Friday September 20, 2019

लन्डनबाट सुरु भयो भिजिट नेपाल २०२० अभियान

२३ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1465



शीतलपाटीन्युज डटकम।

लन्डन ।  नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी लर्ड शेख र महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीले पत्रकारहरुलाई सम्मान गरे । दूतावासमा संस्थागत रुपमा नेपाल पत्रकार महासंघ यूकेलाई सम्मान गरिएको यो पहिलो हो । सो स्वागत मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतस्थित नेपाली पत्रकारहरुले समुदायलाई समाचार सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

राजदूतले नरेश खपांगीमगर नेतृत्वको कार्यसमितिले विगतमा समेत प्रशंसनीय कार्य गरेको जनाउंदै अबको कार्यकाल अझ सफल रहोस् भनि शुभकामना दिए ।

यसैबीच, महासंघ अध्यक्ष खपांगीमगरले दूतावासले नयां कार्यसमितिलाई विशेष महत्व दिएर सम्मान गरेकामा आभार व्यक्त गरेका छन् । सम्मानले आफूहरुलाई पेशाप्रति अझ जिम्मेवार हुन प्रेरित गरेको मगरले बताए ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?