७ पुष, २०७७
शीतलपाटीन्युज डटक
लण्डन। सेमन्त राईको रचनामा बनेको नयाँ साकेला गीत "उभौली"को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको यस गीतमा गायक र गायिका द्वय सुनिल राई र मेलिना राईको स्वर रहेको छ भने संगित पनि गायक स्वयंले गरेका हुन्।
राई जातीको संस्कृति संरक्षण, संबर्धन गर्दै नयाँ र पुरानो पुस्ता बीचको साँस्कृतिक पुस्तान्तरणमा टेवा पुगोस् भन्ने उद्देश्यले यस गीतको सृजना गरिएको कुरा रचनाकारले बताउँनु भएको छ। राई विगत अठ्ठाईस वर्षदेखि वेलायती सेनामा काम गर्दै परदेशी भुमिमा रहे पनि आफ्नो देश,भाषा र संस्कृतीको माया र जगेर्ना गर्न हरपल जुटी रहनु भएको छ।
आफ्नै Semanta Rai Official च्यानल मार्फत यस गीतलाई उहाले सार्बजनिक गर्नु भएको हो।
प्रसिद्ध क्यामेरा म्यान तथा निर्देशक ज्ञानु राईको निर्देशनमा छायाङ्कन गरिएको यस भिडियोमा प्रसिद्ध कलाकार फुलेन्देकि आमा (उमेश राई) को पनि अभिनय रहेको छ।
यस भिडियोको अभिनयलाई मुख्य पात्रको रुपमा भुमिका प्रोजेन राई र उषा तामाङ्गले गरेका छन्।
भिडियो:
????????????
Pool Pvc ????????????