Sunday April 11, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२०

१६ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1546


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२०

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


ओझेलमा उरी।

धनले,बसाइले,सर सङ्गतले,गाऊको विकासले मानिसको सोचाईमा फरक पर्छ। घान्द्रुक गाउका केटाकेटीहरु र लेखवेसीका केटाकेटीहरूमा अलि फरक देखेँ मैले। त्यो कालखण्डमा उरी विकाशमा ओझेलमा थियो। शिक्षामा कोही अगाडि थिएनन्। गोर्खा भर्ति नगन्य थियो। गुरूङ् समुदायको  जीवन स्तर कायम गर्ने गोर्खा भर्ती नै हो।

 


एकदिन स्कूलको दैनिक पढाई सकेपछि सवै गैसकेका थिए। म अफिसमा  काम गर्दै थिएँ। स्कूलको तलपट्टि पँधेरा नेर दुईथरी विद्यार्थी झगडस गर्दै रहेछन्। म हतार हतार त्यो ठाऊमा पुगेँ। म पुग्ने वित्तीकै दुवै थरी चुप चाप रहे। मैले किन झगडा? ऊरीका केटाहरुले भने हामीलाई हेप्नी, हे थीं भन्ने,जङ्गली भनेर जिस्क्याउँछन् भने।अर्को थरीलाई प्रश्न गरे चुपचाप भए।अनि  हप्काएको मैले हो सर भने। त्यसपछि राम्रो सम्झाऊदै भने,'हामी सवै हे थीँ हौ, यीनीहरु मात्र हैनन्। अव भन्ने नगर,गरेमा भन्ने सर्त राखेर पठाई दिए। आउने शुक़वारको दिन म पनि तीनै केटाहरुसग उरी गएँ। तलजादै गर्दा ध्युरी खोला  आयो। त्यो खोलाको आसपासमा ऐसेलु पाकेका रहेछन्। केटाहरु ऐसेलु टिप्न थाले, म पनि ऐसेलु खानै पर्यो,वेलाको फल भनेर एकछिन ऐसेलुमा भूलेँ। अनि केटाहरुलाई कराएको त सवै जम्मा भए। म अगाडि वढेँ। खोला तरेर हुइगी पाखातिर पुगेका थियो। उरी
स्कूलका सर अमरजी घर जान आउनु भयो। वहा सधै घरबाट जाने आऊने गर्नु हुदो रहेछ। एकछिन अडिएर कुरा गर्यौ,केटाहरु जान लागेको थिए मैले रोकेँ। हामीले तीनै केटाहरुको वारेमा कुरा गर्यौ। उरीमा कक्षा तीन मात्र थियो। चार पढ्न घान्द्रुक आउनु पर्ने केटाहरु थिए।

 

राजु,मीन,यम,गोपी,देवबहादुर,वेलमान आदि। केटाहरु स्कूलमा कहिले आऊने कहिले नआऊने गर्थे। मैले यिनीहरु धेरै स्कूलमा आव्सेन्ट हुन्छन्। यिनीहरुका बाबाआमालाई भन्नुपर्छ कि सर भनेको वहाले भन्नु भयो। यिनीहरु घरबाट दिन नबिराई स्कूल आऊछन्,तर बाटो मै ऐसेलु,चुत्रो,गुएली खाएर स्कूल जादैनन्। यतैबाट घर फर्कन्छन्। यो कुरा थाहा पाएर मैले यिनीहरुलाई ठाऊ त्योकेको छु सर बिहान कहा भट्ने बेलुका कहा भेट्ने। यदि त्यो ठाऊमा भेटिएन भने मैले यिनीहरुको घरमा ऊजुरी गरी दिन्छु भनेपछि अहिले अलि सुध्रिएका छन् सर। मैले वहालाई धन्यवाद सर भन्दै हामी छुट्टियौ।

 


अमरजी घान्द्रुक तिर लाग्नु भयो, म केटाहरुलाई सम्झाउदै उरी तिर लागे। सोचे एकजना अशल शिक्षकले आफ्नो स्कूल छाडिसकेका केटाहरुलाई  पनि पिछा गर्दछन्,केटा सही बाटोमा हिडेको छ कि छैन भनेर। मलाई अमर सरको कुरा मन पर्यो। मलाई बाटो हिँड्दै गर्दा रमाइलो लाग्यो। तरेली पारेका हरीयालीगरा, छरलिएका घरहरू,बाटो हिँड्दै गर्दा  बाटोमा भेटिएका केटाकेटीहरु सर हो भन्दै खिस्स हास्ने रसिक भेटिन्थे। सवै मिठो स्वरमा सर हो भन्ने। मलाई मेश्रम वराहबाट उरी पुग्न एक घण्टा १५ मिनेट लाग्यो। कक्षा चारको केटाकेटी उमेर १०/११ वर्षको  भएको होला, आउने जाने गर्दा  साढे दुई घण्टा  लाग्छ भने कति थाकेको होला भन्ने सोचले एकछिन टोलाएँ। केटाहरुले हाम्रो घरमा जाम् सर भने। हैन म होटलमा वस्छु। मलाई होटल देखाई देऊ भन्दै गर्दा होटलमा लगिदिए केटाहरुले। आफ्नो भाषामा होटलको साहुनीलाई परीचय गराई सकेछन्। सानो एउटा चिया पसल रहेछ। वस्न मिल्छ र भनेको एकै चोटि हेडसरले पनि नपाइने हुन्छ र ? भनीन्। चिया पसलेको शाहुनीले। एकछिनमा नकल वहादुरजी आउनु भयो। मैले वहाको नाम केटाहरुबाट थाहा पाई सकेको थाएँ। होटल छोरीले गरेको रहेछ। नकलजीले  आफ्नो छोरी मीन कुमारीलाई नुउ सेदिँ कैँ ह्याद्  (कुखुरा मारे र  मासु र भात वनाऊ है) भन्दै वेलुका वसौला सर भनेर जानुभयो। त्यो समयमा न टिभी न मोवाइल,एउटा रेडियो पसलमा वजि रहेको थियो।कोही चिने जानेको छैन। मीन कुमारीलाई म एक छिन वाहिर हेरेर आउछु भनेर गाऊ तिर हेर्न गएँ।

गाऊँका घरहरु छरलिएका कुन घरमा जाने ? कस्कोमा नजाने बाटो पनि गराको आठाबाट हिड्न  पर्ने त्यतिकै हिँड्दै थिए। यमको घर छेउमा पुगेछु ।यमको वावा घरमै हुनुहुदो रहेछ। आईजा हेडसर चिया खान भन्नु भयो। एउटा चिया मात्र खान्छु भन्दै  एकछिन वसे र चिया खाएर हिडेँ। वहाले वेलुका भेटौला भन्नुभयो। म वस्ने ठाऊमा नै फर्के। खाना पाकी सकेको रहेछ,खाना खाए। खानामा आलु र केराउको तरकारी,लोकल कुखुराको मासु,रायोको  पकाएको साग रहेछ,अति धेरै लाजै लाग्ने गरी खाएँ। होटल गर्ने  मीम कुमारीलाई धेरै धन्यवाद दिएँ। त्यो वैनीको चिया पशल अहिलेसम्म पनि छ भन्ने सुनेको छु। यो डायरी लेख्तै गर्दा मलाई अहिले उरीमै छु कि भन्ने भान भएको छ। त्यो ठाऊमा एक मात्र चिया पशल भएको हुदा स्कूलका शिक्षकहरुले पनि खाजा खाने पसल त्यही रहेछ। खानाको केही समय पछि गाऊका भद्रभलादमीहरु मगम वहादुर,राजमान, खन्दलाल 'सु', मैतलालका भाई 'सुनलाल', मीन कुमारीका वावा नक्कल वहादुर,आगी म्लोख्या भन्ने मानिसहरु सहित अलि धेरै जम्मा भए। आगी म्लोख्या भन्ने मानीसले पोच्यु काम गर्नु हुदो रहेछ। सवै जम्मा भैसकेपछि हाम्रो पहिला चिनाजानी भयो।जस्तो जात उस्तै कैरन भन्छन् सर हामी स्कूल कै कुरा गरौ न भन्नु भयो मगम वहादुरजीले। यो स्कूल कहिले खुलेको हो भन्ने मरो प्रश्नमा सुन लालजीले २०३२ सालमा खुलेको हो भन्नुभयो। यो स्कूल भित्र त म गएको छैन, वाहिरबाट हेर्दा राम्रै देखिन्छ। कुनै सरकारी सहयोग थियो कि भन्ने मेरो प्रश्नमा मगम वहादुरजीले कुनै सरकारी सहयोग छैन, हामीले सुरुमा १५ रुपियाका दरले उठायौ र गाउको झारा उठाएर भवन वनाइएको हो। धेरै काम त हामी आफैले गर्यौ। अध्यक्ष को हुनुहुन्छ भन्ने मेरो प्रश्नमा    सु मैतलाल  हुनुहुन्छ भन्नुभयो। वहाँ कहाँ हुनुहुन्छ त भन्ने मेरो प्रस्नमा वहा अहिले पोखरामा  हुन हुन्छ। वहा स्कूलको संस्थापक अध्यक्ष पनि हो भन्नुभयो वहाहरुले। म तपाईहरुको छोराहरु सँग आएँ केटाहरु १० देखि १२ वर्ष सम्मका रहेछन्। मलाई यहाआई पुग्दा सवाघण्टा लाग्यो। म केटाहरु सँगै आए। केटाहरु साना भए ४ र ५ कक्षा खोल्न सके रामोँ हुने थियो भन्ने प्रस्नमा वहाहरुले हाम्रो पनि विचार त हो। हाम्रो अध्यक्ष वढी पोखरा वस्नु हुन्छ। मीनवहादुर साहु पनि पोखरामा जिल्ला पन्चायतको मिटिङमा गैरहनु हुन्छ। वहाहरु लागेमा हुने होलानी भन्नुभयो मगम वहादुरजीले। म पनि तपाईहरुको समस्या शिक्षा  अफिसमा हेडमास्टर मिटिङमा जाने समयमा अधिकारीजीलाई अवगत गराउला। तपाईहरु पनि अगाडि वढ्नु होस् कक्षा थप्ने कुरा धेरै ठूलो हैन भने। यस्तै कुरा गरेर केही समय बितायौ हामीले। उठ्ने समयमा भोलि विहान गाऊ हेर्ने डाँडामा गएर  स्कूल पनि हेरेर आउने भन्दै सवै उठ्न लाग्नु भएको थियो। केही ठिटाठिटीहरू रोधी वस्ने भनेर आए। अरु भलादमीहरु गए,मगम वहादुर भने वस्नु भयो। नक्लजीले गुन्द्री काम्ला ओछ्याई दिनुभयो। मगमजी वसी हाल्नु भयो गाऊन। वहा गान वजानमा चाखिलो मानिस हुनु हुदो रहेछ। चुरोट खाने सवै ठीटाठिटीको वानी देखेँ मैले र मीन कुमारीबाट दुइवट्टा चुरोट मागे र सवैलाई एक एक खिली चुरोट दिए। चुरोट दिनै २४,२५ मिनेट लाग्यो मलाई। मानिस धेरै भएर हैन केटीहरु मुखमा हर्ने ढिलो गरी चुरोट समात्ने "थून थुन वो" भन्नुपर्ने। त्यो उनीहरुको सभ्यता जस्तो लाग्यो मलाई। केटीहरुको तेजिलो अनुहार, मन्द मुस्कान, कौतुहल पूर्ण हेराई तथा वोलाई, राताओठ,सुरीलो स्वर देख्ता त म मख्ख परे। दोहोरी सुरु भयो, म एक छेउमा सुनेर वसेँ। त्यसै बीचमा एकजना तरुनी केटीले हेडसर जैन प्रिँल तुम '(हेड सरले पनि गाउनु पर्छ) भन्दै मगम वहादुर तिर फर्किन्। हो हो भन्नु भयो  वहाले। मैले पुन चुरोट वाडेर बीचमा वसेर उनीहरूको भाकामा गाएँ। मलाई गाउन आऊदैनथ्यो, तैपनि समय अनुसार काम चलाएँ। गाउदा गाउदै थाकेपछि एक जना तरुनी महिलाले हेड सर यम भेँस्योँ मुइनहो (हेडको वुढी होलानी) भन्यो। मगमजीले वाहुनको छिटै विहे गर्छन् हुँदैन यत्रो हेडसरको भन्नुभयो। उसले  जिस्काउन खोजे जस्तो लाग्यो मलाई। त्यै समयमा मीन कुमारीले चिया दिइन्। हामी सवैले चिया खायौ।म सुत्नलाई उठेको ठीटा तरुनी सवैले तिमी भनेर आएको झन तिमी नै सुत्नजाने भन्न लागे। मगम वहादुरजीले भयोनी यति भएपछि क़थेव मान्छे सुत्न देउ भन्नुभयो। म विदा मागेर सुत्न गए।

विहान ६ वजे तिर उठेँ। विहाको कर्मले ७ वज्यो। वेलुकाको सल्लाह अनुसार राजमान र मगम वहादुरजी आऊनु भयो। हामी चियापान पछि ऊकालो लाग्यौ। जति उकालो चढ्यो उति रमाईलो  भयो हामीलाई। सूर्यको किरण हिमालमा परेको थियो,मौषम सफा थियो,मलाई भाग्यले साथ दियो। अति रमणिय दृश्य आखामा टासिदै गए।राजमानजीले तौलु भन्नुभयो, तौलु र उरी एउटै लेवलमा भएको अनुमान गरेँ मैले। झिनु पनि देखियो,माथि पुगेपछि हिमालको दृश्य घान्द्रुक गाऊबाट भन्दा त्यहाँबाट अतिनै सुन्दर देखियो। पश्चिमतिर घान्द्रुक गाऊ सुतेको देखिने त्यो गाऊ भन्दा माथि तिर हेर्दै जादा हिडेन लेक (हिडेन ताल) देखियो। मैले त ठहर गर्न सकिन, टाढापानीबाट दुई दिन लाग्छ त्यो लेक जान भन्नुभयो मगमवहादुरजीले। अगाडिको हिमाल नजिकै देखिने,तोलु झिनु लान्द्रुक सवै दृश्यावलोकन गर्न सकिने,पूर्व फर्के पनि रमाइलो हिमाल,पश्चिम फर्के पनि घान्द्रुक देखिने,चारैतिर  रमाईलै रमाईलो उरीको डाडा। यस्तो रमाईलो गाउ किन ओझेलमा पर्यो भन्ने तर्क आयो मलाई। एउटा बाटो घान्द्रुकबाट कोमोँङ् भएर छोमोङ् गयो भने अर्को बाटो झिनु हुदै छोमोङ्  गयो। उरीलाई बाटोले छोएन। अर्को कुरा यहाका मानिसले बल पनि गरेनन्। हैसियत पनि कमै भयो होला गाउ बिकाशकालागि। हैशियत र हैकम चाहिँदो रहेछ भन्ने मलाई लाग्यो। डाँडाको दृश्य अवलोकन पछि हामी स्कूल आयौ।स्कूल खोल्न लगाएर एकछिन अफिसमा बस्यौ हामी। कुरा ऊठाए मैले छोरीहरु त पढ्नमा पठाईएको छैननी? वहाहरुले यस्तै भएको देखियो,रेकर्डमा  छोरीहरुमा एकादुई मात्र पढ्न आउछन् के गर्ने हाम्रो गाऊको चलन। शनीवारको दिन थियो।‌स्कूल खुल्नै कुरा भएन,हामी होटल तिर लाग्यौ। छुट्ने वेलामा  वहाहरुलाई कक्षा ४ र ५ को बारेमा सोच्नुहोस् भन्दै  हामी छुट्टियौ।‌ मैले खानापछि पैसा कति भनि तिर्नै गएको। मीन कुमारीले पैशा भैसक्यो भनिन्।‌ म विदा भएर हिडे उरीबाट।

बाटोमा झिनुबाट सिँगराज  नारायणसिँको वावा चन्दद्रवहादुर, टेक वहादुर आऊदै हुनुहुदो रहेछ,खोला छेउमा भेट भयो। हामी सगसगै उकालो आयौ। वहाहरुले उरी जनाको कारण सोध्नु भयो। मैले स्कूल कस्तो छ,पढाइमा त्यहाँका मानिसको लगाव कस्तो छ,'केटाहरु बाटो मै ऐशेलु,चुत्रो खाएर घर फर्केर जाने यसको रेखदेख कसरी गर्ने आदि कुराको सल्लाहको लागि गएको थिए हजुर भने। टेक वहादुरजीले कसकसलाई भेट्नु भयो भन्नुभयो? मैंले भने, मगम वहादुर,खन्दलाल,राजमान गरेका भलादमीहरु भेटिनु भयो। वहाहरुसँग शिक्षाको वारेमा रामैँ छलफल गरीयो। त्यहाँबाट राम्रो पढेर आए पो हामो स्कूलमा  शैक्षिक स्तर कायम गर्न सकिन्छ। फिडर स्कूल कमजोड भएमा हाइस्कूल उठ्न कठिनै हुन्छ भन्ने लक्ष्य वोकेर गएको भने। हामी गफ मै गाऊ आई पुग्यौ। धन्यवाद छ तपाइलाई भन्दै वहाहरु आफ्नो घर जानुभयो म आफ्नो डेरा तिर लागे।
क़्रमस:-




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?