Tuesday January 19, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण :१८

६ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1280


घान्द्रुकमा स्कूल मेरो अनुभव र संस्मरण :१८

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


२०३५ साल वैशाखको अन्तिम तिर होला, स्कूलमा सातौ पिरियड चल्दै थियो। म अफिसमा काम गर्दै थिएँ। एकजना मानिस कालो वर्णका,फाङ्लो पाइन्ट लगाएका, खागीको ज्याकेट,शिरमा क्याप लगाएका आए। स्कूलको अफिस वाहिर,ढोका वाहिरैबाट अफिसका चार्टहरु यसो हेरेर अरु कक्षातिर लागे। मैले शोचे कुनै पाहुना होलान् गाउँलेका भन्ने सोचेँ। घोरीएर भित्र हेरेर गए, भित्र पसेनन्। मैले वाहिर आएको मानिसलाई को हौ भन्नपनि भएन। उनी कक्षा हेर्दै जादा शङ्कर मान पढाइरहेको कक्षामा  पुगेछन्। सरले त चिन्नु भएछ र हतार हतार अफिसमा आऊनु भयो हेडसर भन्दै। डा.हर्क चिन्नु भएन? भन्नु भयो। म वाहिर गएर डाक्टर साहेव सित कुरा गरेँ। बाहिरको वातावरण स्कूलको एरीया सवै देखाएर अफिसमा एकछिन वसौ भनि लिएर आएँ।

 

स्कूलको कक्षाहरु पनि सकिएर हामी सबै अफिसमा जुट्यौँ। मैले सवै शिक्षकको परीचय गराइ दिए। हामी दुइ जिल्लाका शिक्षकहरू थियौ। वहाँले वेजिल्लाबाट पनि शिक्षक आउनु भएको रहेछ? भन्ने प्रस्न गर्नु भयो। मैले २०३२ सालको सम्विधान सम्सोधनले हो हजुर भन्दै थिए। वहाँले वुझि सक्नु भयो। ए मेरो त्यता सोच भएन छ भन्नुभयो। वहाले पढाईको वारेमा चासो राख्नु भयो र धेरै  प्रस्नहरु शोघ्नुभयो। पढाइमा अलि ध्यानाकर्षण गर्न केटाकेटीलाई कठिन हुन्छ हैन सरहरु भन्दै म सरहरु तिर फर्के। सवैको समर्थन रह्यो। ध्यानाकर्षण गर्ने कला पनि शिक्षकहरुमा वेग्ला वेग्लै हुन्छन्। यस्तै भन्दै गर्दा वहाँले शहरका र गाउका छात्रछात्राको शोचाई र अभिभावकले आफ्ना वच्चाहरूलाई रेखदेख गर्ने तरिका पनि फरक फरक हुन्छन् भन्ने सिलसिलामा वहाले शहरका र गाऊका वच्चाहरुको तुलना गर्नुभयो। शहरका आमाबाबुले  आफ्ना वच्चावच्चीलाई वढी नै निगरानीमा राख्छन् भने गाऊका बाबाआमाले राख्तैनन्। यसको मतलव शहरका भन्दा गाउका वढी स्वतन्त्र हुन्छन। शहरका वच्चाहरूले आफूले चाहे अनुशार खेल खेल्न पाउदैनन् भने गाऊकाले पाऊछन्। गाऊका वच्चा वच्चीले आफै खान्छन्,आफै रमाऊछन्। यसरी आफ्नै हिसावले हुर्किन्छन्। उनीहरुमा वावूआमाको अनावस्यक निगरानी हुँदैन। यसरी हुर्किन पाऊनेहरुमा शारीरिक र मानसिक विकाश राम्रो हुन्छ  भन्नुभयो। कुरा गर्दागर्दै चिया आइपुग्यो। हामीले  चिया खाने क़ममा वहाले भन्नु भयो,सरहरुले गुरुको भावना र बिचार बोकेर जागिरेको भावना नवोकेर शिक्षा दिनु भयो भने स्कूल सफल हुन्छ भन्नुभयो। हिड्ने समयमा मैले आगन्तुक पुस्तिका झिक्न खोजेको वहाले अर्को पटक पनि आऊनु छ, त्यो वेलामा लेखौला भन्दै बाहिर निक्लनु भयो। वहालाई तिल र शङ्कर सरले लिएर जानु भयो।

हामी एक छिन अडिएर वहाँसँग वसाइको वारेमा छलफल गर्यौ। कति सरल,कति मिठास,कति राम्रो सुझाव। विद्वान् भनेको विद्वान नै हो भन्ने कुरा हामी शिक्षक वीचमा भयो। हामी पनि स्कूल वन्द गरेर आआफ्नो ठाऊमा लाग्यौ। यस्तो मानिसको भेटले मलाई आनन्द आयो। रमाउदै घरमा पुगेँ। जेठ महिना पनि सुरु भयो,झरीको झरीनै भयो। त्यो वर्ष जस्तो झरी अरु सालमा भएन। वर्षे विदा भयो,हामी विदा  वस्यौ। श्रावणको दोश्रो हप्ता स्कूल खुल्यो। स्कूलको काट्न वाँकि डाडा खसेछ स्कूलको कक्षा तिर। कक्षा एकको ढोकानै पुरीए छ। अध्यक्ष र उपप्रधानपन्चलाइ वोलाएर त्यो अवस्था अवगत गरायौं। छ सात जना काम गर्ने मानिस खोजी पठाई दिनुभयो उप प्रधान पन्चले। एक दिनमै सफा गरी दिए तिनीहरुले। बर्षे बिदापछि सरहरू सवै आई सक्नु भयको थियो, कक्षा रामै चल्यो। त्यो वर्ष भाद्रको अन्तिम तिर तिज परेको थियो। हामीले शिक्षक स्टापको मिटिङ् गर्यौ। तिजको चार दिन स्कूलमा मेलाको आयोजना गर्ने। यसको प्रचारप्रसार वरपर छरछिमेकिहरुमा पनि पुर्याउनेछ भन्ने सरसल्लाह गरियो। त्यो हाम्रो सल्लाह गरेको भोलि पल्ट मीनवहादुर,अमरसिँ,अमर वहादुर,रुद्रवहादुर, पन्चेको शङ्कर मान सरको होटलमा चिया खादै हुनुहुदो रहेछ। हामी स्कूल सकेर त्यहा पुगेका थियौ। हाम्रो त्यहा भेट भयो वहाहरुसँग। मैले स्कूलमा सरसल्लाह गर्नको लागि यहाहरुलाई वोलाउनु खोजेको थिए,यहा भेट भयो भने, किन भन्ने सवालमा मैले भने। स्कूलमा तिजको उपलक्ष्यमा एउटा मेलाको आयोजना गरौ। त्यो मेलामा खेलकूद भलिवल,छेलो, नाचगान दोहोरी आदि कार्यक्रम वनाएर एउटा रनक ल्याएर रमाइलो पनि गराउदा राम्रो होला। छर छिमेकिलाई पनि वोलाउने स्कूलको प्रचार प्रसार पनि हुने केटाकेटीहरू पनि रमाउने राम्रै हो कि मीनवहादुरजी भनेको सवै भलादमीहरुको समर्थन भयो मेरो कुरामा। मिटिङ् पछि गरौला मलाई जिल्लाको मिटिङ्मामा जानु छ भोलि, मीनवहादुरजीले भन्नुभयो। त्यसो भए हेडसर कागी आएपछि गरौला भन्ने भनाइ अध्यक्षको आयो। अरुबाट समर्थन भयो। हामी पनि चिया खाएर विदा भयौ।

तिज आउन दुइदिन वाँकी थियो। हामीले लान्द्रुङ्, चन्द्रकोट,दाङ्सिङ्,मोहरीया,सिख जताततै एकै दिन खवर पठायौ। नाचगानका लागि हामिले सर सामान खोजौ। मैन्टोँलको व्यवस्था पनि गर्यौ। स्कूलको चौरमा पाल टाँस्यौ। शिक्षक साथीहरु सवै सक्रिय रहनु भयो। विद्ध्यर्थीहरुसँग सल्लाह गर्यौ हामीले। भलिवल टिम वाहिरबाट पनि आयो। माइकको व्यवस्था पनि थियो। कक्षा आठमा चारजना छात्राहरु थिए। छात्राहरुले होटल गर्नै भन्ने प्रस्ताव आयो। कक्षा आठका विद्वार्थीबाट होटल गर्न कमला, राजु,सतीदेवी र जगन खटिए। घनराजसर त्यसको रेख देखमा खटीनु भयो। चारजनाले होटल गरे कक्षा कोठामा,होटल राम्रो चल्यो। अरु वाहिरीहरुको पनि थियो होटल। तर हाम्रो होटल वढिनै चल्यो। प्रेम,क्षेत्र,जुद्द,डिल जस्ता ठूला विद्यार्थीहरू खेलमा सकृय भए। दिनमा खेलकुद,वेलुका नाचगान गर्यौ हामीले। मैले केटाहरूलाई भने वाहिरको टिमलाई नहराऊ। प्राइजको पनि व्यवस्था थियो। उनीहरूले प्राइज लगे भने हामी कहाँ उनीहरु आकर्षित हुन्छन्। हामो  नयाँ  स्कूल छ भने मैले। अन्तिम दिन म्याग्दी शिख गाउको टिम आयो दोहोरी गाउन। दोहोरी एकदम राम्रो भयो, त्यसको मुल्याङ्कनको लागि कृष्णसर र शङ्खर सर  दुइजना शिक्षकको समिती गठन गरीयो। सरहरुले सवैको नम्मर दिनु भयो। भोलिपल्ट स्कूल समिती राखेर पुरस्कार वितरण गरियो। पोखराबाट मीन वहादुरजी पनि आइपुग्नु भयो। पुरस्कार वितरण पछि हाम्रो कार्यको मुलाङ्कन स्कूल समिति सहित वसेर  गरीयो। अन्तमा मेलाको आयव्यय निकालियो समिती सहित भएर। पैसा त चारसय मात्र वँचेछ। तिजको रमाइलो पनि भयो, सवै खर्च कटाएर चारसय पनि वच्यो। सवै सरहरु र विद्वार्थीहरु धन्यवादका पात्र भए।

यो मेलाले  समाजमा  सकारात्मक प्रभाव पर्यो। यस्तो सिर्जनसिल काम स्कूलमा हुँदै गएमा अवस्य स्कूल सफल हुन्छ भन्ने कुरा अध्यक्षले अमर सिँको चिया दोकानमा गरेको कुरा समेत मैले शुक कुमारीबाट पछि थाहा पाए। यसबाट के अनूभुति भयो भने मेरो बारेमा समाजमा सकारात्मक पक्षको सन्चार भएछ भन्ने। तिज पछिको दोश्रो हप्तामा स्कूल समिती स्कूलमा आउनु भयो,स्कूलको अवस्थालाई रेखदेखको लागि। एकछिन हामी अनौपचारीक कुरा गर्यो स्कूलको। मीन वहादुरजीले कान्छा भन्ने शव्दको शम्वोधन गर्दै अमर वहादुरजीलाई भन्नुभयो। हामी यसरी वसेर भएन, स्कूल स्थाइ गर्नु पर्यो। यो  हेडमास्टर र प्रधानपन्च वखतमानलाई काठमाण्डु पठाउन पर्यो स्कूलको लागि भन्नुभयो। स्कूल समिती नै जाऊँ भन्ने कुरा पनि भयो। हैन जान परे पछि जाऊला,अहिलेलाई एउटा निवेदन लिएर पठाउन पर्यो भन्नुभयो। सवैको समर्थन भयो। बाटो खर्चको  कुरा चल्यो। त्यै तिजको जति छ,लिएर जान हुन्नर भन्ने भनाइ आयो चीजवहादुरजीबाट। हिड्ने वेलामा मीन वहादुरजीको भनाइ के आयो भने निवेदन यहा नलेख,प्याड र छाप बोक, उही लेख। मैले वहाँको भनाइलाई समर्थन गरेँ। वहाहरु विदा हुनुभयो। वखत मानजीले तिमी साहित हेर,कति खेर आउछौ मलाई  खवर गर है मास्टर,म घरमै हुन्छु भन्नुभयो। वहाँको घर बाटो मै थियो।

आश्वीन ४ गते अचानक साइसरण गुरुलाई कान दुखेछ र जङ्गलबाट तल आउनु भएको रहेछ। हाम्रो पन्चेमा भेटभयो। वहा र म हेल्थ पोस्टमा पसेर कानमा ओखती राख्यौ,अनि हामी कोठामा आयौ। त्यो दिन वहाँ मसगै वस्नु भयो। वेलुका खाना वनाऊने वेलामा टक्क पारेर लौ पकाउनोस् भनेको त "तिमी धार्मिक सँम्कारका मान्छे हौ" जति धर्मको विरोध गरे पनि मनमा तिम्रो धर्म छ। भात तिमी पकाऊ म एक छिन ध्यान गर्छु भन्नुभयो। मैले खाना वनाएँ, खानापछि मैले स्कूलमा भएको कुरा वताएँ। वहाले तिमी यताउती नलाग। सोझै शिक्षामन्त्री पशुपति शमशेर कहा जानु। गाउको अवस्था सवै प्रस्टसँग वताउनु। उ कस्तो मान्छे हो भने सोझै भेट्नेलाई मन पराउने, अरुलाई लगाएर भट्नेलाई त्यति मन पराऊदैन भन्नुभयो। अनि वहाँले पात्रो हेर्नुभयो विहान ०७:३० को समय राम्रो रहेछ। हामी धार्मिक गफ गरेर सुत्यौ।विहान ०६:३० मा हामी उठ्यौ,चिया खायौ। म कपडा लगाऊन र झोला वनाऊन तिर लागे। गुरुले ढोकाको दुवैपट्टि दुइटा अङ्खरामा भरी जल राखि फूल राख्नु भएको रहेछ। म निक्लदा मलाई हातमा एउटा फूल दिनुभयो र मंङ्गलम् भगवान विष्णु  - - - जस्ता भगवानका तोत्र भट्याउदै मेरो अगाडि हिड्नु भयो, म पछिपछि हिडे झोला वोकेर। आले वस्ने डिल तल दुई बाटोमा पुगे पछि गुरु पन्चे तिर लाग्नुभयो। यात्रा शुभ होस्,तिम्रो काम वनोस् भन्दै।

म तल लागे,बाटोमा मैले कल्पना गरे गुरुको पशुपति शमशेरसँग राम्रो सम्पर्क हुनुपर्छ भन्ने। यस्तै कल्पना नै कल्पनामा  वखतमानको घर पुगे। वखतमानजी पनि बाटोमा निक्लिरहनु भएको रहेछ। हामी भेट भएर पोखरा तिर लाग्यौ। त्यो दिन हामी घान्द्रुके माईलाको होटलमा वस्यौ। भोलिपल्ट विहानै वसपार्क पुग्यौ,हामी छिटै काठमाडौ पुग्यौ। हामी दुईजना वेलुकाको ५ वजेतिर काठमाडौंको न्यूरोड पिपलवोट तिर हिँड्दै थियौ। संयोगवस माननिय जनकराज चालिसेजीसँग भेट भयो। वहाले हामीलाई आउनाको कारण सोध्नुभयो। हामी स्कूलको लागि शिक्षामन्त्रीसँग भेट्न आएका हौ भन्यौ। कस्लाई लिएर जाने भन्ने प्रश्नमा वखतमान्जीलाई उछिनेर मैले हजुरलाइ नै लिएर जाने  भनेर आएका हौ हजुर भने। वहालाई लिएर जाने हाम्रो सल्लाह थिएन। वहा हल्का छायाँको मान्छे। त्यसो भए भोलि विहान रत्नपार्क आऊनु भन्नुभयो र वहा हामीबाट विदा हुनु भयो। वेलुका हामीले वसेको ठाऊमा निवेदन लेख्यौ र टाइप गरायौ वेलुकै। निवेदन माननीयले भने अनुशारको लेखेँ  मैले। त्यसको एक प्रति ल्याएर स्कूलमा राखेको थिए मैले। भोलिपल्ट विहान ७ वजे नै रत्नपार्क पुग्यौ हामी। माननीयजी पनि भनेकै समयमा आऊनु भयो। हामी ट्याक्सी लिएर मन्त्री निवास पुग्यौ। केही छिनमै हामी तीनजनालाई मन्त्रीबाट भित्र वोलाइयो। दर्शन पछि मैले,'स्कूल वर्षाको कारण पैरोले एउटा कक्षा  पुर्यो,अर्को स्कूल अस्थाइ छ दुवै कुराको लागि निवेदन लिएर आएका हौ मन्त्रीज्यू भन्दै निवेदन निकाले। वखतमानले आपद छ हजुर भन्नुभयो। चिया आयो, चिया खादै स्कूलको वारेमा कुरा गर्यौ हामीले गोप्य कोठामा। रास्टवादी गाऊ पर्यटनक्षेत्र इज्जतको लागि पनि स्वीकृत  हुनुपर्योनी राजा भन्नुभयो माननीयजीले। त्यै स्कूलको लागि राधेश्याम कमारोले उड्न लागेको हेलिकप्टरै रोकेर कुरा गरेका पनि थिए भन्ने कुरा। मन्त्रीले पुरानो कुरा सम्झेर भन्नुभयो। भोलि प्रधानमन्त्री चीन जादै हुनुहुन्छ माननीयज्यू। यो कुरा हजुरलाई थाहा होला। म धेरै हतारमा छु, टाढाबाट आउनु भएका प्रधानपन्च र हेडसरलाइ पठाइ दिऊँ 'प्रधानमन्त्री फर्के पछि तपाइ र म वसेर कुरा गरौला' अहिलेलाई निवेदन हजुर कै पकेटमा राख्होस् भन्नुभयो र हामीलाई स्कूल राम्रो चलाऊनु होस् हेडसर भन्दै मन्त्रीले म तिर हेर्नु भयो।

हामी आभार व्यक्त गर्दै विदा भयौ। हामीले कतै कलाको बारेमा पनि अवगत गरायौं। गुरुको आशिर्वाद लागोस् भन्नु भयो सिँगराजजीले। सबैबाट खुशी व्यक्त भयो। २०३५ साल पौष १६ गते एकैचोटि  रु ७००० हजार  राहत र स्थाइ स्वीकृत  आयो। हर्षको सिमै रहेन,मैले आफूलाई भाग्यमानी  सम्झे।जय मेश्रम ।
क़्रमस:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?