Thursday July 29, 2021

कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

२० पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1808


कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

बाचस्पति रेग्मी।
लण्डन। कोल्मा बहाकोट समाज युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित हुनु भएको समाचार प्राप्त भएको छ। कोभिड-१९ महामारी रोगका कारण भौतिक रुपमा उपस्थित भै चयन गर्ने प्रक्रिया पुरा हुन नपाय पनि बेलायतमा स्थापित धेरै संस्थाहरुले भर्चुअल जुम मार्फत कार्यक्रम गरी सामाजिक काम र निर्वाचन जस्ता कार्यहरू हुदै आएको छ।

 


यसै अनुरूप कोल्मा बाहाकोट समाज युकेको पनि आज एक जुम लाईभ समारोह बीच समाजको बार्षिक अधिबेसन सम्पन्न भएको हो। बेलायतमा बसोबास गरेका करिब १०० जना कोल्मेली जुम भर्चुअल कार्यक्रम सम्पन्न भएको कुरा नव निर्वाचित अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनु भएको छ।

कोल्मा बाहाकोट समाजको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ भने बरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, उपाध्यक्षमा सुर्य गुरुङ, महासचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रामचन्द्र गुरुङ निर्वाचित हुनु भएको छ। ३ बर्ष पदावधि रहने समाजमा कार्यसमितिको १० सदस्यहरु निकट भबिस्यमा पुरा गरिने निर्वाचित अध्यक्ष गुरुङले बताउनु भएको छ। निर्वाचित अध्यक्ष गुरुङ साहारा युके फुटबल क्लबका चेयरमेन हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर गुरुङ साहारा क्लव युकेको सल्लाहाकार एवम‌ चेरिटन नेपाली समाजको अध्यक्ष हुनुहुन्छ।

बेलायतमा स्थापना भएको कोल्मा बहाकोट समाज अरु समाज भन्दा समाज सेवामा अग्रस्थानमा रहेको समाज हो। सहारा ‌युकेका संस्थापक अध्यक्ष नविन गुरुङ,सहारा युकेका पुर्व अध्यक्ष दिलीप गुरुङ एमबिई उपस्थिति रहेको सो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?