११ मंसिर, २०७७
समाचार सुरेश कोईराला।
शीतलपाटीन्युज डटकम।
चितवन । गैंडाकोट उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अमृत भट्टचनले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। शालिन भट्टचन एक शाहसी,आटिला तथा जोखिम उद्यमी हुन्। उद्यमी व्यवसायीको भट्टचनले चन्द्रप्रसाद ढकालको प्यानलबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका हुन्।
उनको उम्मेदवारीले चितवन तथा परासीका आम उद्यमीले इज्जत र प्रतिष्ठका साथ लिएका छन् । गैंडाकोट उद्योग वाणिज्य संघ स्थापना भएदेखि हालसम्म निरन्तर अध्यक्ष रहेका भट्टचनको उम्मेदवारीले चितवन र परासीका उद्यमीलाई उत्साहित बनाएका उनले बताए। ‘यदि म विजय भए भने साना उद्यमीदेखि सबैको समस्यालाई महासंघमार्फत समाधान गर्ने प्रर्यास गर्छु,’ उनले भने ‘उद्यम व्यवसायका क्रममा आफूले भोगको जस्तो अप्ठ्यारो अन्य उद्यमीलाई पर्न दिन्न्।
औद्योगिक शान्ति कायम गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने,संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सुदृढीकरण,श्रमिकको सीप विकास,विज्ञान प्र्रविधिमा आधारित अर्थतन्त्रको विकास तथा आर्थिक कुटनीतिमा समेत विशेष ध्यान दिने उनले बताए।
श्रोत :Suresh koirala
???????
Contra Angle Handpiece ???????????