्च, भद्रभलादमीहरुलाई पत्र काट्यौ। कुनै पत्र हामीले लियौ भनै कुनै आलेलाई वाड्नको लागि दियौ। पत्र बाडि सकेपछि हामी आआफ्नो वासस्थानमा फर्क्यौ। घरबेटी सुन वहादुरजीले ढीला घर पुग्दाको कारण सोध्नुभयो, मैले मिटिङ्को पत्र दिए। खानापछि वेडमा गए। निद्रा त कसरी आई हाल्थ्यो र मनमा तरेली खेले पछि। स्कूलमा तत्काल दुई चुनौती अगाडि तेर्सीए। त्यसलाई कसरी समाधान गर्ने? यसको शेरो फेरोमा मन रुमली रह्यो। रुमलीदा रुमलीदै निद्रा आएछ। बिहान पनि निद्रा छिटै खुल्यो। पुन निद्रालाई निम्ता गरे तर सुनेन। छटपटि भईनै रह्यो। मिडिल स्कूलमा ७५% तलव भत्ताको सरकारी अनुदान आऊथ्यो भने २५% स्कूलले व्यहोर्नु पर्दथ्यो। २५% तलव फिसले चल्थ्यो स्कूललाई कुनै अप्ठेरो थिएन। प्रस्तावित हाइस्कूलमा त कूनै अनुदान आउदैन। यसको आयश्रोत् के हो? अर्को कुरा कक्षा ९ को लागि पौष मै कोठा चाहियो। त्यो त यो हिऊँदमै तयार गर्नु पर्छ। आषाढबाट मार्गसम्म त मानिसहरु खेतिमै व्यस्त हुन्छन् भन्ने तर्क गर्दैगर्दा झ्याल खोल्न पुगेछु। घाम त अन्नपूर्ण हिमालमा पो खेलिरहेको पाए। म पनि उठे र बाहिर आएँ। ज्ञानले एउटा हिसाव मिलेन सर भन्यो, पख म वाथरुमबाट फर्केपछि भन्दै वाथ रुम छिरे। यमले मथेको चिया दियो, चिया खादै हिसाव गरी दिएँ । एकछिन टोलाएरै घाम तापेँ। खानापछि सोच वोकेर स्कूल जादै थिए, बाटोमा उपप्रधान पन्चले मिटिङ् कति वजे हो मास्टर भनी सोध्नु भयो। ११ वजेलाई लेखेको छैन र हजुर भन्दा समय हेरीन होलानी भन्नु भयो। छिटै आऊहोस् भन्दै स्कूल पुगे। स्कूलको पिएन स्कूल अगाडि वस्तथे वोलाएर ढोका खोल्न लगाएँ। अफिसमा जाडो थियो वाहिर घाम तापेँ। अलिपछि गणेष सर आऊनु भयो अनि कुरा चलायौ मिटिङ्को। कुरा गर्दै जादा क्यागोको चौतारा भन्दा तल दुईवटा पाल देख्यौ टुरिष्टका। हामो घ्यान टुरिष्तिर तानियो। २०२७ सालभन्दा पहिला घान्द्रुकमा टुरिष्टका लागि कुनै होटल पनि थिएनन् र आऊदा पनि आऊदैनथे। २०२७ पछि अलिअलि आउन थाले। अनि हाम्रै शकरमानसरले पन्चेको मुखैमा एउटा होटल सुरु गर्नु भयो। होटलको नाम फिस्टेल राख्नु भयो। घान्द्रुकको नाम प्रचार हुदै गयो, टुरिष् बढ्दै गए। ऊनीहरु पनि आफ्नै पाल लिएर आउन थाले भन्नुभयो। उनीहरु पाल टाँगेर वस्छन् खेती गर्ने ठाऊमा त्यसको बदला केनी सर? मैले प्रस्न गरे गणेषजीलाई। वहाले भन्नुभयो पाल लगाय बापत केही रकम जग्गा धनिलाई दिन्छन् सर भन्नु भयो, यस्तै कुरा चल्दै थियो। अध्यक्ष अमर बहादुर आई पुग्नु भयो। हाम्रो वीचमा कुरा भयो, हामीले अरु भलाद्मीहरु नआएसम्म व्यक्तिगत कुरा गर्यौ। मैले अमरवहादुरजीलाई सोधेँ, 'किन तपाईले काठमाडौंमा जमानामै पढ्नु भएको मान्छे वही जागिर नखाएर यहाँ आऊनु भएको हो?
वहाँले भन्नुभयो,यहाँ मेरो कान्छावावा एक्लै हुनु भयो। वहाँका छोरा भएनन्। हाम्रो घर तल्लोगाउँको मुख्यौली घर हो। त्यो समयमा तल्लो गाऊको रक्षे वहादुर मुखिया भने पछि धेरैले चिन्दथे। हाम्रो झुत्त्तामा थेरै मोही थिए हेडसर वावु,त्यसको सहयोगको लागि म यहाँ आएँ। मेरो दाजु जागिरमा जानु भयो। म यहाँ आए,यहाँआए पछि यहीको यही भएँ हेडसर भन्नुभयो। हाम्रो कुरा चल्दै थियो अरु भलादमीहरु आऊनु भयो। मैले भित्र वसौ कि भने। वहाहरुले भित्र चिसो छ बाहिरै वसौ भन्नुभयो। तिम्रो कति कुर्ची छ र यत्रो मान्छे अटाऊछ भन्नुभयो अमरसिँ जीले। मैले त केहीलाई वोलाएको थिए। तर धेरैनै आउनु भयो।
मैले गणेशजीलाई समितिको वैठकको हाजिरी उठाउन लगाए र अन्य पन्च भलादमीहरुलाई विषेश उपस्थित गराउन लगाएँ। एउटा गाऊ समाज नै भयो।अध्यक्षजीले आफ्नो एजेन्डा पेश गर्नुहोस् हेडसर भन्नुभयो। मैले दुईवटा एजेन्डा पेश गरे, एउटा तलव भत्ता अर्को कक्षा ९ को लागि कक्षा कोठा। सम वहादुरजीले अर्को सालको लागि अहिले के आतुर भयो र ? भन्नु भयो। कुशम लामाले हेडको कुरा ठीक हो, वर्खामा सवै मान्छे खेत वारीमा हुन्छ। पौषमा कोठा चाहियो यही हिऊदमा वनाऊन पर्छ होला भन्नु भयो। एउटा कोठा मार्गको धान पछि वनाएपनि हुन्छ होला वुध्दी वहादुरजीले भन्नुभयो। यस्तै कुराहरू धेरै भए,लामै छलफल भयो। त्यसै वीचमा मीन वहादुरजीले भवन वनाऊने कुरा त एक पटकको खर्च हो,त्यो केही हैन,यहा त हेडसरले त दैनीक खर्च तलब भत्ताको कुरा पनि ल्यायो। यसको व्यवस्थापन गर्न पो गाहो देखे मैले त। बुढा हो भन्दै थोरै विद्दार्थीको फिसले हाइ स्कूल चल्छ? यो समस्या ठूलो देखेको छु मैले। आयश्रोत चाहियो वुढा हो भनेर मीन वहादुरजीले भन्नुभयो। सवैको मुखामुख भयो। मरो विचार भन्न मिल्छ कि भनी सोधे सभालाई। तिमी पनि त समितीकै सचिव हौ भनन भन्नुभयो सिँगराजजीले। लामा दमले के भन्नुभयो सभामा सवै मरी मरी हाँसे, मलाई थाहै भएन। त्यसपछि नया मुखीया कृष्णलालजीले हँसाउनु भयो। अनि वेसीका नक्लजीले पनि त्यतै हँसाउनु भयो। हाँसो पछि सभा एक छिन मौन भयो। त्यो मौन समयमा दैनिक आय सम्वन्धिको कुरा उठाएँ मैले र भने तलको भलिवल ग़ाउन्डमा पाल टाङ्न टुरीस्टलाई दिएर त्यसको कर लिदा कसो होला ? प्रधानपन्चजीले त्यो पनि कस्ले ऊठाऊ छ साँझ विहानमा पाल भएको ठाऊमा गएर भन्नु भयो। चकवहादुरजीले दुईजना शिक्षकलाई जिम्मा दिने उठानको लागि भनुभयो। कुरा चल्यो पालको दर तोक्नेकि सहयोगको लागि चन्दा भन्ने। टेक वहादुरजीले भन्नुभयो चन्दा माग्ने ' स्कूलको लागि भने र कुनैले वढि पनि दिन सक्छन् भन्नुभयो। मीन वहादुरजीले हुन्छ कान्छा भन्दै अमरवहादुरको तिर फर्कनु भयो। त्यसै विचमा गैरागाऊको चन्द्रवहादुरजीले 'ङलाई चु ते सेँ घोइ' (मलाई यो कुरा चित्त वुझ्यो) भन्नु भयो। सवैले एउटै आवाजमा 'तान् जन् तम् तम्वी' (हुन्छ हुन्छ भन्नुभयो)। यो पास भयो हेड सर मीन वहादुरजीले भन्नुभयो।
दोश्रो एजेन्डा कोठा निर्माणको थियो। त्यसमा धेरै छलफल भयो। अन्तमा अध्यक्ष अमर वहादुरजीले १,२ र ९ नम्वर वडालाई नलगाऊ झारा ३,४,५,६,७ र ८ वडालाई दुईदुई दिनको पालो गरी झारा ऊठाऊ र डाडा काटौ। अनि कोठा वनाऊने ठाऊ वनाऊ। निर्माण भने कार्तिक मार्ग महिना तिर गर्ने कि?भन्नु भयो। कोटगाऊको वडाध्यक्ष वुद्दी वहादुरजीले ' ङलाई चु तो सेँ घोइ' (मलाई चित् वुझ्यो भन्नुभयो) सवैको समर्थन भयो। अन्तमा मीन वहादुरजीले अरु केही छ हेड्सर? भनी सोध्नु भयो। मैले अहिलेको लागि यतिनै होकि हजुर भने। उठ्ने वेलामा झाराको मिती तोक्नु पर्यो भन्नुभयो। कोटगाऊको हरी वहादुरको बाबा केश वहादुर जीले। 'झारा उठाउने भएपछि यही महिनामा उठाउन पर्छ 'पछि खेतीको समय हुन्छ भन्नु भयो। सवैको समर्थन आयो।मीनवहादुरजीले १५ र १६ गते ३ नम्वर वडा कोटगाऊको यसरी नै क़्रमस गरौ न तो हुन्छ कागी भन्दै अमरसिँ तिर फर्कनु भयो। भयोनी वावूले भने पछि, वहाँले भन्नु भयो,सवैको मौन समर्थन भयो। औपचारीक मिटिङ् सकियो, मिटिङ् पछि सवै भद्र भलादमीहरु आआफ्नो घर तिर लाग्नुभयो। अमरसिँ, अमर वहादुर र चिज वहादुर तल भलिवल ग़ाउन्डमा तिर जानु भएको रहेछ। म अफिसमा सामान थन्काई मन्काई गरेर वाहिर निक्लदा वहाहरुलाई ग़ाउन्डमा देखेँ। अमरसिँले मलाई हातको इसारा गर्नु भयो आईजा भन्ने। म तल ओर्ले। अमरसिँजीले भन्नुभयो यो चौरमा दिनमा केटाकेटी खेल्छन्,वेलुका ३ वजे पछि टुरिस्ट आऊछन्,अनि तिनीहरुलाई पाल टाङ्न दिदा केही हुँदैन भन्ने लाग्यो मास्टर मलाई। कति पाल अटाउला यहा चीजले भन्नुभयो ? मरो ख्यालमा ८ वटा जति त अट्छ होला अमरसिँजीले भन्नुभयो। पानी पनि त्यो झेन्द्रो पँघेरोबाट ल्याई दिन पाए हुने थियो अध्यक्षजीले भन्नु भयो। तिनीहरु कतीको आऊछन् पछि ल्याउला कान्छा, चीजको भनाई थियो। हामी यस्तै गफ गर्दै तल्लो गाऊतिर चारै जना लाग्यौ।
बाटोमा मैले सोघेँ वहाहरुलाई 'मैले त स्कूल समिती र केही पन्च मात्र वोलाएको थिए मानीसहरु त धेरै पो आउनु भयो त? अमरसिँजीले भन्नु भयो, 'यो भलादमीहरूको चलाखि हो मास्टर। तिमीले पैसा,भवन भन्छौ भन्ने कुरा यहाका भलादमीहरुले वुझेका थिए। त्यसैले हरेक टोलका भलादीहरूले आफ्ना छरछिमेकीहरूलाई हिँड्है स्कूलमा हेडसरले वोलेको छ भनी ल्याएका हुन्। मिटिङ्ममा तिमीले समस्याहरू मात्र ल्याऊछौ अनि त्यो समस्या सवैले सुन्छन्, वुझेपछि काम गर्न सजिलो हुन्छ, वुझ्यौ कुरा। दाइले भनेको कुरा जे भन्नुभयो त्यही हो मास्टर भन्नुभयो चीजजीले। हामी हिँड्दै गर्दा अध्यक्षको घर नेर पुग्यौ। उहालाई छाडेर हामी ३ जना माथि लाग्यौ। चीजवहादुर घर तिर लाग्नु भयो, म र अमरसिँ तेर्सो बाटोमा निक्लेर अमरसिँको दोकानमा पुग्यौ। एकछिन त्यही वसेर दिनको मिटिङ्को समिक्षा गर्यौ हामीले। सुक कुमारीले चिया दिइन्, चिया खायौ। मैले चियाको पैसा दिन शुक कुमारीलाई वोलाए। अमरसिँजीले 'पैसा आकिन् ओ नानी 'भन्नुभयो। उनले पैसा लिइनन्। अव म चियानै खान्न है शुक भनेपछि लिऊलानी सर भन्दै आफ्नो काममा गइन् उनी। जाडो आयो म घर तिर लागे। खानापछि घरवेटी सुन वहादुरजीले दिनको मिटिङ्को कुरा उठाउनु भयो। हामीले कुरा गर्ने क़्रममा सुन वहादुरजीले साहुको चलाखीको बारेमा कुरा गर्नु भयो भन्नुभयो। सवै कुरा अरुबाट ओकल्यो, निर्णय पनि अरुबाट गरायो। त्यो मैले वुझेको थिएँ, मैले भने यस्तै गफमा समय विताएर हामी सुत्न गयौ। मलाई अहिले त्यो दिनको याद आउछ। मसँग क्यामरा थिएन त्यो गरीमामय स्कूलको मिटीङ्को फोटो राख्न पाइएन। केवल सम्झना मात्र रह्यो। त्यो सभामा करीव चालिस जना जति भद्रभलादमीहरु हुनुहुन्थ्यो होला। सवैको नाम लेख्न सम्भावना पनि भएन,कति भूले पनि। धेरै बर्षको अन्तरालमा कोरोनाको कारण वन्दि कोठामा वसेर लेख्तै छु। मसँग कुनै कागज पत्र पनि छैन। कुनै लेख्नै पर्ने कुरा छुटेको भये सम्झनेले झम्झाएमा म आभारी हुनेछु ।
क़्रमस:
5BB 144 cells mono 380w-400w
WSSA0010 5BB 144 cells mono 380w-400w