Tuesday January 19, 2021

दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस र कविता प्रतियोगिता

१ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1648


दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस र कविता प्रतियोगिता

सुधा गुरुङ, लण्डन।

बेलायत। राधा पौडेल फाउन्डेशनले दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस देशभरी विभिन्न कार्यक्रम गरी भब्यताको साथ मनाएको छ। जस्तो मर्यादित महिनावारीबारे जनचेतनामूलक वर्कशप, अन्तर्क्रिया,सफा र स्वस्थ घरेलु प्याड तालिम आदिका साथै कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो।

 


प्रतियोगितामा नेपालभरिबाट Dignified Menstruation UK Chapter बाट पनि सहभागिता जनाइएको थियो। प्रतियोगितामा बेलायतबाट चारजना कवियत्रीहरुले सहभागिता जनाएकोमा दुई कविता प्रथम र द्वितीय स्थान ओगट्न सफल भएका छन्।

प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ।
१-सारादेवी गुरुङ (बेलायत) – प्रथम
२-माया गुरुङ (बेलायत)- द्वितीय
३-राधा कोइराला, अंग्रेजीमा (बिराटनगर, नेपाल)- तृतीय
४-कृष्ण ओली (बाजुरा, नेपाल)- तृतीय

राधा पौडेल फाउन्डेशनले २०७७ असोज ९ मा “महिनावारीको कुरा मर्यादा केन्द्रित भए मात्रै हुन्छ पूरा” भन्ने शीर्षकमा कविता तथा गजलको प्रतियोगिता आह्वान गरेको हो। प्रतियोगिता सेल्फ भिडियो रेकर्डको माध्यमबाट गरिएको थियो। प्रतियोगितामा मंसिर १५ सम्म २४ वटा कविता तथा गजल प्राप्त भएका थिए। विषयवस्तु, प्रस्तुतीकरण र कार्यक्रमको मापदण्डका आधारमा कविताहरु छनौट गरिएको फाउन्डेशनले जनाएको छ।

२४ वटा कविताबाट पहिलो चरणमा १२ वटा गजल तथा कविता छानिएको थियो । त्यसपछि तीन जना निर्णायकहरु राधा पौडेल, प्रतिमा केसी र सौरव ओलीले ३०-३०-३० नम्बरको पूर्णांकमा गरेको मूल्यांकन र युट्युव भ्युजको १० नम्बरको अन्तिम मूल्यांकनबाट सहभागीहरुलाई विजेता घोषित गरिएको थियो।

मर्यादित महिनावारी अभियानलाई साथ दिने सम्पूर्ण विजयी एवम् सहभागि कवि कवियत्रीहरुलाई राधा पौडेल फाउन्डेशन हार्दिक बधाई ज्ञापन गर्दै भविष्य सहभागिताको पनि अपेक्षा गरेको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविताहरु :-

 


प्रथम कविता:-
सृष्टिको फूल रजस्वला
@@@@@@@@@@@
जन्म लिनु हामी एउटा सृष्टिको खेल हो
छोरी बनि जन्मनु भाग्य संयोगको मेल हो।
कसैले पुज्छन् कन्या देबीको रूप सम्झेर
कतै पुज्छन् सरस्वती, लक्ष्मी माता भनेर।
यहाँ गरिन्छ मात्रकुरा गरिदैन ब्यबहारमा पूरा
भेदभावको कसी बारे बुझ्नु छ सबैले कुरा ।
हिजो छोरीपुज्ने कन्या थिइ आज किशोरी बनिन्
समयको गति संगसगै शारीरिक रूपरेखा फेरिन्।
आयो जीवन भित्र सृष्टि फूल्दै रातो रङ्गमा
सृष्टिरुपी सुन्दर फूल, फूल्दछ तब तरङ्गमा।
जसरी धर्तीले छातीमाथि संसार थाम्न सक्छिन
त्यसरी मानव सृष्टि थाम्न छोरी अघि बढ्छिन्।
हुन्छन यहाँ समाजको जमात अन्धोपनमा
त्यसैले सृष्टिब्यथा बुझ्ने पाईदैन मनमा।
यदि यहाँ छोरीले सृष्टि न रचे यसरी
तिम्रो जन्म फेरी हुन्थ्यो यहाँ कसरी।
जन्मनु छोरी बनी सृष्टिको रुप लिनु हो
बनी आमा यहाँ कसैको जीवन दिनु हो।
सत्य के हो नबुझि यहाँ घृणा मान्न थाल्छन
सृष्टि थाम्न फूल्न खोज्दा अछुत भनी मान्छन।
छैन ज्ञान सोँचको कमी कस्तो भेदभाव
हटाउँ सबै मिलि कुसँस्कार यस्तो प्रभाव।
घृणा होइन रजस्वला नारी शुद्धता हो
यसमा भेदभाव गर्नु हाम्रो मुर्खता हो।
घृणा होइन रजस्वला जीवन अभिसार हो
रुढिवादी सोँच राख्नु नै यहाँ धिक्कार हो।
*****************
श्रीमती सारादेवी गुरुङ
चित्रे, पर्वत, हाल : लण्डन, बेलायत
 

 


द्वितीय कविता:-
छाउपडी निर्मूल गरौँ
@@@@@@@@@@
छोराको जन्म हुन्छ जसरी
उसरी नै हुन्छ छोरीको
गर्दछ कर्म उसै गरी
खुशी दिन्छ मन भरिको
फुल्छ ईन्द्रकमल सरि
सुहाएर परिवारमा
सुन्दर पार्दै घर पनि
हुर्किन्छ आँगनमा
प्रकृतिको रचना हो
छोरीमा हुनै पर्ने यो
उमेर पुगी शरीरको
हुने परिवर्तन यो
महिनावारी भयो भनी
वार्न गोठमा पठाउँछन्
सँस्कार मान्ने हो भनी
छाउपडीमा राखिदिन्छन्
छाउपडीमा उनलाई
डर र त्रास लाग्दो हो
चिसोमा जाडो गर्मीमा पसीना
भोक प्यास लाग्दो हो
त्यतिमात्र कहाँ हो र ?
हुन्छ दुर्घटना बारम्बार
कुनै चेली हुन्छ बलत्कार
कुनैले त्याग्छ यो संसार
शरीर सफा सुग्घर राख्न
शरीरले गर्ने प्रकृया यो
बुझेर पनि अबुझ बनी
यातना दिने किन हो
फुल्ने फल्ने शरीर यो
शरीर सफा राख्न हो
मल मुत्र त्यागे सरि त्यो
फोहोर मैला त्याग्न हो
कुप्रथा हो जान्नू सबले
नझुक्नू तिमी फगत
एक भई हटाऔँ सबले
सभ्य बनाऔँ जगत
कुसँस्कार हटाएर
मानव धर्म पालन गरौँ
जनचेतना जगाएर
मानवताको रक्षा गरौँ
सभ्य समाज बनाऔँ
छाउप्रथा निर्मूल गरौँ
नबुझ्नेले बुझौँ अब
सबै मिली विरोध गरौँ
*****************
माया गुरूङ्ग, पञ्चमुल सिरुबारी (बिरौटा)
हाल वेलायत

 

तृतीय कविता:-
When Ever I bleed
*****************

Whenever I bleed
Like untouchable, you all make me feel
You can’t do this, you can’t do that So many rules
Please Please Please stop it.

I am not a criminal,
Menstruating is not a crime
Treat me well, take care of me,
Ask me if I am fine
It hurts, I feel weak
It’s not easy
My body screams in pain when I bleed.

My body is preparing itself for creation
Without me, there won’t be a next generation
O educated women and men
You don’t even have a common sense?

No longer will I dance to your rhythm
I will break the chains of patriarchy
Bleed freely
Pave the way for my sisters and daughters freedom.

It is dignified menstruation Purified blood, sign of completion
Don’t you dare bring me down
I am proud to be a woman

Radha Koirala
Biratnagar, Morang, State 1
December 8, 2020

 


तृतीय कविता:-

कविताको शीर्षक
छुट्टाई गोठ नबस्या अब
*******************

छुट्टाई गाेठ नबस्या अब छाउ भयापन
घरभित्रै बस्नु केही हुदैन भाउ भयापन
अस्पताल बाहिझानु सबूकि सल्लाह छ
नापनाप दुख्न्या नाननानु घाउ भयापन
मस्तै छन् नाघा भाेका हाम्रा गाउँघरउरा
मन हुनु पड्डाे छ दिना कि साउ भयापन
गाेरस पारस खाइहेल्नु घरका सातबस्नु
महिलाई मान्निन घर भित्र ठाउँ भयापन
बिग्रिन्या भत्किन्या कुणा कैकइ नमान्नु
भगवान क्या जन्माउन्या बाउ भयापन

कृष्ण ओली
बाजुरा, नेपाल

 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?