Tuesday January 19, 2021

सपन कुमार राई " बाटो को काँडा " Best Singer अवार्डका लागि छनौट

११ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1202


सपन कुमार राई " बाटो को काँडा " Best Singer अवार्डका लागि छनौट

शीतलपाटीन्युज डटकम।
लण्डन। बिदेशी डायस्पोरा बेलायतमा रहेर गायनका छेत्रमा अत्यन्त उर्जाशील गायक सपन कुमार राई गायन क्षेत्रमा फेरि चर्चामा आउनु भएको छ। त्यो चर्चा हो वेष्ट सिंगर (Best Singer categories in Sparsh Music Video Award -2020) को।

 


हालै बजारमा आएको "बाटो को काँडा" म्युजिक भिडियोमा बरिष्ठ गायक सपन कुमार राईले मीठो स्वर भरेका थिए। यहि भिडियोमा भरिएको राईको मिठो स्वर स्पार्स म्युजिक भिडियो अवार्ड २०२० मा मनोनयन भएको हो।

​​​बेलायतमा रहेर नेपाली गायन कला मार्फत कला र संस्कृतिको जगेर्ना गर्न राई अगाडि छन्। आफु जहा रहे पनि नेपाली कला संस्कृति साथै लैजान सक्नु, साधना गर्न सक्नु र Best Singer को प्रतिष्पर्धामा मनोनित हुनु महत्वपूर्ण उपलब्धि हो। राई नेपाली गायनमा मात्रै नभएर हिन्दी गीतहरु गाउन उत्तिकै असल स्वरका धनी गायक हुनुहुन्छ।

उनलाई यो सफलता प्राप्त गर्न हाम्रो हौसलाको पनि जरुरि पर्दछ, त्यसैले हाम्रो लाइक, कमेन्टले पनि भुमिका खेल्ने हुदा तल उल्लेखित लिंकमा गै धेरै भोट गरेर जिताऔ।

"A huge congratulations to all the team of Song “Bato ko kada "for nominated in Best singer categories in Sparsh Music Video Award -2020"


https://m.facebook.com/story.php?story_fbid=1098692340561491&id=618027568627973&sfnsn=mo




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?