Tuesday January 19, 2021

बिश्व भरिबाट एनआरएनले भूमि फिर्ताको पक्षमा आवाज उठाउँदा सरकारलाई सहयोग : मन्त्री अर्याल

१५ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1440


बिश्व भरिबाट एनआरएनले भूमि फिर्ताको पक्षमा आवाज उठाउँदा सरकारलाई सहयोग : मन्त्री अर्याल

शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल र भारतबीचको सिमा विवाद समाधानका लागि गैरआवासी नेपाली संघ युकेले हिजो एक विशेष जुम उपस्थिति मार्फत पहल गरेको समाचार छ। संघले आयोजना गरेको एक जुम कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्यालले भारतले मिचेको भूमि फिर्ता लिन सरकारले पहल गर्दै रहेको बताउनु भएको छ।

गैरआवासीय नेपाली संघ युकेले आइतबार आयोजना गरेको नेपाल भारतबीचको सीमा "यर्थात र चुनौति" विषयक भर्चुअल अन्तरक्रियालाई प्रमुख अतिथि को आसनबाट सम्वोधन गर्दै मन्त्री अर्यालले नेपाल भारत बीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकु भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यता समेत रहेको सुनाउनु भएको छ।

सन् १८१६ को सुगौली सन्धिको आधारमा नेपाल भारत बीचको सीमा निर्धारण भएको बताउँदै उहाले कालापानी र सुस्तामा मुख्य विवाद रहेको बताउनु भयो। उहाले नेपाल भारतबीच भएका ऐतिहासीक दस्तावेजले ती क्षेत्र नेपालको भूभाग निर्धारण गरेपछि नापजाँच गर्न जाने क्रममा भारतको तर्फबाट अवरोध भएपछि विवाद सुरु भएको बताउनु भयो। उहाले सुस्ताको सीमा विवाद समाधान उन्मुख रहेको र दुई देशबीचको सहमति औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको बताउनु भयो।

उहाले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा ल्याउने काम मिचिएको जमिन जुनसुकै हालतमा फिर्ता लिन्छौ भन्ने दृढता व्यक्त गर्नु भयो। उहाले नेपालले आफ्नो भूमिलाई नक्सामा राखेपछि नेपाल र भारतबीच यो विषय पेचिलो हुदै सम्बन्धमा चिसोपन आएपछि करिब १ वर्ष दुई देशबीच संवादहिन भएको स्वीकार पनि गर्नु भयो। उहाले पछिल्लो समय नेपाल भारतबीच संवाद सुरु भएपछि दुई सीमा विवाद समस्या समधानको लागि निकै सकरात्मक रुपमा अघि बढेको बताउनुभयो।

सो कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेशर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भएको थियो।

प्राफेसर सुवेदीले भारतले नेपालको सिमा विवादलाई वार्ताद्वारा समाधान गर्न नचाहेमा अन्तराष्ट्रिय कानूनको सहारा लिन सकिने बताउनु भएको छ। उहाले नेपाल भारतबीचको सिमा विवाद वार्ताद्वारा समाधान नभए त्यसको विकल्पमा जान सकिने सुझाव नेपाल सरकारलाई दिएको पनि बताउनु भएको छ। उहाले भारत र नेपाल दुवै देश लोकतन्त्र र रुल अफ लमा विश्वास गर्ने भएको हुँदा नेपालले गुमाएको भूमि फिर्ता पाउनेमा आशावादी रहेको बताउनु भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले देशको सीमा सुरक्षाको लागि विदेशमा रहेका नेपालीहरु नेपाल सरकारसँग साथ रहेको बताउँदै भारतले मिचेको भूमि फिर्ता लिन विदेशमा हरेका नेपाली प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाले राष्ट्रियता एउटा भूगोलभित्र मात्र समित नहुने बताउँदै विश्वभर छरिएका नेपालीहरु नेपालको सीमा रक्षाको लागि तयार रहेको बताउदै उहाले भूमि फिर्ताको प्रकृया लामो यात्रा रहेको समेत बताउनु भएको थियो।

एनआरएनए युकेका पूर्वअध्यक्ष महेन्द्र कँडेलले नेपाल भारतबीचको सिमा विवादमा राजनीतिक दलहरुले चुनावी अजेण्डाको रुपमा लैजादा राष्ट्रियता कमजोर भएको बताउनुहुन्छ। उहाले सिमामा भएका समस्यालाई पहिचान गरेर प्रष्ट नीति बनाउन जरुरी रहेको पनि जनाउनु भएको छ।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजिना प्रधानले गरेको र धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुनिल खड्काले गर्नु भएको थियो।

प्रोफेशर सुवेदी सम्मानित:
सो अवसरमा गैरआवासीय नेपाली संघ युकेले प्रोफेशर डा सूर्य सुवेदीलाई सम्मान गरेको थियो । संघले विदेशमा बसेर सुवेदीले गैरआवासीय नेपाली अभियानमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेको हो। उहालाई मन्त्री अर्याल र संघका अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा सम्मान गरेको हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?