Tuesday January 19, 2021

जानकी पन्तको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

२५ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1487


जानकी पन्तको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरिएको हो।

 


विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन पछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाईटीको अन्तराष्ट्रिय संयोजक नायक तथा निर्माता नबराज श्रेष्ठले गराउनु भएको छ।

 


जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बिक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुद राज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिब मधु सुदन थापा मगर, सह-सचिब गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम, ध्रुव दत्त,सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन्। सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ रहनु भएको छ।

युके शाखा गठन भए संगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकबद्ध गराउंदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नबनियुक्त अध्यक्ष जानकी पन्तले बताउनु भएको छ।




मतहरू

chask

use cialis tab how to order cialis from canada brand named viagra in canada Anere mailk


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?