Tuesday January 19, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -१६

२४ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1697


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण -१६

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


१५ गते शनीवार वडा नँ ३ कोटगाऊको झारा थियो स्कूलमा। मेरो भने त्यो दिन मेश्रमको पवित्र भूमिमा  नै बित्यो। स्कूलको झारामा सम्मिलित  हुन सकिन। भोलिपल्ट आइतवार बिहान अलि छिटै स्कूल पुगे। ९ वजे नै काम सुरु भएको रहेछ। स्कूलमा पहिलो दिन काम अलि थोरै भएछ। हिजो काम कमै हो र वुध्दिजी? भन्ने सोध्दा हिजो भैँसीको माटो तान्ने छाला पनि कम भयो,माटो वोक्ने गाडा पनि पाईदै पाइएन।  काम गर्ने औजार पुगेन हेडसर। आज त सवै चिज तयार गरेको छु, हिजोको घाटा पूर्ति गर्ने हो भन्नुभयो। त्यो समयमा केशजी पनि हामीसँगै हुनु हुन्थ्यो ।हिजोको काम त आज पूर्ती गर्नु पर्यो नी  भन्नु भयो।वहाहरु काममा लाग्नुभयो,म स्कूल तिर लागे। त्यो दिन काम धेरै भयो, सवै श्रमदान गर्नेहरू ध्यानपूर्वक लाग्नु भयो, काममा पनि नशोचेको धेरै भयो।


१५ र १६ कोटगाउ, १७ र १८ माझगाऊ, १९ र २० क्याँगो,२१ र २२ आडभाई, २३ र २४ तल्लोगाउ,२५  र २६ बाहृघर र  डाडागाऊ,१२ दिनमा झाराको काम सकियो। ठाउ सफा भयो,दुई कोठा थप्ने ठाउ तयार भयो। त्यो रात अति आनन्दित रात भयो। यता स्कूलको भलिवल ग़ाउन्डमा पाल टास्नेको शङ्ख्या पनि दिनानुदिन वढ्दै थियो। स्कूल पछि पाल टाँसे बापत चन्दा उठाउने काम पनि भैरहेको थियो। त्यो समयमा मौषमले पनि साथ दियो। एक दिन अध्यक्ष अमर वहादुर र अमरसिँ स्कूल अफिस आउनु भयो। हाम्रो वीचमा स्कूलको कुरा कानी भयो। कक्षा १ मा फर्निचर पुगेन, कति त ढुङ्गामा लवु औछ्याएर वसेका थिए। मैले वहा दुबैलाई देखाएँ, त्यो कक्षाको दृश्य।अमरसिँ हिसावमा राम्रो मान्छे चन्दाको फाइल माग्नु भयो र हिसाव गर्नुभयो। पैसा त झन्डै चार हजारजति उठेछ। पैसा आऊने भनेको मार्च र अप्रिल हो। टुरीस्टको सिजन पनि  हो। तलवको हिसाव गर्यौ हामीले। वर्ष दिनमा दस हजारले हाइ स्कूलको खर्च धान्थ्यो।

 


अमरसिँले अमर वहादुर तिर हेर्दै भन्नु भयो, हेर कान्छा किम्मोङ् डाडापारी अलिकति पहिले नै काटेका काठहरु छन्। ती काठ फर्निचरको लागि काटेका हुन्। कस्ले ल्याउछ खै? झारा उठाई सकियो भन्नु भयो। शुक़वार म केटा लिएर गएर ल्याऊन सक्छु भने मैले। ठूला त काठ त छैनन् केटा मान्छ कि मान्दैन,अमरसिँजीले भन्नु भयो। वनाऊने डकर्मि पाइन्छ? भन्ने प्रश्नमा अमरसिँजीले काठ ल्याउन सके त किन नपाऊनु त्यै अस्तीको कामीले वनाई दिन्छ भन्नुभयो। तपाई शनीवारलाई कर्मी भन्नुहोस् म जसरी पनि ल्याउछु जङ्गलको काठ भने मैले। शुक़वार दुई पिरियड पछि कक्षा आठका केटाहरूलाई स्कूलको अवस्था वारे  सम्झाउदै भने, काठ कसरी ल्याउने होला जङ्गलबाट? क्षेत्रले भन्यो हुकुम दौ न सर त्यस्ता काठ त हामी ल्याई हाल्छौ। सवैको समर्थन भयो कक्षामा। म दुई पिरियड पछि ठूलो ठूलो विध्दार्थीहरु   लिएर किम्मोङ् डाडा गएँ। हामी किम्मोङ् डाडा जादा  वाहृघर कटेर अलि माथि भित्ताको वल विशाउने ठाऊमा पुगेका थियौ।

 


त्यहाँ दुईजना गोरीनीहरुले बोकेको झोला टेकाएर शिडिमा उभिएका रहेछन्। आहा कति ध्याँबय गोरा स्योमा मुना '( आहा कति राम्रा गोरीनीहरु) श्यामले भन्यो। घी घी योँस्याम कति छुइ'(एउटा एउटा पाए त कति रमाइलो हुन्थ्यो) हरी प्रशादले भन्यो ।प्र किम म्हिइ म्लोँग्या मिइ म्लोँ ग्य चमजम खोब नाइम(तिमी त मान्छे पनि कालो नाम पनि काले तिनीहरूले त मन पराउन त हैन) डिल प्रशादले भन्यो। सवै गललल हाँसे। रसिक केटाहरु बाटोमा रमाईलो गर्ने नै भए। म केही वोलिन। शत्रमान र राजेन्द्र अलि शाना थिए,म सगसगै  हिँडे। अरु हाँसो गर्दै अगाडि अगाडि थिए।शत्रमान,राजेन्द्रले उनीहरुको ठड्टाको अर्ध मलाइ  वताइ दिन्थे। तिनीहरुको पार्से कुरा मैले त बुझ्ने  कुरा भएन। हामी किम्रोँ डाँडामा पुग्यौ। एकछिन चिया पानी खाएर तल झर्यौ। काठ सानै थिए। ठूलो दुइ जनाले,सानो एउटैले वोक्यौ र माथि उकालो लाग्यौ। डाँडाको अलि तल तेर्पेतेर्पे बाट सिडि चढ्ने ठाऊमा  किम्रोँ डाँडाको चन्द्र तल जादै रहेछ मैले र राजेन्द्रले  एउटा काठ बोकेका थियौ। त्यो देखेर,आवुइ हेडसर  भनेर बाटो बाट छेउ लाग्यो। झ्याम्म अगाडि देख्ता तर्स्यो  केटा। चन्द्र अहिले तिमीले सम्झेका छौकि छैन। यो पढेर कमेन्ट लेख। हामी डाँडामा आयौ। त्यहा वल विसायौ। सूर्य घरमै रहेछ, हामी सवैलाई सूर्य र सूर्यको आमाले चिया र तरकारी  खान दिनुभयो तर पैसा लिनै मान्नु भएन। प्रेमले जामजाम् सर केही हुन्नभन्दै काठ उठाए बोक्न। ओरालोमा केटाहरू काठ बोकेर कुद्यो। एकैचोटि राजेन्द्र, हरी र  म सँग सगै आयौ। अगाडि आऊनेहरु काठ राखेर गै सकेछन्। अमरसिँजीले,मेरो मै राख काठ स्कूलमा पढाउँदा हल्ला हुन्छ,यही वनाउन लगाऊनु पर्ला  भनेकोले हामीले काठ त्यही राख्यौ। हरी,सत्र र राजेन्द्र घर गए। प्रेम आयो, लक्षिनलाई  काठ फाल्दा औलामा सानो चोट लाग्यो। देबराजको काँधमा छाला गएछ, हेडसर भन्यो। उसको वावाले केही भएको छैन सानो चोटपटक त भैहाल्छ नी काम गर्दा, पीर नलेल हेडसर भन्नुभयो। हामी दोकान घर तिर आयौ।

 

दोकानमा डिलमान,प्रेम वहादुर, खुशीमान, डम्मरसिँ, चक वहादुर,गोकुल वहादुर आदि नाँरे पा खाइराख्नु भएको रहेछ। डिलमानजीले हेडसर त बलियो पो रहेछ गाठे भन्नुभयो। प्रेम वहादुरजीले चुकुदे पा थुन् वो हेडसर भन्नुभयो। त्यही समयमा अघ्यक्ष अमर वहादुरजी पनि आई पुग्नुभयो। वहाँ काठको जानकारीको लागि आउनु भयको होला भन्ने आसय वुझेर काटेर राखेको काठ सबै आयो अध्यक्षजी भने। हामीले कफि खायौ। अमरसिँजीले सानो कक्षा १ को लागि डेस्कबेन्च बनाउन दिऊ है कान्छा भन्नुभयो। हुन्छ र हेडसर वावू भन्नुभयो अध्यक्षले। अहिलेलाई काम चल्छ हजुर भन्दै सबैसँग बिदा मागेर डाडाघर तिर लागे।

घरको आगनको डिलमा पुगेको थिएँ, घरवेटीजीले मैले काठ बोकेर आएको देख्नु भएको रहेछ। हेडसर त सक्ने मान्छे पो रहेछ  भन्नुभयो। हामी काठ भएको ठाऊमा पुग्यौ। केटाहरु फटाफट काठ उठाएर हिडि हाले। एउटा वाँकी रह्यो राजेन्द्रलाई एक्लै बोक्न कठिन भयो। दुईजनाले बोकेर आयौ। आज वेशरी थाक्नुभयो ? भन्ने प्रस्नमा मैले परिस्थिति अनुशार चल्न त सक्नु पर्योनी हजुर भने। यस्तै त्यो दिनको कुरा आगनकै डिलमा उभिएर गर्यौ हामीले। त्यो दिनको सुताई त अतिनै आनन्द दाई भयो। विहान फ्रेस मूढमा उठेँ। 'उठे पछि फ्रेस त भयो अलि काँध भने दुखेको रहेछ। आफूले लिएको लक्ष्य पुरा भए पछि मन रमाउदो रहेछ। रमाएको मनको अगाडि सानो तिनो दुखाई केही रहेन छ। यो मानविय गुण पनि हो।

भोलिको शनीवार नुहाउने कपडा धुने गरेर कर्मि भएको ठाउ अमरसिँको घरमा गए। काठमा रन्डा लाउने छेड्ने काम भैरहेको रहेछ, हेरेरै वसेँ। केही समय पछि अमरसिँ र अमर वहादुर पनि आउनुभयो। सवै काठ आयो सर भनी शोध्नु भयो अमर वहादुरजीले। हो हजुर सबै आयो, अमरसिँ पनि आउनु भयो। हामी घाम ताप्तै कुरा गर्यौ।
आइतवार स्कूलको प्रार्थनामा मैले लक्षिनको औलो र देव वहादुरको काध हेरेँ। दुखेको छ र भनेको त, क़श गरेर क्षेत्रले भन्यो, यस्ताले त हामीलाई ठाईले पनि  पाउदैन सर भनिदियो। उनीहरु दुवैले दुःखेको छैन सर भने। प्रार्थना पछि म कक्षामा थिए। बाहिर क्षेत्रीय अध्यक्ष मीन वहादुर, प्रधानपन्च वखत मान, चक वहादुर, रूद्रवहादुर, कुशम लामा, जिम्मुवाल,आश वहादुर आएर गफ गरी रहेका रहेछन। कक्षा सकेर वाहिर आएर भित्र वशौ कि भनेको तिमी नै वाहिर आउ भन्नुभयो सबैले। अनायास वहाहरु किन आउनु भयो मलाई थाहा भएन। काठ कति छ, खोइ कहा राख्यौ तः भन्ने  कुरा चल्यो त्यहा, मैले अमरसिँ कहां राखियो,  यहा काम गर्दा कक्षामा डिस्टप पनि हुने।अहिले कर्मिहरु उही वनाउदै छन् भने। काठ काँचो छ होला, काँचो काठको फर्निचर काम लाग्दैन भन्नुभयो  प्रधान पन्चजीले। त्यति काचो पनि छैन खाँचो भयो  भने मैले प्रधानपन्चजीलाई। त्यसै बीचमा चन्दा कस्तो उठेको छ सर भनी रुद्रवहादुरजीले  सोध्नुभयो। चार हजार जति होला भन्दै हिजो उपप्रधानले जोड्नु भएको थियो  भने। वुढालाई हिसाव त भन्नै पर्दैन मीन वहादुरजीले भन्नुभयो। भ्याकुते झोला छोड्ने हैन  स्कूलको नि पन्चायतको पनि हिसाव गरी रहन्छ वुढा   रुद्रवहादुरले भन्नुभयो। वहाहरु घाम ताप्तै स्कूल आउनु भएको रहेछ। एकछिन पछि केही समस्या छ कि हेडसर भन्दै मीन वहादुरलजीले हिड है वुढा हो भनेर सवैलाई लिएर जानुभयो। वुढाहरु जिम्वालको घरमा वसेको थाहा पाए मैले। खेलवाढ होला भन्ठानेर  स्कुल पछि त्यता नपसि गए सरा सर घर।

एक हप्ता भित्र फर्निचर पनि पुरा भयो। अर्को वर्ष कोठा वनाऊने ठाउ पनि तयार भयो। कक्षा पनि शुचारु रुपमा चल्यो। तलवको श्रोत पनि भेटियो। त्यो कालखण्डमा हेडमास्टरको तलव रु ६५० महिनाको थियो। अव कक्षा आठको लागि कुनै समस्या भएन।डोनेसनले नै चल्दछ। माघ गयो, फागुन गयो, चैत्र जान लाग्यो। मेरो नियुक्तिको समर्थन आएन। मेरो वारेमा राम्रो जानकारी पाएको जिल्ला शिक्षा अधिकारी सरुवा हुनु भएछ। नयाँ नन्दकिसोर श्रेस्ठ भन्ने जिशिअ भएर आउनु भएको रहेछ। वहाँ सँगसँगै तालिम गरेको कास्किको एकजना शिक्षक जिल्लामा काम गर्नु भएको रहेछ। वहाँले जिल्लान्तर सरूवा मागेर मेरो नियुक्ति रोकिएको रहेछ। वहाँको घान्द्रुकमा लामो समय काम गर्ने लक्ष्य पनि रहेनछ। जिल्लामा आए पछि सर्न सजिलो हुन्छ भनेर। जिशिअलाई रोक्न लगाईएको रहेछ। जिल्लाका पन्चहरुलाई पनि लगाएको थाहा पाए मैले। मैले सोचेँ म काम गर्दै जान्छु, सरुवा भए होला। पोखरामा चाकरी गर्न गईन काम गरेरै वसेँ। यति सम्म पावर तेर्साएको थाहा पाए मैले घान्द्रुकको समितीमा पनि   कुरो पुर्याएको रहेछ। जयराम गिरी भएको भए वहाको अगाडि कोही आउ सक्ने थिएन। वहाँले मरो काम सवै थाहा थियो। नयालाई थाहा भएन  टाठावाठाले झिली मिली गरी दिए। त्यो समयमा कुनै फोन थिएन, चिठीबाट थाहा पाउने हो। पोखराबाट दिनौ भारी वोकेर आऊनेहरु हुन्थे। उनीहरूसँग सम्पर्क राखेर चिठी आदान प्रदान गरिन्थ्यो। एकजना चामलको भारी वोकेर आऊने कस्केली वाहुनले के भने भने तपाई त चन्द्रकोट जादै हुनुहुन्छ। यहा त अर्कै आउने रे। हामीले पोखरामा थाहा पाएको भने,यस्तै चल्दै गयो। मैले समितीलाई पनि भनिन। काम गर्दै जान्छु समयले जे नै गर्ला। चाकरी गरेको भए म पोखरामै हाइ स्कूलमा पाउथे होला भन्ने पनि सोच आयो। किर्तीपुरमा एक वर्षे विएड पछि वहीको ल्याब हाइस्कूलमा वसभन्दा वसिन, अहिले यहाँ,यहाँ बाट कहाँ। यस्ता प्रस्नहरु उव्जी रहे मनमा। शिक्षाका केही कर्मचारीहरुलाई मेरो बारेमा थाहा रहेछ। पहिलाको सबै विवरण हटाई दिएछन्। त्यो कुरा पछि थाहा पाए मैले। तैपनि जिशिअ यता न उता वनाए छन् अन्तमा मेरो  कामको हुली पाएछन् जिशिअले नियुक्ति समर्थन भएछ। नियुक्ति हुलाकबाट आउदै थियो, मैले साथीबाट खवर पहिले नै पाएँ। मान्छेले आफ्नो स्वार्थमा अर्काको  अधिकारको हनन गर्छन्। मलाई मेश्रम वराह देवताले काम गर्ने मौका दिए। त्यो कालखड्डमा जिल्लाका हाइस्कूलका हेडसरहरुको महिनामा एकपटक शिक्षा कार्यालयमा मिटिङ् हुन्थ्यो। म मिटिङ्गमा जादा  मिटिङ् पछि जिशिअले मेरो नियुक्तिको वारेमा भएको सवै कुरा भन्नु भयको थियो।
क़्रमस:




मतहरू

Automatic Liquid Soap Dispenser

?????? Automatic Liquid Soap Dispenser

Cuffed Pants

???????????? Cuffed Pants


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?