Friday January 22, 2021

बेलायतमा संचालित YBC Cleaning Company कोभिड-१९ परास्त्र गर्न सफल

१४ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1264


बेलायतमा संचालित YBC Cleaning Company कोभिड-१९ परास्त्र गर्न सफल

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। सन् १९९६ मा हेम्पसायरको अल्डरसटमा स्थापना भै ब्यापारिक छेत्रमा क्लिनिङको काम गर्दै आएको  Service Excellence Award प्राप्त YBC क्लिनिङ कम्पनिले कोभिड-१९ को पेन्डेमीक समयमा पनि कोभिड-१९ परास्त्र गर्न सफल भएको र आफ्नो ब्यवसाय फस्टाएको भन्दै समाचार प्राप्त भएको छ। हामी र हाम्रो स्टाफको कडा परिश्रम, इमान्दारिता र सजिलै उपलब्धताले कम्पनी पुरस्कृत भएको कुरा डाइरेक्टर योगेन छेत्रीले सामाजीक संजाल फेसबुकमा खुसी हुदै अनुभव शेयर गर्नु भएको छ।

 


डाइरेक्टर छेत्रीले - "We pride ourselves on our reliable and reputable cleaning, only ‘promising what we can deliver’, with over 85% of our clients are gained by recommendation.We, therefore, ensure absolute service delivery through a variety of cleaning solutions that combine experience, knowledge and capability whilst bringing to the fore pioneering innovative processes to ensure high and consistent standards at all times.We pride ourselves in delivering a bespoke service to our clients and continuously exceed client expectations. We add value to our service provision with innovation and adaptability, offering added value to clients at all spectrums of our service provision" भन्नुभएको छ।

 


‘विद्यालयहरुमा कोभिड १९ आउटव्रेक भएको समयमा सबैभन्दा चाँडो पुगेर डिसइन्फेक्ट गर्ने काम गरेको, युकेमा कहिँकतै कोभिड् आउटव्रेक देखियो भने सबैभन्दा छिटो पुगेर डिसइन्फेक्ट गर्ने गरेको,नयाँ इनोभेसन अनुसार ग्राहकको अपेक्षा भन्दा बढी सेवा दिने गरेको, सरसफाई गर्दा प्रयोग गरिने एन्टीसेप्टिक डिटरजेन्टको सहि प्रयोगले कोरोना महामारीबाट बच्न सहयोग पुगेको कुरा प्रष्ट पारिएको छ। तालिम प्राप्त कर्मचारीबाट उच्चस्तरीय सेवा दिएका कारण YBC Cleaning को सेवा इलाकामा नै अवल रहेको रहेको र २५%  ब्यवसाय फस्टाएको बताउनु भएको छ।  यो अवस्थामा हाम्रो मेनपावर ९०० स्टाफ पुगेको छ। यहा कार्यरत कम्पनीका डाइरेक्टरहरु र कर्मचारीहरुको ठूलो योगदान रहेकोले कम्पनी सफल छ। स्थानीयस्तरमा उत्कृष्ट रहेको कम्पनीले धेरै आरोह अवरोह पुरा गर्दै हरेक बर्ष पुरष्कृत रहदै आएको छ र हरेक बर्ष Service Excellence Award पाउदै आएको छ।

साथै आफ्नो अध्यछ्य कार्यकालमा एनआरएनए युकेकै ठूलो प्रोजेक्टको रुपमा म्याग्दीमा वृद्धाश्रम बनाएर सेवा गरेको र आफ्नो कार्यकालमा बनाएको वृद्धाश्रमले धेरै आमाबाबुलाई सजिलो भएको त्यहां बस्नुहुने आमा बाबाहरुको भनाई पाइएको छ। समाजसेवी क्षेत्रिले समाजसेवामा धेरै भुमिका निर्वाह गर्नु भएको छ। यसै कारण "दि इन्सपायर विजनेश अवार्डस्" अन्तर्गत उहाको कम्पनी वाइबीसी क्लिनिङले सर्भिस एक्सेलेन्स् अवार्ड पाएको हो। नर्थ ह्याम्पसायर क्षेत्रमा सञ्चालित विभिन्न व्यवसाय मध्येबाट उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीलाई विशेष समारोह बीच सो अवार्ड दिइन्छ।

संचालक डाइरेक्टर योगेन छेत्री पुर्व गोर्खा मात्र नभएर नेपाली अभियन्ता,बिदेसमा नेपाली समाजको बिकासमा चासो राख्ने  र नेपालको बिकासमा सहयोगी रही आउनु भएको छ। एनआरएन युकेका पुर्व अध्यक्ष, हाल संरक्षक रहनु भएका छेत्री कम्पनिमा धेरै नेपालीहरुलाई काम‌ दिएर नेपालीको बृति बिकासमा अगाडी रहनु भएको छ। सफल व्यवसायी एवम सामाजिक अभियन्ता छेत्रीले मिलेर समाज विकासको काममा लाग्न आब्हान समेत गर्नु भएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?