Friday January 22, 2021

गल्ती मेरै भो साथमा, सिन्दुर लईन भनेर गईन्: अनुभुती गजल

२७ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1435


गल्ती मेरै भो साथमा, सिन्दुर लईन भनेर गईन्: अनुभुती गजल

रेशम रचक, पोखरा।

 


लाखौं प्रयास गरें तर, सफल भईन भनेर गईन्।
एक मुठ्ठी सास रहेसम्म, भुल्ने छैन भनेर गईन्।।
 
बाबाआमाको प्रस्तावलाई, स्वीकार्न बाध्य भएँ।
बिन्ती माफ गर धोका, दिएको हैन भनेर गईन्।।
 
जिन्दगीभर एउटै पश्चाताप, रहने भो आफैप्रति।
जुनदिन भागम भन्थ्यौ, तर म गईन भनेर गईन्।।
 
आत्मघाती निर्णय लिएको, दिन देखि सधैंलाई।
खोसिएको छ मेरो हर्ष, उमंग र चैन भनेर गईन्।।
 
भेट्दा सधैं भन्ने गर्थ्यौ, सिउँदो भर्ने दिन जूराऊ।
गल्ती मेरै भो साथमा, सिन्दुर लईन भनेर गईन्।।
 
सोच्छौ होला स्वार्थी रैछे, अनेकौं बहाना बनाई।
मैलाई था'छ कति पिडा, सहें सहिन भनेर गईन्।।

जुनीजुनी संगै जिउने, बाचा कसम खेर गए'सि।
हाम्रो प्रेम कहानी पनि, सुखद रहेन भनेर गईन्।।
अनेकौं कोशिस गरें तर, तिम्रो भईन भनेर गईन्।।
                        
#लगनको_महिना_बिशेष

  




मतहरू

chask

viagra at low prices buy cialis 20mg uk viagra sin receta farmacias andorra Anere mailk

https://viagliv.com/

what is cialis tadalafil review viagra jelly cialis professional compared to cialis Anere mailk


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?