Tuesday January 19, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण - १७

२९ मंसिर, २०७७ शीतलपाटीन्युज डटकम। 1382


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण - १७

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


धर्मको रक्षा गरियो भने धर्मले व्यक्तिको रक्षा गर्दछ। उदाहरणका लागि सत्य धर्म हो। सत्यको प्रतिष्ठा जीबनमा गर्न सक्नु पर्छ, सत्यको प्रतिष्ठा गर्नेलाई  असत्यको तर्फबाट  लज्जित हुनुपर्दैन भने जस्तै  मेरो नियुक्ति रोक्नेले रोक्न सकेन। 'नियुक्ति समर्थन भएर आयो, मेश्रम वराह दाहिना भए।

 


कक्षा आठ  चलाउनकोलागि पूर्वाधारहरू तयार भैसकेको थियो। कक्षा एकको नपुग डेस्कवेन्च पनि  तयार भयो। चैत्रको आधाआधीमा समितिको मिटिङ् वोलाएँ। समितिको मिटिङ्ममा प्रधान,उपप्रधान,क्षेत्रीय अध्यक्ष सहित वोलाएँ। त्यो समयमा घान्द्रुकमा यस्तो चलन वन्यो कि हरेक भद्रभलादमीहरुले आफ्ना छरछिमेकिहरु यदि फुँसद भएमा मिटिङ्ममा लिएर आउनें चलन भैसकेको थियो। यसकारण मानिसहरु धेरै नै आउनु भयो। सबै आई सकेपछि मैले मिटिङ् उठाएँ। मिटिङ्को सुरुमै तिम्रो नियुक्ति ल्याउ त हेड सर भन्नुभयो टेकवहादुरजीले। मैले नियुक्ति पत्र दिएँ, वहाँले पढेर सबैलाइ सुनाउन भयो।' तमरे  हेडसर   ङ्ह्युँइ तै (वल्ल हेडसर हाम्रो भयो) प्रेमवहादुरजीले हाँस्तै भन्नु भयो, चन्दा उठ्तै छ कि ? भन्ने प्रस्न  सिँगराजजीबाट आयो। अमरसिँ तिर फर्कदै हिजो मात्र वहाँले चन्दाको हिसाव गर्नु भएको थियो भने मैले। अमरसिँजीले चारहजार जति उठीसकेको छ  भन्नुभयो।  यस्तै रीतले उठेमा तलवभत्ता र एउटा कोठा थप्ने पैसा उठ्छकि भन्नुभयो चक वहादुरजीले। त्यो कालखण्डमा हेडसरको तलव रु ६५० मात्र थियो। एक वर्षको लागि तलवभत्ता दशहजारले पुग्ला हेडसर? भनि टेकवहादुरजीले सोध्नु भयो। पिएनको तलव १५० छ,किन नपुग्ने,पुग्छ, टेकवहादुरजीलाइ मैले भने। अर्को वर्षको कक्षा ९ को लागि समिक्षा गर्यो हामीले। कक्षा ९ चलेपछि विषय शिक्षक धेरै चाहिन्छ वुढाहो,'त्यो वेलामा खर्च कस्तो आउला? भन्ने कथन मीनवहादुरजीको थियो। जे पर्ला त्यै व्यहोरौला वावू भन्ने भनाई कृष्णलालबाट आयो। छिटै स्थाइ तिर सोच्नुपर्यो कागी अध्यक्षले भन्नुभयो। यसै बीचमा रामेश्वरले एकजना मानिस लिएर आए। सवैको ध्यान ती नवआगन्तुक मानिस तिर खिचीयो। मानीस पनी अति सुन्दर शरीरका मिठो वोलि वचन भएका भेषभूषा त्यस्तै सेतो कमिज सेतोधोती सेतोस्वीटर होसेतो उनीको टोपी (मङ्की क्याप्प) लगाएका सेता राम्रो जुत्ता मोजा लगाएका साच्चैका विद्वान मानिसको रुपमा देखिए। कुरा गर्दै जादा उनको वोली उनका शव्द विन्यास भाषा अति आकर्षित थिए। उनले आफूलाई साईभक्त हुँ भन्ने  परीचय दिदै ध्यान गर्ने  ठाउ खोज्दै आएको कुरा गरे। कसरी यहा आउनुभयो भन्ने प्रस्नमा उनले  हिमालयको आडमा  मेश्रम वराह भगवानको उद्गमस्थान छ त्यहाँको जङ्गलमा  ध्यान गर्न उत्तम  हुन्छ भन्ने सुनेर आएको हुँ भन्नुभयो। सवै सभामा वसेकाहरु मुखामुख भए।

 


राजनिती कुरा निकाल्नु भयो मीन वहादुरजीले। वहाँले त्यसमा चाख देखाउन भएन। साहित्यकारहरूको कुरा उठाएको मैले 'वहाँले लक्ष्मी प्रसाद देवकोटाको चारू कवितालाई लिएर अङ्गेँजी कवि  विलीयम वर सोर्थको लुसीगेँ कवितालाई दाँजेर व्याख्या गर्दिनु भयो। धार्मिक कुरा उठाउन भयो मीन वहादुरजीले,गीताको रहस्य  वताई दिनुभयो। मैले अहिलेसम्म पनि यस्तो ३० वर्ष भित्रको  विद्वान मानिस भेटेकै छैन। धेरै समय कुराकानि पछि भलादमीहरुबाट उहाँलाई मेश्रम वराहको उत्पति भएको ठाउ देखि तल जङ्गलमा वस्ने वासस्थान वनाऊने सल्लाह भयो‌ त्यो कालखण्डका त्यहाँका सवै भद्रभलादमीहरु अतिथिलाई सम्मान   गर्ने धार्मिक मानिसको सेवा गर्ने खालका भेटे मैले। अन्तमा भोलि गुरुलाई लिएर जङ्गल जाने  सल्लाहभयो। त्यो सभामा केश वहादुर पनि हुनु हुन्थ्यो। को को जाने भन्ने  प्रस्नमा मीनवहादुर केशवहादुर, चीज वहादुर, टेक वहादुर, सिँगराज चन्द्रवहादुर, सुन वहादुर जाने कुरा भयो। गुरुलाई मीन वहादुरजीले आफ्नो घरमा लिएर जानु भयो सभा उठ्यो। वेलुका सुते पछि मेरो मनमा दिनको सभाको दृश्य आयो। घान्द्रुकका गुरुङले वाहुनलाई गन्दैन भन्ने सुनेको थिएँ, मैले आज ती वाहुनलाई यत्रो सम्मान भयो? विद्वान भएर 'धार्मिक भएर' राम्रो मिजासीलो भएर 'साहीराम धर्म मानेर? सवै हो सवै हैन। गुणी गुणम् व्यक्ति न व्यक्ति निर्गुण भने जस्तै गुणिले मात्र  गुणीको गुण चिन्दछ, निर्गुणीले गुणीको गुण चिन्नु सक्तैन 'भने जस्तै त्यो कालखण्डका भद्रभलामिहरु गुणी थिए, गुणीको गुण चिन्नसक्ने क्षमावान् थिए, ज्ञानी थिए। धर्म देखि डराऊथे धर्ममा आस्था थियो। आफ्ना धर्म गुरुङ्हरु लामा मान्थे,धार्मिक मान्छेलाई सम्मान गर्थे भन्ने कुरा त्यो सभाबाट राम्रो अध्ययन गरें मैले।


भोलिपल्ट म स्कूल सकेर घर गएको थिए। घरवेटी  गुरुको वस्ने ठाउ हेरे आई सक्नु भएको रहेछ। कहाँ कस्तो ठाऊको निर्णय गर्नु भयो,गुरु पनि जानु भयो कि? भन्ने मेरो प्रस्नमा वहाँले गुरु किन नजाने, वहाँ आफै वस्ने ठाउ त हेर्न पर्योनी भन्दै धेरै ठाउ हेर्नु भए छ, कच्चु 'नाबीँ थिइन डाडा' त्यही त्यही एरीयामा  हेरीयो भन्नुभयो। मैले अलि जोक जस्तै गरी शोधे, मेसर ल्होँ सम्म पनि पुग्नु भयो कि? त्यो एक दिनको वाटो गएर अहिल्यै आइन्छ भन्ने प्रति प्रस्न गर्नु भयो मलाई? तै पनि धेरैनै जानु भयो कि भने र। कहाँ निर्णय गर्नु भयो त? भन्ने प्रस्नमा वहाँले 'नाबीँ थिइब डाँडाको तल देव्रेपट्टि एउटा खोल्साको नजिक लालि गुराँसको झाडि भएको ठाऊमा निर्णय गरीयो भन्नुभयो।  त्यो ठाउ अहिले मेजर ज्ञान वहादुर र केश वहादुरका जेठा छोरा मेजर रुप वहादुरको नेतृत्वमा सारा घान्द्रुकको सहयोगमा मेश्रमको मन्दिर  वनाइएको छ। म त्यो नवनिर्मित मन्दिरको दर्शन गर्न २०७५ सालमा गएको थिए। त्यसैको वगलमा गुरुको कटेरो वनाइएको थियो। गुरु पनि त्यती धेरै हिड्न सक्नु भयो त? भन्ने प्रस्नमा, कहा हामी भन्दा धेरै हिड्नु हुदो रहेछ भन्नुभयो। योगी महात्माहरु धेरै योग  ध्यान प्राणायम व्यायाम गर्छन्।  साप्तीक आहारा खान्छन्, अनुशासनमा रहन्छन्, त्यसो भएर राम्रा र फुर्तिला हुन्छन्नी हजुर भने मैलै। यस्तै यस्तै धार्मिक गफमा हामिले वेलुकाको समय वितायौ। गुरु ४,५ दिन मिन वहादुरको घरमा वस्नु भयो। पछि कटेरो वने पछि त्यही वस्न जानुभयो। गुरुलाई खान वस्न सवै व्यवस्था भलाद्मीहरुले गरीदिनु भएको थियो। शुक़वारका दिन म स्कूल सकेर पन्चे निक्लेको थिए । मिन वहादुर सहित केही मानिसहरू चिया खादै हुनु रहेछ। मलाई चिया खाम भन्नुभयो हामी चिया खादै गुरुको वारेमा कुरा गर्यौ। मीव वहादुरले सोध्नुभयो, तिमीले गुरू भेट्यौ ? मैले कतिखेर भेट्ने हजुर,  एउटा शनिवारको छुट्टिमा के के हुन्छ हुन्छ। भेटेकै छैन भोलिलाई विचार गरेको छु  मीन वहादुरजी भने, कोटगाउतिर आउनु जाऊला भन्नु भयो। म शनिवार. ११ वजेतिर कोटगाउ गए। टेक वहादुर त्यहा आइ सक्नु भएको रहेछ। हामी ३ जना भएर उकालो चढ्यौ।

स्यौलाले वारेको खरले छापेको लिपपोत राम्रो   गरेको आगोको अगेनो पनि सजिलो वनाएको   प्राकृतिक वसाइ राम्रो लाग्यो मलाई। गुरू र मीन वहादुर लामो कुरा गर्नुभयो,हामी सुनेर वस्यौ। बाघ आयो कि आएन भनेको म ट्वाइलेट वस्दा आयो हेर्यौ  हेर्यो गयो भन्नु भयो। केही समय कुरा गरेपछि हामी हिड्यौ। तिमी समय मिलाएर आउ है भन्नुभयो गुरुले  मलाई। म विदाको दिन आउ छु भने। अर्कै शनीवार  म एक्लै गए। गुरुले खाना पकाऊदै हुनुहुदो रहेछ।
त्यतिखेर १२ वजेको थियो, खाना खानुभयो। किन यतिखेर गुरु भन्ने प्रस्नमा गुरूले चारवजे उठेँ। आफ्नो  विहानको कर्म सके, अनि योगमा वसे। योग पछि  ध्यानमा वसेको ११ वजे छ। योग वन्द गरे र खाना वनाउन लागेको सर भन्नुभयो।  वहाँसँग भागवत गीता 'मनुष्मृती ' विवेकमा नन्दको  जीवनी, गान्धीका  पुस्तकहरू धेरै रहेछन्। साही वावाका पुस्तक भने अलगै रहेछन्  धेरै। कतिपय पुस्तक अङ्गेँजी भाषामा पनि रहेछन्। मैले कति हो र गुरु अध्ययन भनेको एमएस्सी हो भन्नु भयो। धेरै समयपछि म फर्कन लाग्दा मेरो पन्चेमा चिठी आएमा ल्याई दिनु हेडसर भन्नुभयो। खानाको सरसामान के कसो छ भन्ने प्रस्नमा जति भने पनिछ यहाका मानिसले पठाएका छन् भन्नुभयो।‌ म शनीवार योगीसँग समय विताएर फर्के। विज्ञान विषयमा मास्टर गरेको मान्छे यस्तो जङ्गलमा किन वस्न आए यिनी भन्ने प्रस्न मेरो मनमा वारम्वार आइनै रह्यो। सही उत्तर पाउन सकिन। साइवावा त्यस्तो चमत्कारी हुन् त भन्ने पनि शोचेँ। साथिहरु वावाको विभूति भन्छन्। वाटोमा हिँड्दै गर्दा लालिगुराँसको दृस्यले मेरो आँखा लोभ्यायो। एक छिन चौरमा फूल हेरेरै विताए। सायद वसन्त श्रृतुको  समय भयेर पनि म वढी प्रभावित भएको हुनुपर्छ। प्रकृतिले आँफूलाइ वदलि रहेको थियो निरन्तर।

हरेक नविनतालाई ठाउ दिइरहेछ। वसन्त  ऋतुको  यो उल्लास हाम्रो साहित्यमा धेरै अघिदेखि एक अङ्ग भएर आएको कुरा हामीलाई थाहा भएकै हो। वनस्पति, खोलानाला, चराचुरुङ्गी, दैनिक दिनचर्या र लोकपद्दति समयका निरन्तर प्रति छाया हुन्। यो प्रकृतिको स्वरुप समय अनुशार वदलि रहन्छ । वसन्तको चरीत्र पनि त्यही गतिको एक उत्कर्ष कम्पन र प्रवाह हो। साहित्यकारहरू बसन्तको काखमा बस्न, सुत्न,मडारिन, गाउन,वजाउन अति रुचाउँछन्। बसन्तको खोकिला भित्र बस्ने व्यक्तिको स्वर पनि सुरीलो हुन्छ। त्यसै भएर होला हाम्रा केटाकेटीहरु  यस्तो सुन्दर प्रकृतिको काखमा मडारिएको हुदा   स्वर पनि सुरीलो भएको। बासन्तिक मौषम खोज्दै जाँदा सौन्दर्य 'शिल्प' सुवासका शृङ्खला भेटिन्छन्।
जीवनभित्र लुकेको भित्री सुकोमल भाव विशिष्टता र विनम्रताका स्वर वसन्त ऋतुको आगमनले ऊजागर गर्दछ। सँसारलाई रचनात्मक दृष्टिले हेर्न सक्ने क्षमताको उद्‍घाटनको निम्ति एउटा उदाहरण हो यो समय। सस्कृत महाकवि कालिदास देखि अहिलेका कविहरुसम्मले वसन्तको मनग्य वर्णन आफ्नो लेख र पुस्तकहरूमा गरेका छन्।

नेपाली  साहित्यमा  वसन्तको  वर्णन गर्ने कविहरु  धेरै छन्। ती कविहरूले वसन्तको नाली वेली बढो दिल खोलेर लेखेको पाइन्छ। अत : वसन्त ऋतुको भावात्मक स्पर्श नेपाली साहित्यमा झन धेरै परेको अनुभूति हुन्छ। महाकवि लक्ष्मी प्रसाद देवकोटा,कवि शिरोमणि' लेखनाथ पौड्याल, नाटककार वालकृष्ण समले वसन्तको सवै चरीत्र रेखाङ्कन गरेका छन्।बिश्वेश्वर प्रशाद कोइराला,दौलत विक़म विष्ट र पारीजातले वसन्तका झिल्काझिल्कि आफ्ना उपन्यासमा लेखेको पाइन्छ। धेरैले जीवनका हरेक वसन्तमा कलम कुदाएको पाइन्छ। मलाइ यहा एक्लै वस्ता पनि आनन्दै आएर उठ्न सकेकै छैन। यसैले म यस समयलाई समयको उज्यालो पाटो भन्छु। आज भन्दा पहिला पूर्ण नङ्न रुख वृक्ष देख्ता उराठ लागेको थियो। जव वसन्त आयो रूख वृक्षको नङ्नपन हट्यो, पालुवा पलायो,वनस्पतिमा  फूल फुल्यो, बासन्तिक कृयाकलापले उराठिलो मनलाई आशाका फूल उमारीयो। यस्तो वसन्तको शौन्दर्यले  घान्द्रुक धपक्कै वोलेको देख्ता गुरु जस्तो विद्धान मान्छे किन नरमाउन्? भन्ने शोच आयो मनमा। म गुरू जस्तो योगी त हैन?  एकलै चौरमा वसेर मात्रा  त खान आउदैन। काम त गर्नै पर्यो, म त कर्मयोगी हो।कर्मयोगीले काम गर्नु पर्छ। यस्तो शोच्दै उठेर घरतिर लागे।
क़्रमस:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?