Saturday September 18, 2021

घुस लिन अस्वीकार गर्ने २२ ट्राफिक प्रहरी सम्मानित

२ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1316


घुस लिन अस्वीकार गर्ने २२ ट्राफिक प्रहरी सम्मानित

शीतलपाटीन्युज डटकम।
काठमाडौं। घुस लिन अस्वीकार गर्ने २२ ट्राफिक प्रहरी सम्मानित भएका छन्। उनीहरूलाई बुधबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्मान गरेका हुन्। उनीहरूलाई महाशाखाले खादा,प्रमाणपत्र र रकम दिएर सम्मान गरेको हो।

 


 उपत्यकाका विभिन्न क्षेत्रमा ड्युटीमा खटिँदा उनीहरूलाई घुस दिन खोजिएको थियो। सम्मान हुनेमा प्रहरी जवान राजेशबहादुर पाल,दुर्गाप्रसाद यादव,सूर्य पोखरेल,राजेशबहादुर पाल,अर्बिन्द कुमार गिरी, वासुदेव बलछौडी,अनिल महर,सुमन विक, भुवन भण्डारी,संविधान श्रेष्ठ, मीना कुमारी आचार्य, सन्तोष दाहाल, प्रकाश ढकाल,नन्द बहादुर रावल, समर्पण केसी,निरज थापा,रमेश लाल कर्ण,राकेश कुमार साह छन्।

 


यस्तै,प्रहरी हवलदार जोत नारायण राउत,दीपेन्द्र साह,शंकर बन सन्यासी सम्मानित भएका हुन्। यस्तै, प्रहरी सहायक निरीक्षक धनीदत्त जोशी,प्रहरी नायव निरीक्षक मिलनकुमार सिंह पनि सम्मानित भएका छन्।

सवारी चालक धनीले उनीहरूलाई १ सयदेखि २ हजारसम्मको घुस दिन खोजेका थिए। घुस दिनेहरू अधिकांशले मादक पदार्थ सेवन,सवारीको स्वरूप परिवर्तन,अनाधिकृत पार्किङ,निषेध क्षेत्रमा पार्किङ गरेकाहरु रहेका छन्। सम्मानित ट्राफिकहरुलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले आर्थिक प्रलोभनमा नपरी आफ्नो काम गरेकोमा खुशी व्यक्त गरे। घुस लिने र दिने दुवै दोषी रहेको हुनाले घुस दिन खोज्ने सवारी चालकलाई प्रहरीमा  बुझाइएको उनले जानकारी दिए।

'हरेक मान्छेलाई लोभ लालच नहुने भन्ने हुँदैन। तर, लोभ नगरी कानुनसम्मत काम गर्ने जोकोही पनि सम्मानको लायक हुन्छ', उनले भने, 'आर्थिक सुशासनमा कर्मचारीहरूले देखाएको इमान्दारीको म प्रशंसा गर्छु।' प्रमुख भट्टराईले कुनै पनि लोभमा नपरी जनताको सेवा गर्न सम्पूर्ण ट्राफिकलाई निर्देशन दिए। कोही कसैले कानुनविरुद्ध सवारी साधनको दुरुपयोग गरे उनीहरूलाई कारबाही गरिने पनि उनले बताए।




मतहरू

WilliamDen

personals sites dating site plenty of fish

KevinDyerm

london gay speed dating fiji gay dating the best gay dating website

KevinDyerm

4th man out gay dating sites tall gay men dating is big e dating gay

KevinDyerm

masc discreet gay dating gc gay dating daddy dating gay

HenryHox

dating sites for gay girls francois xxxx gay dating elite gay dating site

HenryHox

100 free gay online dating match.com gay dating augusta gay dating

HenryHox

gay dating problems reddit gay bar dating capricorn dating libra gay


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?