Tuesday January 19, 2021

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

१४ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1105


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन्। उनले प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गरेका हुन् ।

ढकालले एसोसिएट संघबाट महासंघको राजनीति सुरु गरेका थिए। आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी छ। उनले पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन्। इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत रहेका ढकाल मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनी यसअघि एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

जिल्ला नगरतर्फ किशोरले ५३ र चन्द्रले ५२ मत मात्रै पाए पनि एशोसियट र वस्तुगतमा राम्रो मत नआउँदा किशोर पराजित भएका हुन् भने ढकाल सहजै जित हासिल गर्न सफल भएका हुन्। वस्तुगततर्फ ढकालले ५९ र किशोरले ३९ मत पाएका छन् भने एशोसियटमा ८९७ मतमध्ये चन्द्रले ५२२ र चन्द्रले ३७४ मत पाएका छन्। बाँकी मत बदर भएको छ ।
शनिवार अवेर भएको मतगणनामा एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन्।

कडा प्रतिस्प्रर्धाका बीच संघाईले प्रतिद्वन्द्वी किशोर प्रधान प्यानलका सौरभ ज्योतिलाई जम्मा २१ भोटले पराजय गरेका हुन्। कुल ९०३ मतदातामा जम्मा ८ सय ९० खसेकोमा ज्योतिले ४३४ मत पाउदा संघाईले ४५५ मत पाएका हुन् । विजयी संघाई चन्द्रप्रसाद ढकाल प्यानलका हुन् ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?