Thursday July 29, 2021

 “Cycle Ride for Charity" कार्यक्रम बेलायत सरकारको कोरोना भाईरस नितीका कारण स्थगित

११ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1405


 “Cycle Ride for Charity" कार्यक्रम बेलायत सरकारको कोरोना भाईरस नितीका कारण स्थगित

शीतलपाटीन्युज डटकम।
लण्डन। आगामी २७ डिसेम्बर २०२० का दिन आयोजना गरिएको साइकल राइड कार्यक्रम बेलायत सरकारको कोरोना भाईरस सम्बन्धि नया नियम अनुरुप हाललाई स्थगित गरिएको छ। गैर-आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद ईङ्ग्ल्याण्ड को आयोजना तथा NCC यूके, हेल्प नेपाल नेटवर्क , वूल्विच राइडर क्लब तथा ग्रिनवीच यूथ एशोसियसन यूकेको सहयोगमा गरिन लागिएको साईकल राइड प्रतियोगिता नेपालमा असहाय बाल बालिकाहरुको सहयोगार्थ आगामी २७ डिसेम्बरका दिन लण्डनको वूल्विचबाट संचालन गरिने गरि आयोजना गरिएको थियो। 

 

बेलायतमा ठण्डीको समयमा कोरोना भैईरसको चाप बढ्दै गएको र यसको नया प्रकार लन्डन क्षेत्रमा तिब्रगतिमा फैलिदैगएको आशंकामा लन्डन क्षेत्रलाई टिएर ४ मा लगिएकोले, मानिसहरुलाई एकै ठाउँमा जमघट हुन प्रतिबन्द गरिएको छ। यसको प्रभाव स्वरुप हाम्रो यस पबित्र कार्य पनि सुचारुरुपले संचालन गर्न नसकिएको अबस्थामा स्थगित गिरएको हो।

आयोजक समितिको अकस्मिक बैठक बसी यस अबस्थाबारे छलफल गरिएको थियो। समितिको निर्णय अनुसार,जुन उश्देस्यको लागि रकम उठाइएको थियो त्यो रकम सम्बन्धित निकायसंग सम्पर्कगरि सिघ्र रकम पठाउने निर्णय गरिएको छ। यसै समाचारको मध्यमद्वारा आयोजक समितिको तर्फबाट यस पबित्र कार्यमा सहयोगगर्नु हुने सम्पूर्ण चन्दा दाता हरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गरिएको छ। साथै चन्दा दाताज्यु हरु जसले डोनेसन रकम प्रण गर्नु भएको छ र पठाइसक्नु भएको छैन उहाँहरुलाई निम्न बैंक खातामा शिघ्र ट्रान्सफर गरिदिनुहुन पनि  आयोजक समिति बिनम्र अनुरोध  गर्दछ। 

वर्तमान अबस्थामा कुनै नया नियमको कुनै निश्चित अबधि जानकारी नभएको कारण साईकल राइड प्रतियोगिता सरकारको यस नियमको सहजीकरण  गरिएपछि मात्र आयोजना गरिने पनि जानकारी गराइन्छ। आगामी २७ डिसेम्बर २०२० का दिन हेल्प नेपाल नेटवर्क द्वारा निर्मित बालगृहका टुहुरा- टुहुरी बिधार्थिहरूको सहयोगार्थ गैर आवासीय नेपाली संघ यू के,राज्य समन्वय परिषद ईग्ल्याण्ड बाट आयोजना गरिएको “Cycle Ride for Charity"  कार्यक्रम बेलायत सरकारको कोरोना भाईरस सम्बन्धि नयॉ नियम अनुरुप हाल लाई पुन: स्थगित गरिएको जानकारी राज्य समन्वय परिषद ईग्ल्याण्डले जानकारी गराएको छ।

गैर-आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद ईङ्ग्ल्याण्डको आयोजना तथा गैर आवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क यू के, वूल्विच राइडर क्लब यू के तथा नेपाली यूथ एशोसियसन यूकेको सहयोगमा गरिन लागिएको साईकल राइड प्रतियोगिता नेपालमा असहाय बालबालिकाहरुको सहयोगार्थ “Cycle Ride for Charity" आगामी २७ डिसेम्बरका दिन लण्डनको वूल्विच बाट संचालन गरिने गरि आयोजना गरिएको थियो।  उक्त कार्यक्रम आयोजक समितिको आकस्मिक बैठक बसी यस अबस्थाबारे छलफल गरिएको थियो।

बेलायतमा चिसो समयमा कोरोना भाईरसको चाप बढ्दै गएको र यसको प्रभाव लन्डन क्षेत्रमा तिब्रगतिमा फैलिदैगएको आशंकामा लन्डन क्षेत्रलाई टिएर ४ मा लगिएकोले, मानिसहरुलाई एकै ठाउँमा जमघटहुन प्रतिबन्द गरिएको छ भने एक क्षेत्रबाट अर्कों क्षेत्रमा अत्यावश्क काम बाहेक प्रबेशमा रोक लगाईएको छ ।

कोभिडको कारणले सरकारको यस निरन्तर परिवर्तित नियमले गर्दा हाम्रो यस पबित्रकार्य पनि प्रभावित भएकोले सुचारुरुप ले संचालन पूर्ण तयारीको अवस्थामा रहेर पनि स्थगित गर्नुपरेको जनाए । समितिको निर्णय अनुसार, जुन उश्देस्यको लागि रकम उठाइएको थियो उक्त रकम सम्बन्धित निकाएसंग सम्पर्क गरी यथासिघ्र नेपालमा पठाउने निर्णय गरिएको छ।

आयोजक तथा सहयोगी संस्थाहरू को तर्फबाट यस पबित्र कार्यमा सहयोगगर्नु हुने सम्पूर्ण चन्दा दाता हरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गरिएको छ।

यस पबित्र कार्यको लागी सहयोग गर्नु हुने दाताज्यु हरु जस जसले  सहयोग को लागी प्रतिबद्धता गर्नु भई जम्मा गर्नु भएको छैन उहाँहरुलाई निम्न बैंक खातामा यथा शिघ्र ट्रान्सफर गरिदिनुहुन बिनम्र अनुरोध  गरिएको छ।
बैंक खाताको विवरण :
Buddha Foundation
Barclays Bank
S/C: 20-57-76
A/c: 93183165
वर्तमान अबस्थामा कुनै नयॉ नियमको कुनै निश्चित अबधि जानकारी नभएको कारण साईकल राइड प्रतियोगिता सरकारको यस नियमको सहजीकरण  गरिएपछि मात्र आयोजना गरिने गैर आवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद ईग्ल्याण्डले  जानकारी गराएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?